कैलाली- सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज बिहीबार दोस्रो सेमिफाइनल खेल हुँदैछ।
धनगढी रंगशालामा हुने दोस्रो सेमिफाइनल खेलमा बागमती युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । बागमती र फ्रेन्ड्सबीचको खेल ३ बजेपछि सुरु हुनेछ।आज दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ।
यस खेलको विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ।पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरिसकेको छ।
सर्लाहीको बागमतीले ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४(२ ले हराएर अन्तिम चारमा स्थान बनाएको हो।
फ्रेन्ड्सले क्यामरुनको एभेनिर फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्।