Author: महेन्द्रनगर पोष्ट

धनगढी : डडेल्धुराका एक पुरुषको बैतडीको पाटनमा शव फेला परेको छ । जिल्लाको पाटन नगरपालिका-६ पाटन पञ्चेश्वर सडक खण्डमा पर्ने गाईडाखोला नजिकको खेतको खोल्सोमा शव फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । डडेल्धुराको अमरगढी नगरपालिका-५ बस्ने अन्दाजी ५० बर्षीय रुपक जैरुको शव फेला परेको हो । पाटन बजारको एक सिलाई सेन्टरमा काम गर्ने आएका जैरु दुई दिन देखि सम्पर्कमा थिएनन् । उनको शव स्थानीय घास काट्ने महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खर काटनेले फागलाबाट करिब २ सय मिटर तल खोल्सोसम्म लेडेको जस्तो देखिएको छ । घटनास्थलमा आफ्न्त नपुगेकोले प्रहरीले शवलाई घेराहालेर राखेको छ । सिलाई सेन्टरका संचालकलाई…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले समाजवादीका नेताहरुलाई धमाधम सरकारी नियुक्ति गरिरहेका छन् । अस्तीमात्रै एस निकट अधिवक्ता चन्द्रबहादुर शाहीलाई प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका सोडारी फेरी एसकै अर्का नेतालाई पनि सरकारी नियुक्ति दिलाएका छन् । आइतबार प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा एसका नेता गणेशबहादुर बिश्वकर्मालाई नियुक्त गरेका हुन । उनलाई मुख्यमन्त्री सोडारीले आजै पद तथा गोपनीयताको शपथ गराएका छन्। बझाङ घर भएका बिश्वकर्मा झण्डै अढाइ दशकदेखि मानवधिकारको क्षेत्रमा क्रियाशील रहेका छन्। उक्त आयोगको अध्यक्षमा मुख्यमन्त्री स्वयम अध्यक्ष रहने प्रावधान रहेको छ।

Read More

धनगढीः डडेल्धुरामा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्लाको आलिताल गाउँपालिका–२ खोलेखरका २८ वर्षीय डम्बर बहादुर थापा मगर एकनाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। मगरले मादक पदार्थ सेवन गरी आफ्नै काका नाता पर्ने ५१ वर्षीय रमेश थापासँग वादविवादको क्रममा भरुवा बन्दुक फायर गरेका थिए। प्रहरी चौकी गाङ्खेत र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ। प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौँ : नेपाल भेटेरिनरी एसोसिएसनले ब्रोइलर कुखुराको रोग मानिसमा नसर्ने दाबी गरेको छ। एसोसिएसनका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा. केदार सुवेदीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा ‘ब्रोइलर कुखुरामा लागेको रोग मानिसमा पनि देखापरेको छ’ भन्ने भनाइमा कुनै सत्यता नरहेको स्पष्ट पारिएको छ। केही व्यक्तिले वैज्ञानिक तथ्य र कारणबिना नै सामाजिक सञ्जालमा भ्रामक पोष्ट गरी जनमानसमा त्रास सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ । ‘बोइलर कुखुराको मासु सेवनबाट बजारमा हल्ला फैलिए जस्तो कुनै पनि रोग मानिसमा सर्दैन,’ विज्ञप्तिमा भनिएको छ। त्यस्ता नकारात्मक र गलत जानकारीमा विश्वास नगर्न पनि एनभिएले आग्रह गरेको छ। भ्रामक र अवैज्ञानिक जानकारीलाई सामाजिक सञ्जालमा…

Read More

धनगढी : कैलालीको एक विद्यालयले राहत शिक्षकको परीक्षामा बदमासी गरेको पाइएको छ । गोदावरी नगरपालिका ८ को शारदा माध्यमिक विद्यालयले शिक्षक पदपुर्तीको परीक्षामा गम्भीर लापरवाही गर्दै सेटिङमा भर्ना गर्न खोजेको आरोप लागेको छ । विद्यालयले प्लस टुको अंग्रेजी विषयको राहत शिक्षकको लिखित परीक्षामा उत्तर पुस्तिका नै बाडिएको पाइएको छ । शनिवारको पहिलो लिखीत परिक्षा सञ्चालन हुनुपुर्व प्रश्नपत्र लिक गर्दै विद्यालयका प्रधानाध्यापक निकट व्यक्तिलाई थमाएको आरोप छ । विद्यालयले प्रधानाध्यापक निकट परीक्षार्थीलाई प्रश्नपत्र सँगै उत्तरपुस्तिका दिएको कुरा लिक भएपछि तत्काल रद्द गर्दै प्रश्नपत्र फेरेर फेरि परीक्षा लिइएको छ । तर विज्ञको टोली परिवर्तन नगरिएको, विज्ञ टोली गोला प्रथाबाट नछानिएको, आफन्तलाई धनगढीबाट…

Read More

धनगढी : मालपोत कार्यालय टिकापुरका तत्कालिन कार्यालय प्रमुख मोहन स्नेही रसाईली भ्रष्टाचारमा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्धा चलाइएकाहरुमा मालपोत कार्यालयका नायब सुब्बा अग्निबहादुर शाही, नापी कार्यालय, टीकापुरका तत्कालिन कार्यालय प्रमुख मानबहादुर चन्द, सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्र रावल, कमलबहादुर रावल, सुशीलबहादुर रावल र विमलबहादुर रावल छन् । उनीहरुले आपसी मिलेमत्तोमा कैलालीको साविक नारायणपुर–८, अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५–०–० ज.बि.(बिगाहा) जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी २०६८ सालमा व्यक्तिको नाममा दर्ता गरेको अख्तियारको दाबी छ । अख्तियारको…

Read More

धनगढी : बैतडीको शिवनाथ गाउँपालिकाका एक शिक्षकले छात्रालाई भगाएका छन् । शिवनाथ–१ स्थित नागार्जुन आधारभूत विद्यालयका शिक्षक करनसिंह साउँदले सोही विद्यालयको कक्षा-९ मा अध्ययनरत छात्रालाई भगाएका हुन् । गाउँपालिकाले नियुक्त गरेका करिब २८ वर्षीय शिक्षक साउँदले जेठ २ गते बुधवार गाउँकै छात्रालाई बिहे गर्ने भन्दै भगाएर भारत लगेको खुलेको छ । केटी भगाउने शिक्षक साउँद विवाहित हुन् । उनका दुई छोरा रहेको स्थानीयले बताएका छन् । शिवनाथ गाउँपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष मानसिंह साउँदले करनसिंहलाई भारतमा पक्राउ गर्न पहल गरेको बताएका छन् ।

Read More

काठमाडौं : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई समात्न प्रहरीले हवाई फायर गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरिएको हो । जिल्ला प्रहरी परिसर टेकुमा आइतबार पत्रकार सम्मेलन गरेर विभिन्न भौतिक तथा प्राविधिक पक्षको विश्लेषणपछि घिमिरेको हत्यामा संलग्न नाबालकसहित ७ जनालाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६…

Read More

काठमाडौं : सहकारीको रकम अपचलनबारे छानिबन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएका कारण प्रतिनिधिसभाको आइतबारको बैठक पनि सरेको छ । बिहान ११ बजे बोलाइएको बैठक साढे १२ बजे सूचना जारी गरेर २ बजेलाई सरेको जानकारी दिइएको छ । संघीय संसद सचिवालयले जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले सभामुख देवराज घिमिरेले २ बजे बैठक बस्ने समय निर्धारण गरेको उल्लेख छ । समितिले संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाएपछि आइतबार प्रतिनिधिसभाको बैठक बस्नेछ ।

Read More

काठमाडौँ : सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने निर्णय गरेको विपक्षी मोर्चाले संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न आग्रह गरेको छ । विपक्षीको यस्तो आग्रहसँगै ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक तत्कालका लागि अनिश्चित बनेको छ ।  नयाँ बानेश्वरमा बसेका कांग्रेससहितको विपक्षी मोर्चाको बैठक लगत्तै सभामुख देवराज घिमिरेलाई भेटेर टिओआरमा सहमति नजुट्दासम्म बैठक सञ्चालन नगर्न आग्रह गरेका हुन् ।   संसदीय छानबिन समितिको टिओआरमा सहमति जुटाउन कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसिरहेको छ । विपक्षी मोर्चाको बैठक सकेर कांग्रेस नेता रमेश लेखक पनि कार्यदलको बैठकमा पुगेका छन् । यसअघि ज्ञानेन्द्र कार्की पनि कार्यदल…

Read More