Author: महेन्द्रनगर पोष्ट

दार्चुला- दार्चुलाको महाकाली नगरपालिकाको सदरमुकाम क्षेत्रमा एक वर्षदेखि उठ्न नसकेको ढुंगा गिट्टी नगरपालिकोले उठाएको छ । सदरमुकाम क्षेत्रमा खानेपानी पाइपको खोदान खन्ने क्रममा सडक छेउमा राखिएका ढुंगा गिट्टी नगरपालिकाले सफाई गरेको हो । महाकाली नगरपालिकाको डोजर प्रयोग गरि सदरमुकाम क्षेत्रमा कुरुपको रुपमा देखिएको ढुंगा गिट्टी सफाई गरिएको छ । नगरप्रमुख नरसिंह चैसिरको सक्रियतामा बजारभरी रहेको ढुंगा गिट्टी सफाई गरिएको हो । यस्तै धेरैदिन उठ्न नसकेको फोहोर पनि उठेको छ । बजारमा जथाभावी रुपमा फालिएका फोहोर उठाइएको छ । नगरबासीले बजार क्षेत्रमा भएको ढुंगा गिट्टी सफाई अभियानलाई सकारात्मक भन्दै वीरेन्द्र वन क्षेत्रमा रहेका सडकका खाल्डाखुल्डी समेत बन्द गर्न माग गरेका छन्…

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले नगरबासीका गुनासा र सुन्न र सम्बोधन गर्न आफ्नो ह्वाट्सएप नम्बर सार्वजनिक गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै नगरप्रमुख हमालले धनगढीबासीका गुनासा, सल्लाह–सुझाव तथा समस्या सम्बोधन गर्नका लागि ह्वाट्सएप नम्बर सार्वजनिक गरेका हुन् । सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पीरमर्का सुन्न, सल्लाह सुझाव लिन उनले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरे । विकास निर्माणको काममा कहीँ कमसल सामग्री प्रयोग, गलत काम, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भएमा यही नम्बरमा आफूलाई सिधै सम्पर्क गर्न सकिने उनले बताए । कहीँकतै कमी कमजारी भएमा तुरुन्तै कारबाही गरिने उनले बताए । उनले व्यक्तिगत कामका लागि भने उक्त…

Read More

दार्चुला – स्थानीय तह निर्वाचन २०७९ पश्चात् मार्मा गाउँपालिका गाउँकार्यपालिकाको पहिलो बैठक सम्पन्न भएको छ । मार्मा गाउँकार्यपालिकाको सभाहलमा बसेको बैठकले लटिनाथ क्याम्पसलाइ आंगिक क्याम्पस बनाउन पहल गर्ने, चालु तथा निर्माणाधीन अवस्थामा रहेका सडक पूरा गर्ने र थप सडकको लागि आवश्यक बजेट माग गर्ने, दुई वर्ष भित्र उज्यालो मार्मा घोषणा गर्न प्रत्येक घरधुरिमा बिधुतको पहुँच पुर्याउने, आगामी दुई वर्ष भित्र प्रत्येक घरधुरिमा खानेपानीको धारा पुर्याउने लगायत विभिन्न ३१ वटा निर्णय गरेको मार्मा गाउँपालिका प्रवक्ता धिरेन्द्र सिह धामीले जानकारी दिनुभयो । मार्मा गाउँकार्यपालिकाको प्रथम बैठकले विभिन्न समिति गठन गरेको छ । बिधान समिति संयोजकमा जमन सिंह धामी, पालिका प्रवक्तामा धिरेन्द्र सिंह…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह आफ्नो पदभार ग्रहण गरेलगत्तै सैनिक मुख्यालय जंगी अड्डा पुगेका छन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्न पुगेका मेयर बालेनले भेटमा विपद व्यवस्थापन लगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरे । यस्तै प्रधानसेनापति शर्माले नवनिर्वाचित मेयर बालेनलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

Read More

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । ३० वैशाखमा भएको निर्वाचन परिणाम २ स्थानीय तहबाहेकका आइसकेपछि गठबन्धनको बैठक बसेको हो । गठबन्धन दलहरूबीच निर्वाचनमा भएको तालमेललाई लिएर गठबन्धनकै केही दल असन्तुष्ट छन् । जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र जनमोर्चा असन्तुष्ट रहेका हुन् । जारी बैठकमा सम्पन्न निर्वाचनमा एकअर्कालाई सहयोग/असहयोग गरेको विषयमा पनि समीक्षा हुनेछ । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी…

Read More

काठमाडौं – सरकारले तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो । आयोगका सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् ।

Read More

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको अध्यक्षतामा पहिलो बैठक लाइभ सुरु भएको छ । आज बिहान बालेनले मेयर पदको शपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार सभाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेर पदभार ग्रहण गरेका थिए ।

Read More

काठमाडौं – बक्स अफिसमा अत्याधिक व्यापार गर्न सफल भैरहेको नेपाली चलचित्र ‘कबड्डी ४’ को मुख्य नायिका हुन मिरुना मगर । चलचित्रले सफलता हासिल गर्न थालेपछि हलहलमा दर्शकलाई भेटन टिमसंगै पुगेकी मिरुना काठमाडौमा अवस्थित सिभिल मलमा आइतबार साझ पुगेकी थिइन । त्यहाँ उनलाई एक ब्यक्तिले गलत तवरले छोएर दुव्र्यवहार गरेका हुन् । लामाको पहिरनमा देखिएका सो व्यक्तिलाई अभिनेत्री मिरुनाले थप्पड समेत हानेकी छन् । गलत ब्यवहारले आवेशमा आएकी उनले सो ब्यक्तिलाई थप्पड हानिसकेपछी ‘अबदेखी कोहि केटिलाई त्यसरी छोइस् भनेनी तेरो यो युनिफर्म उतार्दिन्छु’ भन्दै त्यही सबैमाझ माफी समेत माग्न लगाईन् । भएको जुन घटनाको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भैरहेको छ…

Read More

एजेन्सी  – इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृत्यु भएको छ । इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृत्यु भएको हो । साथीहरूले बेहुलालाई लिएर अगाडि बढ्दा उत्सवको रुपमा बन्दुक पड्काइएको थियो । गोली लागे लगत्तै बेहुला भुइँमा ढलेका थिए । गोली लागेर गम्भीर घाइते बनेका बेहुलालाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषित गरेका थिए । मध्यपूर्वका विभिन्न भागमा उत्सव मनाउँदा बन्दुक पड्काइन्छ । विवाह र इन्गेजमेन्टको सन्दर्भमा बन्दुक पड्काउनुलाई भने दुई परिवारलाई जोड्ने शक्ति र सम्मानको प्रतीकको रूपमा हेरिन्छ । तर, यस परम्परागत अभ्यास निकै खतरनाक मानिएको छ…

Read More

काठमाडौं – चार सांसदले कानुन संशोधन गरि बलात्कारका घटनाको उजुरी दिने हदम्याद हटाउनुपर्ने संकल्प प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गरेका छन् । नेपाली कांग्रेसका सांसदहरू डिला संग्रौला, प्रमिला राई, सुजाता परियार र रंगमती शाहीले सोमबार संसद सचिवालयमा उक्त संकल्प प्रस्ताव दर्ता गरेका हुन् । उनीहरूले ‘हदम्याद सम्बन्धी व्यवस्थामा पीडितले उजुरी गर्न नसक्नुको भरपर्दो र मनासिव कारण देखाएमा दर्ता गरि अनुसन्धान गर्न सक्ने गरि कानुन संसोधन गर्ने,’ संकल्प प्रस्ताव दर्ता गराएका हुन् । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा २ मा रहेको उजुरी दिने हदम्याद सम्बन्धि व्यवस्था परिवर्तन गर्नुपर्ने समय आएको भन्दै संकल्प प्रस्ताव दर्ता गराएका हुन् । उनीहरूले बलात्कार…

Read More