Author: महेन्द्रनगर पोष्ट

चितवन- चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओबादी केन्द्रका मेयरका उम्मेदवार रेणु दाहालले पाँच हजार १३३ मतान्तरले अग्रता लिएकी छन् । उनले नगरपालिकाका १४ वटा वडाको मत गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङसँग १२ हजार २०० मतान्तरले अग्रता लिएका छन् । अधिकारीले २९ हजार ५२५ मत प्राप्त गर्दा गुरुङले १७ हजार ३२५ मत प्राप्त गरेकी छन् ।…

Read More

काठमाडौं– काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरमा ९० हजार २९२ मत गन्दा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ३३ हजार २ सय ६० मत पाएका छन् । नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले १७ हजार ६ सय ९२ मत पाएका छन् । स्थापितभन्दा साह १५ हजार ५ सय ६८ मतले अगाडि छन् । यस्तै, मेयर पदका अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत प्राप्त गरेकी छन् । सिंहले स्थापितसँगको मतान्तर घटाउँदै गएकी छन् । स्थापित सिंहभन्दा मात्रै १ सय १३ मतले अगाडि छन् ।

Read More

डोटी- हावारीका कारण गुडिरहेको जीपमाथि रुख ढल्दा डोटीमा तीन जना घाइते भएका छन् । राजपुरबाट केआईसिंह गाउँपालिकाको सलेनातर्फ गइरहेको सुपप्र ००१ ज १३२९ नम्बरको जीपमा रुख ढलेको हो । दुर्घटनामा २२ वर्षीय पदमराज जोशी, २७ वर्षीय भरत खड्का र २९ वर्षीय गाडी चालक कृष्ण बलायर घाइते भएको प्रदेश ट्राफि प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइतेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Read More

डोटी- धनगढीबाट अछाम जाँदै गरेको बस डोटीस्थित सेती नदीमा दुर्घटना भएको छ । ना ५ख ९६६३ नम्बरको बस शनिबार बिहान करिव ४ बजे तिर डोटीको शिखर नगरपालिका १ गरेपानि दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् । बस सडकबाट सेती नदीको किनारमा खसेको डोटी प्रहरीले जनाएको छ । दुर्घटनामा १८ महिनाको १ बालक बेपत्ता भएका छन् । बस करिब ५० मिटर तल खसेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान ७ बजे सार्वजनिक गरेको मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले १० हजार ९९७ मतको अग्रता लिएका छन् । ५१ हजार ६५ मत गन्दा हमालले २२ हजार ५४१ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मतसहित हमाललाई पछ्याइरहेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४२३ मत ल्याएर तेस्रो स्थानमा छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीलाई एमालेकी कन्दकला रानाले उछिनेकी छिन् । रानाले १० हजार ८८० र अधिकारीले…

Read More

कैलाली- कञ्चनपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढी तर्फ आइरहेको से १ च ४४८ नम्बरको जिपले म२प६८३३ नम्बरको मोटरसाइकललाई अर्जुनी व्यारेक नजिक जंगलमा ठक्कर दिएको हो । दुर्घटनामा बेदकोट नगरपालिका ५ बस्ने ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेषबहादुर बम घाइते भएका थिए । उनको धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । जिप र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

कैलाली- कैलालीको गौरीगंगामा गठबन्धनका तर्फबाट माओबादी केन्द्र र उपमेयरमा कांग्रेस विजयी भएको छ । शुक्रवार सम्पन्न मतगणना अनुसार माओबादी केन्द्रका देवी कँडेलले १३ हजार ७ सय ९५ मत प्राप्त गरेर विजय प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम सिंगालले ६ हजार ६ सय ३२ मत प्राप्त गरे । कँडलले ७ हजार १ सय ६३ मतान्तरले विजय प्राप्त गरे । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसका भोजबहादुर बमले ११ हजार २ सय ८१ मत प्राप्त गर्दै विजयी प्राप्त गरे । उपप्रमुखमा एमालेका शान्तिदेवी सिंहले ६ हजार ७ सय ४३ मत प्राप्त गरे । ४ हजार ५ सय ३८ मतको मतान्तरले बम विजयी…

Read More

कैलाली- कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा महिला विजयी भएका छन् । नगरपालिकाको मेयरमा कांंग्रेसकी सुशीला शाही र उपमेयरमा एमालेकी जुना चौधरी विजयी भएका हुन् । मेयर शाहीले १२ हजार ७१३ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका महादेव बजगाईले १० हजार ४३५ मत ल्याए । बजगाई निवर्तमान मेयर हुन् । मेयरमा विजयी शाही सुदूरपश्चिममा यसपटकको चुनावबाट मेयरमा निर्वाचित हुने दोस्रो महिला मेयर हुन् । यसअघि अछामको पञ्चदेवल विनायकबाट कांग्रेसकै अम्बिका चलाउने मेयरमा विजयी भएकी हुन् । यस्तै लम्कीचुहा नगरपालिकाको उपप्रमुखमा चौधरीले ११ हजार ७८ र उनकी प्रतिस्पर्धी माओवादीकी जानकीकुमारी शाहीले आठ हजार ३०८ मत ल्याएकी छन् ।

Read More

चितवन- चितवनमा हावाहुरीका कारण फरक–फरक ठाउँमा सवारी साधनमा रुख ढल्दा तीन जनाको मृत्यु भएको छ । भरतपुर–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । यसैगरी भरतपुर–१ बसिनेमा रुखले म्याजिक च्यापिदा अर्का एक जनाको मृत्यु भएको छ । यद्यपी मृतकहरुको सताखत हुन बाँकी रहेको छ ।आजै नारायणी पुल नजिकै पनि हाराहुरीकै कारण ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका थिए । शुक्रबार साँझ चितवनसहित देशका विभिन्न स्थानमा तीव्र हावाहुरी चलेको थियो ।

Read More

कैलाली- कैलालीमा हावाहुरीले चलिरहेको बसमा रुख ढल्दा त्यसमा सवार ६ जना घाइते भएका छन् । जिल्लाको लम्किचुहा–८ स्थित गप्कामा गुडिरहेको से १ ख १८०६ नम्बर सुदूरपश्चिम यातायातको बस रुख बज्रिएपछि त्यसमा सवार पाँच जना घाइते भएको कैलाली प्रहरीले जनाएको छ । घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।

Read More