बाजुरा– बाजुराको बडीमालिका नगरपालिकाले आइतबार सार्वजनिक विदा नदिने भएको छ । नगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट संघीय सरकारको आइतबार बिदा दिने निर्णय खारेज गर्दै आइतबार बिदा नदिने निर्णय गरेको हो ।
पालिकाबासीलाई उक्त निर्णयले सास्ती थपेको भन्दै हटाउने निर्णय गरिएको नगरप्रमुख अमर खड्काले बताए। बाजुराको सन्दर्भमा उक्त निर्णय अव्यवहारिक रहेकाले पालिकामा आइतबार पनि कार्यालय तथा विद्यालयहरू सञ्चालन गरिने उनले बताए ।
Facebook Comments Box