Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कृष्णपुरको मेयरमा कांग्रेसका उम्मेदवार हेमराज ओझा र उपमेयरमा द्रोपति राना विजयी भएका हुन् । मेयरमा निर्वाचित कांग्रेसका उम्मेदवार ओझाले १० हजार ३ सय ३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २ सय मत प्राप्त गरे । कृएमालेका उम्मेदवार लोकेन्द्र पन्तले ६ हजार ४ सय ७४ मत पाए । उपमेयरमा विजयी कांग्रेसकी द्रोपति रानाले ९ हजार ६ सय ७५ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार रमिता राना बडायकले ७ हजार ३ सय १६ मत प्राप्त गरिन्…

Read More

दार्चुला – दार्चुला जिल्लामा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनबाट केही बढी युवाहरू जिल्लाका विभिन्न स्थानीय तहको निर्वाचनमा पुगेका छन्। दलीय राजनीतिभन्दा केही माथि उठेर मतदाताले पनि युवाहरूलाई निर्वाचित गरेका हुन्। राजनीतिक संस्कारको विकास, समानुपातिक समृद्धि, युवाहरूको मागको सम्बोधन लगायतका कुरामा आम नागरिकले युवा जनप्रतिनिधिबाट आशा गरेको देखिएको छ । नेतृत्वमा पुगेका युवा जनप्रतिनिधिहरूले पनि आफूहरू भर्खरै निर्वाचित भएको र अब विज्ञहरूको सुझावको आधारमा चुनावी घोषणापत्र अनुसारको कामहरूको थालनी गर्ने बताएका छन्। त्यसमा पनि जनप्रतिनिधि भइसकेपछि गर्ने पहिलो काम के हो? भन्नेबारेमा महेन्द्रनगर पोष्टले जिल्लाका केही युवा नेतृत्वहरूसँग कुराकानी गरेको छ । त्यस क्रममा उनीहरूले बिद्युत्…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका थप ६ जना नयाँ संक्रमित थपिएका छन् । २ हजार २ सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो । यस्तै, पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालभर सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ । यो अवधिमा कोही पनि संक्रमितको मृत्यु भएको छैन ।

Read More

काठमाडौं – निर्वाचन आयोगका अनुसार अझै ४१ स्थानीय तहको मतपरिणाम घोषणा हुन बाँकी छ । जसमा पाँच महानगरपालिका पनि समावेश छ । हालसम्म विराटनगर महानगरपालिकाबाहेक काठमाडौं, ललितपुर, पोखरा, भरतपुर र वीरगन्ज महानगरपालिकाको मतगणना जारी छ । विराटनगरमा भने नेपाली काँग्रेसका नागेश कोइराला विजयी भएका छन् । यस्तै, काठमाडौं स्वतन्त्र उम्मेदवार बालेन साह अग्रस्थानमा हुँदा, ललितपुरमा काँग्रेसका चिरिबाबु महर्जन, पोखरामा एकीकृत समाजवादी पार्टीका धनराज आचार्य, चितवनको भरतपुरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल तथा वीरगन्जमा जसपाका राजेशमान सिंहले अग्रता बनाएका छन् । निर्वाचन आयोगका अनुसार अब झापाको अर्जुनधारा नगरपालिका, कमल गाउँपालिका, गौरीगन्ज गाउँपालिका, गौरादह नगरपालिकाको मतगणना सकिन बाँकी छ । यस्तै मेचीनगर,…

Read More

जुम्ला – जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाकाे कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आईतबार बिहान दुर्घटना भएको हाे । प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार दुर्घटनामा तीन जना सामान्य घाईते भएका छन् । कनकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइदै गर्दा दुर्घटना भएको हाे । प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सड्कबाट १५,२० मिटर तल एम्बुलेन्स खसेको थियो ।

Read More

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक केही बेरअघि सुरु भएको हो । सरकारले यही १० गते आफ्नो नीति तथा कार्यक्रम ल्याउँदै छ।

Read More

काठमाडौं – धनगढी उपमहानगरपालिकाको मेयरमा पराजित भएपछि सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नृपबहादुर वडले आफ्नै पार्टीको असहयोगका कारण पराजय भोग्न परेको बताएका छन् । नवनिर्वाचित मेयर गोपाल हमाललाई बधाई तथा शुभकामना दिन उपमहानगरपालिका कार्यालय पुगेका वडले पत्रकारसँग कुराकानी गर्दै पार्टीको चुनाव चिन्ह लिएपनि स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेको उल्लेख गरे । ‘यहाँ नामको मात्र गठबन्धन भएको थियो । मेरो पार्टीको चुनाव चिन्ह पाएपनि म यसपटक मेयरमा स्वतन्त्र लडेको हुँ,’ वडले भने, ‘नवनिर्वाचित मेयरलाई मेरो पूर्ण सहयोग रहनेछ । मेरो कार्यकालमा गरिएका राम्रा कामलाई निरन्तर दिनुहुनेछ भन्ने विश्वास गरेको छु ।’ वडले उपमहानगरपालिका पुगेर नवनिर्वाचित मेयर हमाललाई बधाई तथा शुभकामना दिएका…

Read More

दार्चुला – तुइन विस्थापन गर्न महाकाली नदीमा निर्माण गरिएका झोलुङ्गे पुल सञ्चालनमा ल्याउन तयारी थालिएको छ । व्याँस गाउँपालिका–६ बडूगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा निर्माण सम्पन्न पुल सञ्चालनमा आउन लागेका हुन् । नागरिकको सहजताका लागि निर्माण सम्पन्न ती पुलहरू दुबै देशको समन्वयमा केही दिनभित्रै सञ्चालनमा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । नेपालको तर्फबाट सीमा पुल सञ्चालनमा ल्याउन निर्णय नै भइसकेको उनले बताए । महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने भनेर स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको सस्पेन्सन ब्रीज डिभिजनले चार स्थानमा झोलुङ्गे पुल निर्माणको ठेक्का पाएको थियो । जसअन्तर्गत व्याँस–६ बडूगाउँस्थित महाकाली नदीमा गत फागुनमै…

Read More

काठमाडौं – कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधनको माग राखेर सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वको टोलीले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । नेविसंघले एक वर्षे हदम्यादका कारण बलात्कारबाट पीडित महिलाहरूले न्याय पाउने अवस्थाबाट बञ्चित हुन परेको भन्दै अहिलेको व्यवस्था न्यायपूर्ण नभएकाले संशोधन गर्नुपर्ने माग गरेको हो ।

Read More

न्युयोर्क – युक्रेन युद्ध कूटनीतिक माध्यममार्फत मात्र समाधान गर्न सकिने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । राष्ट्रिय टेलिभिजनमा उनले युद्ध मैदानमा आफ्नो देश विजयी हुने दाबी गरे । युक्रेनमाथि रुसले २४ फेब्रुवरीदेखि हमला गरिरहेको छ । पछिल्लो समयमा रुसी सेनाले पूर्वी युक्रेनलाई केन्द्र बनाएर हमला गरेको छ । उनले अगाडि भने, ‘युद्ध वार्ताको टेबलबाट मात्र रोक्न सकिन्छ । ’ यसैबीच, सेभेरोदोनेत्स्क र वरपर भीषण लडाइँ भइरहेको छ । रुसी सेनाले लुहान्स्क क्षेत्रलाई कब्जा गर्न प्रयास गरिरहेको छ । दक्षिणी बन्दरगाह सहर मारिओपोलमा भएको लडाइँको अन्त्यपछि रुसी सेना अन्य क्षेत्रमा केन्द्रित छ । रुसीहरूले सेभेरोदोनेत्स्कलाई विस्तारै घेरेपछि त्यहाँ ध्वस्त पारिरहेका…

Read More