Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । आज अपराह्न १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् । कांग्रेसले हालसम्म सात प्रमुख र ४२ अध्यक्षसहित ४९ पालिकाको नेतृत्व आफ्नो हातमा पारेको छ । कांग्रेस चार उपप्रमुख र ५० उपाध्यक्षमा विजयी भएको छ । यस्तै तीन प्रमुख र ३८ अध्यक्षसहित ४१ पालिकामा एमाले र एक प्रमुख र २२ अध्यक्षसहित २३ पालिकामा माओवादी केन्द्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ । एमाले पाँच उपप्रमुख…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भेटवार्ता भएको हो । भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ । भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणका उपलब्धिको स्मरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आज नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनीमा शिष्टाचार भेटवार्ता गरेका थिए । भारतीय वायु सेनाको हेलिकप्टरमा आज बिहान लुम्बिनी आएका मोदीलाई लुम्बिनीमा प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । उनी बेलुकी ५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Read More

भक्तपुर – भक्तपुर नगरपालिकाको मेयरमा करिब नाै गुना मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार प्रजापतिले २९ हजार दुई सय मत पाएका छन् । उनका निकतट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार तीन सय ५२ मतमा सिमित भए । त्यस्तै, उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९ हजार ६ सय ९५ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकट प्रतिस्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७ सय ८४ मत पाएकी छिन् । यो नगरपालिकामा नेमकिपाले क्लिन स्विप (मेयर, उपमेयर, वडा अध्यक्षहरु, सदस्यहरु सबै ) भएको हो । नगरपालिकामा विपक्षीहरूको भने जमानत जफत भएका…

Read More

दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार हिरासिंह धामी निर्वाचित भएका छन् । उनले चार हजार ३४ र उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नरेन्द्रसिंह धामीले तीन हजार ३२२ मत ल्याएका छन् । उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी तीन हजार ५६६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी गौमती भट्टले तीन हजार ३२२ मत पाइन् । ९ पालिका रहेको दार्चुलामा यो सहित सात पालिकाको नतिजा आएको छ । अब दुहु र व्यास गाउँपालिकाको परिणाम आउन बाँकी छ । नतिजा आएका सात पालिकामध्ये महाकाली, शैल्यशिखर र मालिकार्जुनमा एमालेमा विजयी भएको छ । नौगाड, लेकम, मार्मा…

Read More

काठमाडौं – संसदमा बजेटमाथि छलफल सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि दिउँसो ४ बजे संसद अधिवेशन डाके लगत्तै भोलि (मंगलबार) देखि बजेटबारे छलफल हुने भएको छ । अर्थमन्त्रालय गत वैशाख २० गते विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकताहरु संसदको दुवै सदनमा प्रस्तुत गर्ने योजना बनाएपनि संसद आह्वान नहुँदा बजेटमाथिको छलफल प्रभावित भएको थियो । स्थानीय तहको निर्वाचन कारण संसद आह्वानमा ढिलाई भएको थियो । चुनाव सकिएसँगै भोलीदेखि बजेटमाथि छलफल हुने भएको हो । सरकारले हरेक वर्षको जेठ १५ मा मुलुकको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अर्थमन्त्रीले बजेट प्रश्तुत गर्न अब १३ दिन मात्रै बाँकी छ । गत…

Read More

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३७ मतको अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार १८१ मत पाएका छन् भने ४ हजार १४४ मतका साथ उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पछ्याइरहेकी छन् । काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत ल्याएका छन् । उपमेयरमा काँग्रेसका उम्मेदवारको अग्रता छ ।

Read More

काठमाडौं – नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा एमालेले लगाएको आरोपप्रति आपत्ति जनाएको छ । ‘यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) द्धारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति हाम्रो गम्भिर ध्यानाकृष्ट भएको छ,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । निर्वाचनमा कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरुको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्तिले एमाले अत्तालिएको कांग्रेसले बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व, सुझबुझपूर्ण र दूरदर्शिताका कारण स्थानीय तह निर्वाचनमा तालमेल सम्भव भएको र अन्य ठाँउहरुमा मित्रवत प्रतिस्पर्धा भएको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रहित…

Read More

अछाम – अछामको बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका टेकबहादुर साउँद विजयी भएका छन्। एमालेका लोकबहादुर साउँदलाई ४ सय ९८ मतले पराजित गर्दै टेकबहादुर निर्वाचित भएका हुन्। टेकबहादुरले ३ हजार १ सय १२ मत पाएका छन्। एमालेका लोकबहादुरले २ हजार ६ सय १४ मत पाएर पराजित भए। यस्तै, गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी बिन्दु रावल निर्वाचित भएकी छिन्। उनले २ हजार ७ सय ३१ मत प्राप्त गरेकी छिन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार निर्मला साउँदले २ हजार ७ सय १७ मत पाइन्।

Read More

रसुवा – रसुवामा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु भएको छ । दुर्घटनामा उत्तरगया गाउँपालिका–१ का ४० वर्षीय राम तामाङ र नुवाकोट जिल्ला विदुर नगरपालिका–१० को ४३ वर्षीया पम्फा तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णुप्रदीप बस्यालले बताए । उनका अनुसार बेत्रावतीबाट खाल्टेबगरतर्फ जाँदै गरेको बा ९६ ज २०९४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । उनीहरु स्थानीय निर्वाचनमा उत्तरगया गाउँपालिका–४ का विजयी वडाध्यक्षको आफन्त भएकाले बधाई दिन जाने क्रममा उक्त मोटरसाइकल उत्तरगया–५ स्थित खाल्टेबगरमा दुर्घटना भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

सुर्खेत – सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएको छ । कांग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाएका हुन् । अन्तिम मतपरिणामअनुसार उनीहरुले ६७३/६७३ मत ल्याएका छन् । मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन । गोलाप्रथाबाट नतिजा टुंगो लगाउन खोजिए पनि उम्मेदवारहरूबीच सहमति नभएकाले रोकिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार भट्टले जानकारी दिए । दुबै उम्मेदवारले आधा–आधा कार्यकाल गर्नुपर्ने बताउँदै आएका छन् । तर कानुनमा त्यस्तो व्यवस्था नभएकाले गोलाप्रथाबाट टुंगो लगाइने निर्वाचन अधिकृत भट्टले बताए ।

Read More