Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – देशभर पछिल्लो २४ घन्टामा थप ७ जनामा कोरोना पुष्टी भएको छ । देशभर गरिएको २१८८ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा १५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा अहिलेको अवस्थामा १४२ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । वडाध्यक्षमा पुनः सन्तोष मुडभरी विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनाअनुसार १ हजार १८३ मत ल्याउदै मुडभरी विजयी भएका हुन् । वडा सदस्यमा दलित महिला सदस्यमा सरस्वती लुहार, महिला सदस्यमा सत्यदेवी जोशी, सदस्यमा धर्मराज उपाध्याय र डम्मरनाथ जोशी विजयी भएका छन् । वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रबाट यदु सुनार, एमालेबाट ज्ञानेन्द्र मल्ल, एकीकृत समाजवादीबाट लालबहादुर सुनार, राप्रपाबाट विष्णुराज जोशी, स्वतन्त्रबाट रोशन शाही, लक्ष्मण बिक, हिरेन्द्रबहादुर शाह, सामाजिक एकता पार्टीबाट मेलराम डगौरा थारु र जनता समाजवादी पार्टीबाट सिमादेवी सेवाले उम्मेदवारी दिएका थिए ।

Read More

दार्चुला- दार्चुलाको नौगाड गाउँपालिकामा सत्ता गठबन्धन विजयी भएको छ । गठबन्धनबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका दलजित धामी ३ हजार ५९८ मतसहित विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेमसिंह धामीले ३ हजार १९१ त ल्याए । त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका जगतसिंह ठगुन्ना ३ हजार ७६७ मतसहित विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी एमालेकी गौरीदेवी ठगुन्नाले २ हजार ८६७ मत प्राप्त गरिन् ।

Read More

काठमाडौं – धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले झण्डै दोब्बर मतले अग्रता लिएका छन् ।ताजा मतपरिणाम अनुसार ३१५३ मत गणना हुँदा हमालले १ हजार ४७२ मत प्राप्त गरेका छन् । सत्तारुढ गठबन्धनबाट साँझ उम्मेदवार बनेका काँग्रेसका नृपबहादुर वडले ८६३ मत प्राप्त गरेका छन भने नेकपा एमालेका रणबआदुर चन्दले १५४ मत प्राप्त गरेका छन् ।

Read More

काठमाडौं – काठमाडौं भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा भएको विवाद समाधान भएको छ। मतगणनास्थल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा बसेको सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिएको हो । सहायक निर्वाचन अधिकृत पुरुषोतम पौडेलले मतपत्रमा स्वस्तिक छाप पूर्णरुपमा लागेको र क्रस चिह्न प्रष्ट देखिने मतलाई मात्रै सदर गर्नेगरी सहमति भएको बताए । यसअघि मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको थियो ।

Read More

कञ्चनपुर- कञ्चनपुरका ८ स्थानीय तहमा मतगणना भइरहेको छ । प्रारम्भिक मतपरिणाम अनुसार ८ पालिकामध्ये नेपाली कांग्रेसले ४ पालिकाको प्रमुख र उपप्रमुख दुवैमा अग्रता लिएको छ । कांग्रेसले कञ्चनपुर सदरमुकामको भीमदत्त नगरपालिका, दोधाराचाँदनी, कृष्णपुर र बेदकोट नगरपालिकाको मेयर उपमेयर दुवैमा अग्रस्थान हासिल गरेको छ । यी पालिकामा एमालेले कांग्रेसलाई पछ्याउँदै छ । यस्तै लालझाडी गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसले अग्रता कायम राखेको छ । जिल्लामा नेपाली कांग्रेस र नेकपा एमाले एक्लै चुनावमा भिडेका छन् भने माओवादीले केही स्थानीय तहमा एकीकृत समाजवादीसंग तालमेल गरेको छ । एक्लै चुनाव लडेको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रले मेयर उपमेयर दुवैमा अग्रता बनाएका छ । बेलौरीमा माओवादीलाई…

Read More

भरतपुर – भरतपुर महानगरको मतगणना रोकिएको छ । स्वस्तिक छापका विषयमा विवाद हुँदा मतगणना रोकिएको हो । वडा नं. २ को गणना जारी रहँदा सूर्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको एमालेका युवा नेता अस्मिन घिमिरेले बताए ।  ‘पहिला सदर गरेको मतपत्र पछि श्रीमानले बदर भन्नुभयो त्यसमा हामीले आपत्ति जनायौँ,’ घिमिरेले भने, ‘मुख्य निर्वाचन अधिकृत र गणक कर्मचारीले भूमिका शङ्कास्पद छ ।’ उनले पहिला यो विषयको टुङ्गो नलागेसम्म एमालेका कोही पनि प्रतिनिधि नबस्ने बताए । अहिले एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृतसँग कुरा गर्न गएका छन् ।

Read More

काठमाडौं- स्थानीय तहको निर्वाचनमा राप्रपाले अग्रता हासिल गरेको छ । राप्रपाले विभिन्न स्थानीय तहका १८ वटा वडामा जित हासिल गरेको छ । राप्रपाले केही पालिकामा अग्रता, केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ । यी हुन् विजयी वडाध्यक्ष१. चितवनको माडी नगरपालिका–८ को वडाध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी प्यानलसहित विजयी।२. नवलपरासीको रामग्राम–३ को वडाध्यक्षमा उज्ज्वल न्यौपाने प्यानलसहित विजयी ।३. नवलपरासीकै प्रतापपुर–३ को वडाध्यक्षमा रामनरेश यादव प्यानलसहित विजयी।४. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ को वडाध्यक्ष केशव खत्रीत प्यानलसहित विजयी ।५. कपिलवस्तुको कृष्णनगर–१ को वडाध्यक्ष टुंगनाथ चौधरीको प्यानलसहित विजयी ।६. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ को वडाध्यक्ष लक्ष्मण मेहता प्यानलसहित विजयी।७. रुपन्देहीको रोहिणी गाउँपालिका–१ को वडाध्यक्षमा अलि पठान निर्वाचित ।८. चितवनको माडी नगरपालिका–१ को वडाध्यक्षमा अमित लामा निर्वाचित ।९. सिद्धार्थनगर नगरपालिका–२ को वडाध्यक्षमा छेदीलाल श्रीवास्तव निर्वाचित१०. नवलपरासीको रामग्राम–१ मा राप्रपाका रुद्रप्रसाद सिंह वडाध्यक्षमा निर्वाचित…

Read More

मुस्ताङ – मुस्ताङको तसाङ गाउँपालिकाको अध्यक्षमा एमालेका प्रदीप गौचन र उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन निर्वाचित भएका छन् । थसाङको मत गणना सकिएसँगै यो जिल्लाका सबै पालिकाको मतगणना सकिएको छ । यो जिल्लामा ५ वटा पालिका रहेका छन् । सोमबार थासाङ गाउँपालिकाको मतगणना सकिएको हो । थसाङको अध्यक्षमा एमालेका प्रदीप गौचन एक हजार १ सय ४४ मत पाएर विजयी भएका हुन । प्रतिद्वन्द्वी काँग्रेसकी बालकुमारी शेरचनले १०५५ मत पाइन् । उपाध्यक्षमा काँग्रेसका सोमल हिराचन १२ सय १२ मत पाएर विजयी भए । उपाध्यक्षमा प्रतिद्वन्द्वी एमालेकी सुमिता शेर्पाले १ हजार ८० मत पाइन् । थसाङसँगै लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ…

Read More

काठमाडौं — काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। यसअघि वडा सदस्यका रुपमा ५ वर्ष कार्यकाल सम्पन्न गरेका स्वतन्त्र उम्मेदवार आकाश धिताल मूख्य दलका प्रतिस्पर्धीलाई पछि पार्दै वडा अध्यक्षमा निर्वाचित हुन सफल भएका हुन्। कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिँदै ५१२ मतका साथ वडाध्यक्षमा जित हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेन्द्र खड्काले ४७४ मत प्राप्त गरे। यस्तै कांग्रेसका उम्मेदवार नवराज भण्डारीले २७४ मत प्राप्त गरे।

Read More