कैलाली- कैलालीको धनगढीमा उच्च अदालतको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। प्रदेश राजधानी भएको ठाउँमा एउटा उच्च अदालत हुनुपर्ने कानुनी व्यवस्था भएपनि कार्यान्वयन नगरेको भन्दै अधिवक्ता दिपेन्द्र चन्दले रिट दायर गरेका हुन्। प्रदेशको अस्थायी राजधानी रहेको स्थानमै उच्च अदातल स्थापनाका लागि परमादेश जारी गरी पाउँ भन्दै अधिवक्ता चन्दले सार्वजनिक हित र सरोकारको रिट दर्ता गराउनुभएको हो । उक्त रिटमा सर्वोच्च अदालतले आगामी पेशी तोकेपछि यो मुद्दामा निःशुल्क बहस गर्न इच्छुक कैलालीका अधिवक्ताहरुलाई चन्दले सामाजिक सञ्जालमार्फत आमन्त्रण समेत गरेका छन् ।
Author: महेन्द्रनगर पोष्ट
दार्चुला- दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला परेका छन्। शैल्यशिखर नगरपालिका-६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन्। महाकाली लोकमार्गको गोकुलेश्वर-खलंगा सडकखण्डको चैतलीचौर नजिक भुँणाखोला भन्ने ठाउँमा धामी मृत फेला परेको प्रहरीले जनाएको छ। शुक्रबार बेलुकीदेखि हराएका धामी शनिबार मृतावस्थामा स्थानीयबासीले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । मृतकको शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ २४ पैसा र बिक्री दर १२४ रुपैयाँ ८४ पैसा रहेको छ। यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ १२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५२ पैसा र बिक्री दर १५५ रुपैयाँ २६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ०२ पैसा र बिक्री दर ३४ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कैलाली- धनगढीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छिन्। शनिबार धनगढी उपमहानगरपालिका-३ भन्सार रोडमा से २ प ५८१६ नम्बरको मोरसाइकलले ठक्कर दिँदा धनगढी-३ का ४१ वर्षीया पैदल यात्री रुबिसा बुढाथोकी घाइते भएकी हुन् । मोरसाइकलको ठक्करबाट घाइते भएकी बुढाथोकीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चालक सोही ठाउँका २४ वर्षीय सन्दिप चौधरी र मोटरसाइकल नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जनाएको छ ।
काठमाडौं – राष्ट्रसङ्घीय महासभाले हिन्दी, बाङ्ला र उर्दु भाषालाई उल्लेख गर्दै बहुभाषिकातासम्बन्धी प्रस्ताव पारित गरेको छ । शुक्रबार पारित उक्त प्रस्तावले राष्ट्रसङ्घका औपचारिक एवम् अनौपचारिक सञ्चार एवम् सन्देश ती भाषामा सम्प्रेषण गर्न बाटो खोलेको छ । संयुक्त राष्ट्र सङ्घका लागि भारतका स्थायी प्रतिनिधि टिएस त्रिमूर्तिले हिन्दीसहित बाङ्ला र उर्दुलाई प्राथमिकता दिएकामा उक्त विश्व संस्थाको सराहना गर्दै महासचिव एनटोनियो गुटरेसप्रति आभार व्यक्त गरेका छन् । भारतले सन् २०१८ देखि राष्ट्रसंघीय विश्व सञ्चार विभागसँग साझेदारी गर्र्दै हिन्दीमा समाचार एवम् समाचार सामग्री तयार गर्न बजेटरी सहयोग गर्दै आएको छ । बहुभाषिकता विश्वसमुदायबीच सामञ्जस्यपूर्ण सञ्चार र बहुपक्षीय कूटनीति सञ्चालनका निम्ति अपरिहार्य मानिन्छ । अरबी,…
काठमाडौं – कुमारी घर, बसन्तपुर-नेपाली संस्कृतिका अंग्रेजी भाषा माध्यमबाट सिद्धहस्त विद्वान् लेखक सिद्धि बहादुर रञ्जितकारद्वारा लिखित “कुमारी: बहुमुखी साक्षात् देवी (सर्वोच्च शक्तिको स्रोत)” पुस्तकको लोकार्पण कुमारी घरमै एक सांस्कृतिक समारोहबीच सम्पन्न भएको छ । साक्षात् जीवित देवी कुमारीको इतिहास, संस्कृति र महत्त्व विश्लेषण सहित प्रस्तुत गरिएको पुस्तकको लोकर्पण कुमारी संस्कृतिका लेखकद्वय सिद्धि बहादुर रञ्जितकार र दुर्गा शाक्यले संयुक्त रुपमा गरिएको हो । कर्यक्रममा पुस्तकबारे संक्षिप्त मन्तव्य राख्दै लेखक रञ्जितकारले पुस्तकमा कुमारी संस्कृति नेपाली समाजको शक्तिको स्रोत रहँदै आएको र यसले मल्लकालमै व्यापकता लिएको स्पष्ट पारे । पुस्तकबारेमा विद्वान् विश्लेषकहरुको प्रतिकृया अपेक्षा गरेको पनि उहाँले मन्तव्यका क्रममा बताए । कार्यक्रममा पुस्तकबारे…
कैलाली – कैलालीको गोदावरी नगरपालिका-५ मा आज सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–५ गेटाका २० वर्षीय सुवास चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको चालक गोदावरी-८ का ललित चौधरीले चलाएको से १ त ३१०१ न. को ट्रयाक्टरले सोही दिशातर्फ जाँदै गरेका गोदावरी-५ गेटाका चौधरीले चलाएको च्याङ्फालाई ठक्कर दिँदा चालकको टाउकामा शरिरमा गम्भीर चोट लागेर बनाएको थियो । घाइते चौधरीलाई सुरुमा धनगढी स्थित माया मेट्रो अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ…
कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेदेकोट नगरपालिका ६ मुसेपानी बस्ने १८ वर्षीय विकाश चौधरी र भिमदत्त नगरपालिका २ महौलिया बस्ने २५ वर्षीय सुवाश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय बेल्डाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट २ ग्राम ६९० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको प्रहरीले बताएको छ। बेल्डाँडी गाउँपालिका ३ राधाकृष्ण माघ्यमिक विद्यालयबाट लु ८४ प ८१०८ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको कञ्चनपुर प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए।
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल स्यानिटरी प्याड उत्पादक संघले स्वदेशी उद्योगलाई धराशयी हुनबाट बचाउनको लागि उचित कदम चाल्न आग्रह गरेको छ । आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगी संघका पदाधिकारीले प्रधानमन्त्री देउवासमक्ष यस्तो आग्रह गरेका छन् । भर्खरै सार्वजनिक भएको बजेटमार्फत विदेशबाट आयात हुने स्यानिटरी प्याडमा भारी मात्रामा छुट दिने घोषणा गरिएपछि स्वदेशी उत्पादन उद्योगहरु धराशयी बन्ने खतरा बढेको छ । उनीहरुले आफूहरुको लगानीको पनि जोखिम बढेको भन्दै तत्काल सरकारले आफ्नो निर्णयमा पूनरावलोकन गरोस भन्ने संघको चाहना छ । स्वदेशी स्यानिटरी प्याड उद्योगको अरबौं लगानी डुब्न नदिन र सरकार स्वदेशी उद्योगको संरक्षणमा प्रतिबद्ध रहेको सन्देश प्रवाह गर्न साविककै…
दाङ – दाङमा प्रहरीको हुँ भन्दै पैसा असुली गरेको आरोपमा प्रहरीले एक जना व्यक्तीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१३ का २५ वर्षीय अर्जुन थापा मगर रहेका छन् । थापाले घोराही उपमहानगरपालिका-१४ मा विभिन्न पसलमा आफू प्रहरीको सई भएको भन्दै धम्काएर पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ । बिहीबार राति सई हुँ भन्दै बजारमा पैसा माग्दै हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) सुरेशप्रसाद काफ्लेले बताए । उनीमाथि थप कानुन प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।