Author: महेन्द्रनगर पोष्ट

काठमाडाैं – सोमालियाका राष्ट्रपति हसन शेख मोहमुदले शुक्रबार संयुक्त अरब इमिरेट्सको यात्राबाट फर्किएलगत्तै कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको बताएका छन् । सङ्क्रमण पुष्टि भएपछि आफू अलग्गै रहेको बताए । उनले ट्वीटरमा लेखेका छन्, ‘अहिलेसम्म मलाई कुनै लक्षण छैन । सङ्क्रमण देखिँदासम्म मैले आफुलाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राख्दै सरकारी सेवालाई निरन्तरता दिइरहनेछु ।’ ‘जनस्वास्थ्यसम्बन्धी सल्लाह र निर्देशनहरू पालन गरेर हामीले सबैलाई सुरक्षित राख्न म आग्रह पनि गर्छु ।’ छैसट्ठी वर्षीय राष्ट्रपति शुक्रबार नै संयुक्त अरब इमिरेट्सबाट फर्किएका हुन् ।

Read More

दार्चुला – दार्चुलामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) दार्चुलाको आयोजनामा गरिएको कार्यक्रममा इन्सेक दार्चुलाका प्रतिनिधि नरेन्द्र सिह कार्कीले इन्सेकले जिल्लामा सन २०२२ को जनवरी देखि जुनसम्म अभिलेख गरेको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले इन्सेकले वर्ष पुस्तक अत्यन्तै प्रभावकारी बन्दै गएको र समाजमा हुने मानव अधिकार हननका घटनाहरुको अवस्था बारे जान्न महत्वपूर्ण माध्यम रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपि प्रतिक विष्टले इन्सेकले वर्षौदेखि प्रकाशन गर्दै आएको वर्ष पुस्तक…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ । काठमाडौँ महानगरको नयाँ बजेट प्रस्तुत गर्ने क्रममा महानगरकी उप प्रमुख सुनिता डङ्गोलले सो बजेट ल्याएको बताएकी हुन् । कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको उनले बताइन्। यो कुल बजेटको २० प्रतिशत हो। महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ। जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ।

Read More

काठमाडौं – पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन् । आज (शुक्रबार) नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराएका हुन् । पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो । थप २ महिनामा पनि काम गर्ने अवसर दियो, आलेलाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, ‘पछिल्लो समयमा फिर्ता गर्न छापामार शैलीमा निर्णय भयो ।’ आलेले पार्टीको पछिल्लो निर्णयले आफूहरूको आत्मसम्मानमा चोट पुगेको पनि बताए । उनले भने, त्यसले हाम्रो आत्मसम्मानमा चोट लगाउने काम भएको छ । पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिन्छु।’ एकीकृत समाजवादीले यसअघि नै चार…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशको एक मात्रै उप महानगरपालिका रहेको धनगढीले आगामी आर्थिक बर्षका लागि एक अर्ब ८३ करोड बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको नगरसभाको बैठकमा आगामी आर्थिक बर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै उप प्रमुख कन्दकला रानाले एक अर्ब ८३ करोड ८९ लाख २४ हजार बराबरको बजेट प्रस्तुत गरिन् । आन्तरिक तर्फ २६ करोड ८८ लाख ४६ हजार र अन्य बजेट संघ र प्रदेशको अनुदानबाट प्राप्त हुने उपप्रमुख रानाले बताइन् ।

Read More

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट सुनसहित एक युवक पक्राउ परेका छन् । शुक्रबार बिहान ओमानबाट सलाम एयरवेजको उडान नम्बर ४२७ मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका निरन्जन कुमार सिंहले ल्याएको सामान विमानस्थल भन्सार कार्यालयले चेक गर्दा अवैध तरिकाले ल्याएको सुन फेला परेका हो । सिरहाका सिंहले सनसिल्क स्याम्पूको डब्बाभित्र स्याम्पू (झोल) सँगै मिसाएर १०० ग्राम सुन ल्याएका थिए । सिंहलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको छ ।

Read More

काठमाडौँ – राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् । आजको बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका विषयमा सहमति गरी विधेयक अघि बढाउन सरकारसँग आग्रह गरे । उनले भने ‘संविधानमा भएको व्यवस्था बाझिने गरी कानुन बनाउनु हुँदैन ।’ सांसद रामचन्द्र राईले केही सीमित व्यापारिका हितमा हुने गरी बजेटमा करको दर फेरबदल हुनु उचित नभएको टिप्पणी गरे । उनले नागरिकतासम्बन्धी विषय जनताको दैनिकीसँग जोडिएको विषय भएकाले यससम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्न माग गर्दै ढिलै भए पनि गृह मन्त्रालयले यस सम्बन्धमा पहल गरेकामा सरकारलाई धन्यवाद दिए । सांसद बिना पोखरेलले मनसुनी…

Read More

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले विभाजन नगर्न गरिएको आग्रह स्मरण भइरहेको बताएका छन् । एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरूसहितका १० सांसदले आज ध्यानाकर्षण पत्र बुझाएपछि उनले यस्तो बताएका हुन् । ‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको सिकार नबन्न गरेको अनुरोध उहाँले नमानेपछि कुनै दिन परिस्थिति तपाईँको काबुभन्दा बाहिर जानेछ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ,’ भट्टराईले फेसबुकमा लेखेका छन् । उनले आफूहरूले त्यतिबेला नै चिनेका…

Read More

काठमाडौं – प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताएका छन् । उले उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याइ जनशक्ति तयार गर्नेतर्फ केन्द्रित हुनुपर्नेसमेत बताएका छन् । प्रधानमन्त्री देउवाले आज लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वितीय दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै बुद्धले प्रतिपादन गर्नुभएको आर्यअष्टाङ्गिक मार्गलगायतका सूत्रात्मक शिक्षा आजको २१ औँ शताब्दीमा पनि महत्वपूर्ण रहेको बताए । “यसैले पनि आज संसारभर बौद्ध दर्शनको अध्ययन–अध्यापनलगायतका बुद्धद्वारा प्रतिपादित शिक्षाको अभ्यास केन्द्र स्थापना हुने क्रम उल्लेख्यरुपमा बढ्दै गएको छ”, प्रधानमन्त्री देउवाले भने । प्रधानमन्त्री देउवाले बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र…

Read More

नयाँ दिल्ली – भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार मध्यरातिदेखि शुक्रबारसम्म सो संख्याका संक्रमित थपिएका शुक्रबार जानकारी दिएको छ । एक दिन अगाडी भारतमा १३ हजार ३१३ जना कोरोना सङ्क्रमित भएका थिए । हाल भारतमा सक्रिय सङ्क्रमितको संख्या ८८ हजार २८४ रहेको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.२० प्रतिशत हो । पछिल्लो एक दिनमा १३ हजार २९ जना कोरोनामुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या ४ करोड २७ लाख ४९ हजार ५६ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर…

Read More