Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – पाँच दलीय गठबन्धनले बागी उम्मेदवारहरूको उम्मेदवारी निष्कृय गराउने भएका छन् । गठबन्धनभित्रकै दलबाट बागी उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी सम्बन्धित दलले निष्कृय गराउने निर्णय पाँच दलीय गठबन्धनको सचिवालय बैठकले गरेको छ । स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालयको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सचिवालय बैठकले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र सौहार्द्र तवरले सम्पन्न गराउनका लागि गठबन्धनमा रहेका सबै राजनैतिक दलबीच आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढाउन प्रतिवद्ध रहने निर्णय गरेको छ । त्यस्तै गठबन्धनमा रहेका दलहरुबीच आपसी समझदारीमा दिइएका उम्मेदवार विरुद्ध गठबन्धनभित्रैका दलबाट दर्ता भएका उम्मेदवारी तत्काल निष्कृय गराउन आवश्यक पहल गर्न सम्बन्धित…

Read More

दार्चुला – स्थानीय तहको निर्वाचन नजिकिएसँगै सबै दलहरु प्रचारप्रसार तथा घरदैलोको अभियानमा लागेका छन् । दार्चुलाका ९ वटा स्थानीय तहमध्ये महाकाली अर्थात सदरमुकाम क्षेत्र भएकाले कसले नेतृत्व चलाउने भन्ने विषयमा महाकालीमा सबैको विशेष चासो रहेको देखिएको छ । यो नगरमा खासगरी ठूला राजनीतिक दलहरूले महाकाली नगरपालिकालाई महत्वका साथ हेरेका छन् । नेकपा एमाले र नेपाली कांग्रेस र माओवादीसहितको गठबन्धन दल यतिबेला महाकालीमा बढी नै केन्द्रित देखिन्छन् । अघिल्लो निर्वाचनमा कमै मात्रामा मत प्राप्त भएता पनि एमाले भने यसपालीको निर्वाचनमा राम्रो नतिजा ल्याउने दाउमा रहेको छ । सदरमुकाम नगरको हार–जित दलहरूका लागि प्रतिष्ठाको विषय समेत बनेको छ । सबै दलले यस…

Read More

काठमाण्डौं – हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरको हर्नमा समस्या भएकाले सेवा अवरुद्ध हुन पुगेको हो । नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सेवा अवरुद्ध हुन पुगेको हो । काठमाडौंबाट सामान मगाइएको उनले जानकारी दिए । उनले भने, ‘सामग्री जहाजमा आउँदै छ । काठमाडौंबाट नेपालगञ्ज आइपुगेको छ । अब त्यहाँबाट ल्याउने तयारी भइरहेको छ ।’ सामान आइपुगेपछि टेलिफोन सेवा सुरु हुने उनले बताए ।

Read More

काठमाडाैं – छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ)ले साविक विजेता न्यु डायमण्ड स्पोर्टस् क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा एपिएफले न्यू डाइमण्डलाई ३–० को सेटमा पराजित गरेको हो । एपिएफले न्यु डायमण्डलाई २५–१९, २५–१० र २५–९ को सेटमा पराजित गर्यो । जारी प्रतियोगितामा न्यु डायमण्डको यो लगातार चौथो हार हो । यस हारसँगै न्यु डायमण्डले ४ खेल १ अङ्क जोडेर प्रतियोगिताको अन्त्य गरेको छ । यता एपिएफको भने यो तेस्रो जीत हो । एपिएफको ९ अङ्क रहेको छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब,…

Read More

काठमाडौं – शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी शिक्षकमा जागिर खाने एक व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पाँचथर तुम्वेबा गाउँपालिकामा रहेको धुवाखोला आधारभूत विद्यालयमा प्रावि शिक्षकमा जागिर खाएका विरजुकुमार गच्छदारका विरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । गच्छदारका बारेमा अख्तियारमा उजुरी परेपछि अनुसन्धानका क्रममा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विद्यालयमा नियुक्ति पाएको पुष्टि भएको अख्तियारले जनाएको छ । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिम सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको जनाए ।

Read More

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोलि (शनिबार) बुटवल जाने भएका छन् । प्रधानमन्त्री देउवा यही वैशाख ३० गतेको स्थानीय निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाँच दलीय गठबन्धनद्वारा शनिबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न बुटवल जान लागेको नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं २ का सचिव प्रजापाल गिरीले जानकारी दिए । निर्वाचन कार्यक्रमअन्तर्गत शनिबार बिहान १० बजे बुटवलको देवीनगर चौपारीमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री देउवालगायत गठबन्धन दलका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको गिरीले जानकारी दिए । उनका अनुसार निर्वाचनमा गठबन्धनलाई एकताबद्ध बनाउन र कार्यकर्तालाई उत्साहित बनाउन सबै दलका नेताले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको हो ।…

Read More

काठमाडौं – जेष्ठ १ गतेपश्चात सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आगामी आइतबारबाट सेयर बजार पनि बन्द रहने भएको छ | साथै, आइतबार सेयर बजार बन्द हुने भएपछि आगामी शुक्रबारबाट सेयर कारोबार खुला हुने भएको छ | शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्क पूँजीबजार सम्मेलन कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुक्रबार पनि बजार खोल्न नेप्सेलाई निर्देशन दिइसकेको बताएका हुन् |

Read More

काठमाडौं – जेष्ठ १ गतेपश्चात सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आगामी आइतबारबाट सेयर बजार पनि बन्द रहने भएको छ | साथै, आइतबार सेयर बजार बन्द हुने भएपछि आगामी शुक्रबारबाट सेयर कारोबार खुला हुने भएको छ | शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्क पूँजीबजार सम्मेलन कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुक्रबार पनि बजार खोल्न नेप्सेलाई निर्देशन दिइसकेको बताएका हुन् |

Read More

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेलाई मत माग्ने अधिकार नभएको बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आज बिहान काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले एमालेले ५ वर्ष सरकार चलाउन नसकेकोमा क्षमायाचना गर्नुपर्ने बताए । क्षमायाचना नगरी एमालेलाई मत माग्ने अधिकार नभएको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई परमादेशको सरकार भनी आलोचना गरिरहँदा यो अवस्था कसले ल्याएको भनेर उनले प्रश्न गरे । ‘परमादेश सरकार ओलीले भनिरहँदा कांग्रेसले सोध्नै पर्दछ । यो बनाउने काम कसले गरेको हो ?’ थापाले भने, ‘सरकार हाम्रो प्राथमिकतामा थिएन । सरकार चलाउने हामीलाई म्याण्डेट दिइएकै थिएन ।’ प्रतिपक्षमा बसेको कांग्रेसलाई आग्रह…

Read More

काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि मतपत्रको छपाइ सम्पन्न भएको छ । आज (शुक्रबार)सम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेस प्रदेशका जिल्ला बाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको हो । आयोगले निर्वाचनका लागि स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटाइएको कर्मचारीलाई तोकिएको ठाउँमा खटिन आयोगले निर्देश गरेको छ । उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही…

Read More