Author: महेन्द्रनगर पोष्ट

काठमाडौं — काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। यसअघि वडा सदस्यका रुपमा ५ वर्ष कार्यकाल सम्पन्न गरेका स्वतन्त्र उम्मेदवार आकाश धिताल मूख्य दलका प्रतिस्पर्धीलाई पछि पार्दै वडा अध्यक्षमा निर्वाचित हुन सफल भएका हुन्। कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिँदै ५१२ मतका साथ वडाध्यक्षमा जित हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेन्द्र खड्काले ४७४ मत प्राप्त गरे। यस्तै कांग्रेसका उम्मेदवार नवराज भण्डारीले २७४ मत प्राप्त गरे।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । अहिलेसम्मको मत गणना अनुसार मयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै रहेका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्जजनिक गरेको मत परिणाम अनुसार बालेनले २८२० पाएका छन् । त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाएकी छन् । शनिबार सुरु गरिएको मत गणनामा हाल वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।

Read More

काठमाडौं – स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म २४ पालिकाको परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म १० पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छन् । नेपाली काँग्रेसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ । माओवादी केन्द्र ३ पालिका प्रमुख जितेर दोस्रोमा छ भने नेकपा एकीकृत समाजवादी २ पालिका प्रमुख जितेर तेस्रो छ । एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिका निर्विरोध जितेबाहेक अन्यत्र सफलता पाएको छैन । अहिलेसम्म कहाँ कसले जिते ?नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह:१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा२. चामे गाउँपालिका – मनाङ३. ङिस्याङ गाउँपालिका- मनाङ४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ५. लोमन्थाङ गाउँपालिका- मुस्ताङ६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका-मुस्ताङ७. खुम्बु पासाङल्हामु गाउँपालिका- सोलुखुम्बु८.…

Read More

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलमा आज पुनःमतदान सुरु भएको छ । मतदान अधिकृत विपिन यादवलाई मतदानका क्रममा शुक्रबार अर्थात् वैशाख ३० गते स्थानीयवासीले कुटपिट गर्नुकासाथै मतपेटिका तोडफोड गरी मतपत्र च्यातेपछि स्थगित गरिएको निर्वाचन आज विहान ७ बजेबाट सुरु भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । अपाङ्गता भएको महिलाले रुचाएको चिह्नमा छाप लगाउन अह्राएकोभन्दा यादवले फरक चिह्नमा छाप लगाएको आरोपमा आक्रोशित समूहले उनलाई कुटपिट गरी मतपेटिका तोडफोड गरेपछि सर्वदलीय वैठकले मतदान स्थगित गरेको थियो । सोही बैठकको निर्णयअनुसार आज मतदान भइरहेको हो । घटनापछि डाक्नेश्वरी–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटै मतदान केन्द्रको निर्वाचन स्थगित गरिएको थियो…

Read More

काठमाडौं – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । हालसम्मको मतगणनाअनुसार मेयर पदका उम्मेदवार कांग्रेसका उपेन्द्रबहादुर खड्काले एक हजार ८ सय ४९, नेकपा (एमाले) का मोहनमाया ढकालले एक हजार ७ सय ९७ र राप्रपाका मुकुन्दश्याम गिरीले ७ सय ६९ मत प्राप्त गरेका छन् । यस्तै, जनता समाजवादी पार्टीका गगनबहादुर सारुले २२, नेपाल मजदुर किसान पार्टीका गोविन्दनाथ योगीले १३, नेकपा एकीकृत समाजवादीका धनाकुमारी जिसीले १३, राष्ट्रिय जनमोर्चाका विष्णुप्रसाद शर्माले दुई मत पाए । वीरेन्द्रनगरको प्रमुख र उपप्रमुख पदमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल छ । उपप्रमुखमा एमालेका नीलकण्ठ खनालले अग्रता लिएका छन् । उनले दुई हजार ११३, माओवादीका शान्ति…

Read More

बझाङ – बझाङको साइपाल गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार नै विजयी भएका छन् । अध्यक्षमा मानवीर बोहरा र उपाध्यक्षमा डोल्मा तामाङ विजयी भएका हुन् । यसअघि यहाँ २०७४ को चुनावमा नेपाली काँग्रेसले जितेको थियो । काँग्रेसले यसअघि डडेल्धुरा र डोटीमा गरेर दुई र माओवादीले दार्चुलामा एउटा पालिका जितेको छ ।

Read More

बझाङ – बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । उनले २ हजार ७७४ मत ल्याई विजयी प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार कुलराज जोशीले २ हजार १२२ मत ल्याएका छन् । यहाँ एकीकृत समाजवादीका विनोद थापालाई गठवन्धनले उम्मेदवार बनाएको थियो । तर उनका विरुद्ध काँग्रेसका कार्यकर्ताले उम्मेदवारी दिएका थिए । एमालेले यसअघि बझाङको साइपाल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ ।त्यसअघि काँग्रेसले डडेल्धुरा र डोटीमा गरेर दुई र माओवादीले दार्चुलामा एक पालिका जितेको छ ।

Read More

काठमाडौं –   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि (सोमबार) नेपाल आउँदै छन् । मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा सोमबार विहान ११ बजेतिर लुम्बिनी आउने छन् । ६ घण्टाको लागि नेपाल आउन लागेका मोदी सोमबार सिधै लुम्बिनी आएर त्यहींबाट सोही दिन स्वदेश फर्कने छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । हेलिकप्टरबाट झरेपछि उनी सिधै मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन् । साढे ११ बजे मोदी त्यहीं आयोजना गरिने भूमी पुजा कार्यक्रममा सहभागी हुने जनाइएको छ ।…

Read More

विराटनगर – विराटनगर महानगरपालिकाको मेयर पदका नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राखेका छन् । उनले २५८३ र एमाले उम्मेदवार सागर थापाले १६१५ मत प्राप्त गरेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले ७१५ मत पाएका छन् । उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले १८९६ मत प्राप्त गरेकी छन् । जसपा उम्मेदवार अमरेन्द्र यादवले १३२३ मत प्राप्त गरेका छन् । उपमेयरमा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४०९ मत प्राप्त गरेकी छन् ।

Read More

डोटी – डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो । निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षकाका उम्मेदवार भैरवबहादुर साउदले २,३४३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का चक्रबहादुर घर्तीले एक हजार ६८४ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा कांग्रेसकै डम्मरीकुमारी विष्ट (कलेल) ले दुई हजार ४०७ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) की सपना सिराडीले दुई हजार २७६ मत प्राप्त गरेकी छन् । गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा…

Read More