Author: महेन्द्रनगर पोष्ट

कैलाली- सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज बिहीबार दोस्रो सेमिफाइनल खेल हुँदैछ। धनगढी रंगशालामा हुने दोस्रो सेमिफाइनल खेलमा बागमती युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । बागमती र फ्रेन्ड्सबीचको खेल ३ बजेपछि सुरु हुनेछ।आज दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ। यस खेलको विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ।पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरिसकेको छ। सर्लाहीको बागमतीले ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४(२ ले हराएर अन्तिम चारमा स्थान बनाएको हो। फ्रेन्ड्सले क्यामरुनको एभेनिर फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै अन्तिम चारको यात्रा…

Read More