भरतपुर – भरतपुर महानगरको मतगणना रोकिएको छ । स्वस्तिक छापका विषयमा विवाद हुँदा मतगणना रोकिएको हो ।
वडा नं. २ को गणना जारी रहँदा सूर्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको एमालेका युवा नेता अस्मिन घिमिरेले बताए ।
‘पहिला सदर गरेको मतपत्र पछि श्रीमानले बदर भन्नुभयो त्यसमा हामीले आपत्ति जनायौँ,’ घिमिरेले भने, ‘मुख्य निर्वाचन अधिकृत र गणक कर्मचारीले भूमिका शङ्कास्पद छ ।’
उनले पहिला यो विषयको टुङ्गो नलागेसम्म एमालेका कोही पनि प्रतिनिधि नबस्ने बताए ।
अहिले एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृतसँग कुरा गर्न गएका छन् ।
Facebook Comments Box