Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक रहेको नेपाली कांग्रेसले जानकारी दिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री र प्रतिपक्षी दलको छलफलपछि कांग्रेस नेता रमेश लेखकले सो कुरा जानकारी दिएका हुन् । लेखकले प्रधानमन्त्री छानबिन समिति बनाउनका लागि सकारात्मक रहेका र राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको पनि चाहना रहेको बताए ।उनले यसबारे थप छलफल हुने बताए । लेखकका अनुसार आजको बैठक धेरै लामो समय नबसेर बैठक करिब आधा घण्टा मात्र बसेको थियो । बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन…

Read More

काठमाडौं : लोक डेउडा गायक दिपेन्द्र प्रसाद दहालको आफ्नै शब्द, रचना र स्वरमा नयाँ लोक डेउडा गीत ‘चोली चौबन्दी भाग २’ सार्वजनिक भएको छ । कर्णप्रिय स्वरका धनि दिपेन्द्र प्रसाद दहाललाई चर्चित गायिका देवि घर्तिले स्वरमा साथ दिनुभएको छ भने कोरस गायनमा पविन्द्र सुनार, सुनिल नेपाली, रुपि सिञ्जाली मगर र प्रेम मगर रहनु भएको छ । गायक दिपेन्द्रको आफ्नै युटूव च्यानल जयकाली क्रियशनको प्रस्तुति रहेको उक्त गीतमा गायकका आफ्नै कान्छो छोरा बाल कलाकार श्रीजल दहाल र आरोही मल्लको मुख्य अभिनय रहेको छ । सत्यवती एकडेमी अत्तरिया कैलाली र गोलादेव फूटवयरको सहकार्यमा निर्माण गरिएको उक्त डेउडा गीतको दृश्य निर्माण खप्तड फिल्मस्,…

Read More

काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज चेन्नई सुपर किग्न्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलको प्लेअफमा पुग्न दुवै टिमका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नईलाई १८ रनको अन्तर वा चेज गर्दा १८.१ ओभर अगाडी जितेमा प्लेअफमा पुग्ने सम्भावना रहेको छ भने चेन्नईले जितेमा वा माथि उल्लेखित भन्दा कम अन्तरमा हार बेहोरेमा प्लेअफमा पुग्ने छ । चेन्नईको अहिले १३ खेलमा १४ अंक रहेको छ र चौथो स्थानमा छ भने…

Read More

काठमाडौ : लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।  लापसे गरेर सवारी चलाइरहेका उनीहरूलाई प्रहरीले आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए । ना ३ ख ३९४ नम्बरका ट्रक चालक मोरङको बेलबारी नगरपालिका–१ का ३१ वर्षीय अर्जुन खान, ना ४ ख ४२ १५ नम्बरका भाडा बस चालक नुवाकोटको किस्पाङ गाउँपालिका–३ का २६ वर्षीय सुशील परियार नेपाली, ग २ ख ६३८ नम्बरका हायस चालक गोरखाको पालुङटार नगरपालिका–१० का २६ वर्षीय पारस अधिकारी, मधेस प्रदेश ०३–००१ ख ७७…

Read More

काठमाडौँ : काठमाडौँको तार्केश्वर-९, मनमैजुमा मृत भेटिएका ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या गरिएको आशंका गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दरबारमार्गस्थित ट्राफिक प्रहरी प्रभागा कार्यरत घिमिरे शुक्रबार मनमैजुस्थित निर्माणाधीन घरमा मृत भेटिएका थिए । उनको हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान थालेको हो । प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ । स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो । घटना शङ्कास्पद देखिएकोले प्रहरीले अनुसन्धान गरिरहेको छ । घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका थिए । पोस्टमार्टमका…

Read More

कञ्चनपुरः कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।जिल्लाको बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।उनले ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रवार पक्राउ गरेको हो। घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार गएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेर बहादुर देउवा, महामन्त्री गगन थापा र कृष्ण सिटौला बालुवाटार पुगेका हुन् । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग कांग्रेसको बटम लाइन भएकाले सोही विषयमा छलफल गर्न बालुवाटार गएको बताइएको छ ।  कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ । कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित…

Read More

काठमाडौं : हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । तराईको केही जिल्लामा गमी बढ्दा केही स्थानमा भने वर्षाको पनि सम्भावना रहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ ।  विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागमा एकदुई स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना…

Read More

काठमाडौं: नेपाल प्रहरीका ४ एसएसपीहरुको बढुवा सिफारिस भएको छ। आज (शुक्रबार) ४ जना एसएसपीहरुको बढुवा सिफारिस भएको हो। गृह मन्त्रालयले गठन गरेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवा सिफारिस गरेको हो। एसएसपीहरु कृष्णहरी शर्मा पोखरेल एक नम्बरमा, दानबहादुर कार्की दोस्रोमा, मनोज केसी तेस्रोमा र राजन अधिकारी चौथोमा बढुवा सिफारिस भएका छन्। बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार सूचना प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस अगाडि संगठनभित्रको चलखेल र धेरै प्रतिस्पर्धी भएका कारण लामोसमयदेखि अड्किएको डीआइजी बढुवा आज टुङ्गिएको हो। आगामी हप्ता…

Read More

काठमाडौं: काठमाडौंमा एक प्रहरी जवान मृत फेला परेका छन्। आज (शुक्रवार) राति प्रहरी जवान युवराज घिमिरे मृत अवस्थामा फेला परेका हुन्। दरबारमार्ग ट्राफिकमा कार्यरत उनी बालाजुस्थित मनमैजुमा मृत भेटिएको बताइएको छ। स्रोतका अनुसार उनी ड्युटी सकेर घरतर्फ जान लागेका थिए। अनुहारमा चोट देखिएका उनको प्रारम्भिक अनुसन्धानमा हत्या भएको हुनसक्ने प्रहरीको आशंका गरेको छ। उनी ट्राफिक पोसाकमै मृत फेला परेका हुन्। अहिले घटनास्थलमा प्रहरी खटिएको छ भने थपविस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Read More