Author: महेन्द्रनगर पोष्ट

बाँके – बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्ने क्रममा झडप भएको छ । दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो । बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । प्रहरीले धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न नदिएपछि झडप भएको हो । तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ । झडपका क्रममा स्थानीय र सुरक्षाकर्मी गरी एक दर्जन जति घाइते भएका छन् । धम्बोजी चोकलाई २०६२/६३ को जनआन्दोलनसम्म वीरेन्द्र चोक भनिन्थ्यो भने त्यहाँ वीरेन्द्रकै शालिक थियो । जनआन्दोलनका क्रममा वीरेन्द्रको शालिक…

Read More

काठमाडौं – साताको चौथो दिन बुधबार पनि बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४०० सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बिहिबार १५ रुपैयाँले बढेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

चितवन – चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ । चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल जम्मा एक केजी मात्रै थियो । जन्मिदै मुटुमा समस्या भएकाले उनको तौल वृद्धि भएन । अन्य समस्यासमेत भएपछि उनलाई भरतपुर अस्पतालको एनआईसीयूमा राखेर उपचार थालियो । मुटुको तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुको कुराले बालिकाकी आमा कोपिला पुरीको परिवारलाई झस्कायो । चितवनको इच्छाकामना गाउँपालिका घर भएको पुरी परिवारको आर्थिक विपन्नताको चिन्ता त छँदै थियो । भरतपुर अस्पतालका चिकित्सकहरुले मुटुको अप्रेशन गर्न सक्ने जनशक्ति र पूर्वाधार…

Read More

काठमाडौँ – सरोकारवालाहरुले सरकारले संसदमा पेश गरेको बजेट स्वागतयोग्य भएको बताउँदै कार्यान्वयन भए देशलाई आत्मनिर्भरतातिर डोर्याउने बताएका छन् । संवाद डबलीले बुधबार आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र बजेट’ बारे आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले आयतलाई प्रतिस्थापन र कृषि क्षेत्रलाई प्राथमिकता दिनु सकारात्मक भएको बताए । पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्री बजेट विगतको भन्दा तुलनात्मक रुपमा जनताको जीवनसँग जोडिन खोजेको बताए । नेपालको वार्षिक बजेटभन्दा बढी व्यपार घाटा हुने अवस्था सिर्जना भएको बताउँदै बजेटले त्यसलाई घटनाउने प्रयास गरेको बताए । नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो भइसकेको बजारमा हल्ला भएजस्तो संकट नआएको बताउँदै क्षेत्रीले नेपाली अर्थतन्त्रलाई बजेट चलायमान गरेको बताए । “राजनीतिक वृतमा विरोधी खेमामा…

Read More

राजविराज – सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोसीमा हाम फालेका झापाको कमल गाउँपालिका–५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए । उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईँ नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको हो । लिम्बूलाई सम्झाइबुझाइ घरतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Read More

हेटौंडा – बागमती प्रदेशसभाको बैठक केही समयका लागि स्थगन गरिएको छ । बैठक सुरु भएलगत्तै नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगित गरिएको हो । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराएका थिए । मुख्य सचेतक निरौलाले पशुपन्छी तथा मत्स्य विकास केन्द्रका तीन कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाए । उनले घटनाको सत्यतथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि…

Read More

कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाँउपालिकाको प्रवक्तामा गजबहादुर विष्ट चयन भएका छन् । गाँउ कार्यपालिका बैठकले वडा नम्बर १ का वडाध्यक्ष विष्टलाई प्रवक्तामा चयन गरेको हो । यस्तै पहिलो कार्यपालिकाको पूर्ण बैठकले विभिन्न १७ वटा निर्णय गरेको छ । बैठकले भूमि आयोगको कामलाई अगाडि बढाई निस्सा दिने, १५ सैय्या अस्पताल निर्माणको टेण्डर प्रकृया अगाडिी बढाउने, अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ । यस्तै, वडा विभाजनका लागि गाउँ सभामा लगिने, न्यायिक समिति गठन गर्ने, विभिन्न समिति तथा उप–समिति गठन गर्ने, आरक्षपीडितको उचित व्यवस्थापनका लागि पहल गर्ने, चवन्नि बेलडाँडी सडकका विचमा रहेका रूख काटन आवश्यक पहल गरिने लगायतका निर्णय पनि गरिएका छन् ।

Read More

कैलाली- कैलालीको गोदावरी नगरपालिकामा लालपुर्जा वितरणको तयारी गरिएको छ । राष्ट्रिय भूमिीआयोग मार्फत गोदावरी नगरपालिका – २ पहाड रोडको उत्तर पट्टिका ६१ परिवारलाई लालपुर्जा वितरणका लागि तयारी गरिएको हो । राष्ट्रिय भूमि आयोग गोदावरीका संयाजक बसन्त कुमार खत्रीले पहिलो चरणमा अव्यवस्थित बसोबास गरेर बसेका ६१ परिवारलाई लालपुर्जा दिने तयारी थालिएको बताए । उनका अनुसार हाल गोदावरी – ५ मा जग्गा नापीको काम सकिएको छ भने वडा नम्बर २ मा जग्गा नापीको काम जारी रहेको छ । राष्ट्रिय भूमी आयोगको केन्द्रिय टोलीले बुधबार गोदावरी नगरपालिकाका मेयर सहितको टोलीसंग लालपुर्जा वितरण गर्ने विषयमा छलफल गरेको थियो । टोलीमा राष्ट्रिय भूमि आयोगको केन्द्रिय…

Read More

बाजुरा- बाजुराको बडीमालिका नगरपालिकाले आइतबार सार्वजनिक विदा नदिने भएको छ । नगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट संघीय सरकारको आइतबार बिदा दिने निर्णय खारेज गर्दै आइतबार बिदा नदिने निर्णय गरेको हो । पालिकाबासीलाई उक्त निर्णयले सास्ती थपेको भन्दै हटाउने निर्णय गरिएको नगरप्रमुख अमर खड्काले बताए। बाजुराको सन्दर्भमा उक्त निर्णय अव्यवहारिक रहेकाले पालिकामा आइतबार पनि कार्यालय तथा विद्यालयहरू सञ्चालन गरिने उनले बताए ।

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । १९ मध्ये सबैभन्दा धेरै ११ वटा वडा जितेर ठूलो दल बनेको नेपाली कांग्रेसका ८ जना प्रतिनिधि निर्विरोध निर्वाचित भएपछि कार्यपालिकाले पूर्णता पाएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार महिला सदस्यतर्फ निशाकुमारी आउजी, मायाकुमारी भण्डारी, यशोदा भण्डारी, विन्दु तामाङ र सुष्मा चौधरी तथा दलित वा अल्पसंख्यकतर्फ अनिल कुमार, चक्रबहादुर नेपाली र महादेव सुनार निर्विरोध निर्वाचित भएका हुन् । धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धन गरेर चुनाव लडेपनि नेपाली कांग्रेसले कार्यपालिकामा भने एकल बहुमत पुगेपछि अरु दलको साथ नलिएको हो । धनगढी उपमहानगरपालिकामा कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित…

Read More