Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – अमेरिकी विदेश मन्त्रालयमा नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेशमन्त्री उज्रा जिया शुक्रबार नेपाल आइपुगेकी छिन् । उनले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्कालगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । तिब्बती धर्मगुरु दलाई लामालाई बिहीबार भेटेर आएकी जियाको भ्रमणबारे छिमेकी चीनले चासो प्रकट गरेको छ । अमेरिकी प्रशासनको तिब्बती मामिला हेर्ने संयोजकसमेत रहेकी जियाले नेपालमा रहेका तिब्बती शरणार्थीबारे कुराकानी गर्ने बताइए पनि नेपाली अधिकारीले त्यसलाई अस्वीकार गरेका छन् । ‘नेपाल र अमेरिका सम्बन्धका विभिन्न विषयमा छलफल हुन्छ, अन्य विषयबारे जानकारी छैन,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिन् । उनले शनिवार नेपालमा रहेका तिब्बती शरणार्थी अगुवाहरूसँग…

Read More

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रतालाई कायमै राखेकी छन्। पछिल्लो मत परिणाम अनुसार दाहाल २४ हजार ६६० मतसहित अगाडि छन् भने उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले २० हजार ६६३ मतसहित पछ्याइरहेका छन्। मतगणनाको सुरुवाती दिनमा चर्को प्रतिस्पर्धा भए पनि अहिले रेनुले करिब चार हजार बढी मत पाएकी छन्। सुवेदी र दाहालबीचको मत अन्तर तीन हजार ९९७ रहेको छ। त्यस्तै भरतपुर महानगरका स्वतन्त्र मेयर उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ८४० मत प्राप्त गरेका छन्। भरतपुरको उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २६ हजार ७९४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले…

Read More

काठमाडाैं – हालै सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दीमा सात प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका छ स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला, महिला र खुला सदस्य पदमा खसेको मतको ७.५७ प्रतिशत मत बदर भएको हो । कूल ८३ हजार ६८२ मतदातामध्ये ५४ हजार ६७८ अथवा ६५.०२ प्रतिशत मत खसेकामा ९२.४३ प्रतिशत मत सदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कूल खसेकामध्ये पूर्णरुपमा ०.७३ प्रतिशत अथवा ४६८ र सातवटै पदमा कूल चार हजार ९९२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए । विसं २०७४ को पहिलो स्थानीय तह चुनावमा म्याग्दीका छवटा स्थानीय तहमा दुईदेखि…

Read More

पोखरा – पोखरा महानगरपालिकामा मतगणना जारी छ । हालसम्म ५० प्रतिशत भन्दा बढी गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म १६ वटा वडाको नतिजा आइसकेको छ । जसमध्ये नेपाली कांग्रेसले ११ वटा वडा र नेकपा एमालेले ५ वटा वडामा जित हासिल गरेको छ । महानगरका २, ३, ४, ७, ९, १२, १३, २३, २४, २५ र २६ वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने १, ५, ६, ८ र २० वडामा नेकपा एमालेले जितेको छ । अहिले १०, ११, १४, १५, १६, २७, २८ र २९ गणना भइरहेको छ । केहिबेरपछि…

Read More

कैलाली- यस वर्षको स्थानीय तहको निर्वाचनमा कैलालीमा सबैभन्दा पालिका जितेर रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी जिल्लामा ठूलो दल बन्न सफल भएको छ । जानकी गाउँपालिकामा पनि विजेता बनेपछि नागरिक उन्मुक्ति जिल्लाकै सबैभन्दा ठूलो दल बनेको हो । जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा गणेश चौधरीले ७ हजार १ सय ५१ मत पाएर निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतौले ५ हजार २४२ मत पाउँदा एमालेका टंकबहादुर बमले ४ हजार २४१ मत ल्याए । त्यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमती देवी कठरिया ६ हजार ५२६ मतसहित…

Read More

लिस्बन- वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल रहेका एक नेपाली युवा बेपत्ता भएका छन् । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२ घर भई विगत सात वर्षदेखि पोर्चुगल बस्दै आएका ३० वर्षीय सुजन सिलवाल बेपत्ता भएका हुन् । गत अप्रिल ११ मा नेपालबाट पोर्चुगल फर्केका उनी अप्रिल १५ दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् । लिस्बनस्थित एक होस्टेलमा बस्दै आएका उनी अप्रिल १५ का दिन जापानमा रहेका आफ्ना भाइलाई फोन गरेको र त्यसपश्चात् परिवार आफन्त कोही कसैको सम्पर्कमा नआएको उनका आफन्त रामप्रसाद सिलवालले बताए । सो विषयमा होस्टेल सञ्चालकसँग सोधखोज गर्दा अप्रिल १५ का दिन दिउँसो नुहाएर निस्केको देखेको र त्यसपछि होस्टेलमा नआएको होस्टेल सञ्चालकले बताएको सिलवालले…

Read More

चितवन- चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओबादी केन्द्रका मेयरका उम्मेदवार रेणु दाहालले पाँच हजार १३३ मतान्तरले अग्रता लिएकी छन् । उनले नगरपालिकाका १४ वटा वडाको मत गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङसँग १२ हजार २०० मतान्तरले अग्रता लिएका छन् । अधिकारीले २९ हजार ५२५ मत प्राप्त गर्दा गुरुङले १७ हजार ३२५ मत प्राप्त गरेकी छन् ।…

Read More

काठमाडौं– काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरमा ९० हजार २९२ मत गन्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ३३ हजार २ सय ६० मत पाएका छन् । नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले १७ हजार ६ सय ९२ मत पाएका छन् । स्थापितभन्दा साह १५ हजार ५ सय ६८ मतले अगाडि छन् । यस्तै, मेयर पदका अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत प्राप्त गरेकी छन् । सिंहले स्थापितसँगको मतान्तर घटाउँदै गएकी छन् । स्थापित सिंहभन्दा मात्रै १ सय १३ मतले अगाडि छन् ।

Read More

डोटी- हावारीका कारण गुडिरहेको जीपमाथि रुख ढल्दा डोटीमा तीन जना घाइते भएका छन् । राजपुरबाट केआईसिंह गाउँपालिकाको सलेनातर्फ गइरहेको सुपप्र ००१ ज १३२९ नम्बरको जीपमा रुख ढलेको हो । दुर्घटनामा २२ वर्षीय पदमराज जोशी, २७ वर्षीय भरत खड्का र २९ वर्षीय गाडी चालक कृष्ण बलायर घाइते भएको प्रदेश ट्राफि प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइतेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Read More

डोटी- धनगढीबाट अछाम जाँदै गरेको बस डोटीस्थित सेती नदीमा दुर्घटना भएको छ । ना ५ख ९६६३ नम्बरको बस शनिबार बिहान करिव ४ बजे तिर डोटीको शिखर नगरपालिका १ गरेपानि दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् । बस सडकबाट सेती नदीको किनारमा खसेको डोटी प्रहरीले जनाएको छ । दुर्घटनामा १८ महिनाको १ बालक बेपत्ता भएका छन् । बस करिब ५० मिटर तल खसेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Read More