Author: महेन्द्रनगर पोष्ट

दार्चुला – स्थानीय तह निर्वाचन जिकिएसँगै ९ पालिकामा चुनावी चहलपहल बढेको छ । डाडाँपाखा अनि बजार क्षेत्र विभिन्न थरीका झण्डा र ब्यानरले झकिझकाउ छन् । कतै पञ्चेबाजा त कतै ठूला ठूला डेग र साउण्डबक्समा पार्टीका गीतहरु घन्किएका छन् ।दलका उम्मेदवारहरू आफ्नो घरदैलो अभियानलाई तीव्रता दिएका छन् । उनीहरु आफ्ना घोषणापत्र र प्रचारप्रसार सामग्रीसहित घरदैलोमै भट्न जान्छन्, नमस्कार गर्छन् र भोट माग्छन् । जिल्लाहरुमा कतै गठबन्धन त कतै एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा दलहरु मतदाताहरुसंग मत मागिरहेका छन । नेपाली काँग्रस, माओवादी र समाजवादीको गठबन्धनमार्फत प्रतिस्पर्धामा छन् भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा रहेको छ ।सबै उम्मेदवारहरू बिहान सबेरैदेखि राति अबेरसम्म दलका झण्डा, उम्मेदवारहरूको…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई चुनाव जित्न समस्या नभएको बताएका छन् । चितवनको भरतपुरमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न आएका दाहालले भरतपुरमा विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनको धेरै स्थानमा जित हासिल हुने दाबी गरेका हुन् । बागी उम्मेदवार जगन्नाथ पौडेलप्रति इंगित गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेको भन्दै फैसला जनताको हातमा रहेको बताए । भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल मेयरको उम्मेदवार छिन् । भरतपुरमा हुने सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन आइसकेका…

Read More

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको कार्यक्रममा सहभागी हुन नेता डा. शेखर कोइरालालाई आग्रह गरेका छन् । तर कोइरालाले ढिलो खबर आएको र आफू पूर्वनिर्धारित कार्यक्रममा विराटनगरमा व्यस्त भएको भन्दै भरतपुर नजाने जवाफ दिएका छन् । बिहीबार बिहान सभापति देउवाले नेता कोइरालालाई फोन गरी भरतपुर आउन आग्रह गरेका थिए । सभापति देउवासँग फोनमा भएको संवादबारे कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘सभापतिले फोन गरेर भरतपुरको कार्यक्रममा आइदिनपर्‍यो भन्नु भयो । कार्यव्यस्तता भएकाले आउन नसक्ने जानकारी दियौँ ।’ सत्ता गठबन्धनले आज भरतपुरमा सभा गर्न लागेको छ । त्यसका लागि प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेल भरतपुर पुगिसकेका…

Read More

काठमाडौं – नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा यहाँस्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरे । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै निर्देशक केवंशदले पाँच वर्षसम्म सञ्चालन हुने यो सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग र सहकार्यको बृहत् विकास क्षेत्रको रूपरेखा प्रस्तुत गरेको र यसले नेपालको सामाजिक–आर्थिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गरे । अर्थ…

Read More

काठमाडौं – आइजिपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बिहीबार सुरु भएको छ । यसअघि बुधबार सो मुद्दा हेर्दाहेर्दैमा बिहीबारका लागि राखिएको थियो । आइजिपी नियुक्तिमा असहमति जनाउँदै एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सरकारले आइजिपी नियुक्त गरेका धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै उनले निर्णय खारेज गर्न परमादेशको माग गरेका छन् । सो रिट उपर इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए । उता पोखरेल पक्षमा वकिलहरु मेघराज…

Read More

काठमाडौं  – गृहमन्त्री बालकृष्ण खाँण सप्तरीको राजविराज पुगेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार गृहमन्त्री खाँण प्रदेश १ को राजधानी मोरङको विराटनगरदेखि बिहीबार बहान राजविराज पुगेका हुन् । निर्वाचन सुरक्षाबारे जानकारी लिन राजविराज पुगेका गृहमन्त्री खाँणले बिहान ११ बजे राजविराजको होटल आइगार्डेनमा हुने निर्वाचन सुरक्षा गोष्ठीमा मधेस प्रदेशको सप्तरी, सिरहासँगै प्रदेश १ को उदयपुरका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचन सुरक्षास्थितिबारे जानकारी लिने भएका छन् । उनले यसअघि नै जिल्ला सुरक्षा समितिमा संयोजकसमेत रहने प्रमुख जिल्ला अधिकारीहरूसँग निर्वाचन सुरक्षाबारे भर्चुअल माध्यमबाट छलफल गरिसकेका छन् ।

Read More

महेन्द्रनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम आउन लागेका छन् । कैलाली र कञ्चनपुरमा हुन लागेको एमालेको चुनावी सभालाई सम्बोधन गर्न उनी सुदूरपश्चिम आउन लागेका हुन् । आज एकै दिन कैलाली र कञ्चनपुरका तीन स्थानमा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ११ बजे कैलालीको बर्दगोरीया गाउँपालिकामा १ बजे कञ्चनपुरको बेलौरी नगरपालिकामा र ३ः३० बजे कैलालीको धनगढी उपमहानगरपालिकामा हुने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भले जानकारी दिए ।

Read More

काठमाडौं – साताको पाँचौं दिन आज एकैदिन बजारमा सुनको मूल्य प्रतितोला १४ सयले बढेको छ । नेपाली बजारमा आज (बिहिबार) सुनको सुनको मूल्य बिहीबार १४ सयले बढेर प्रतितोला ९८ हजार ६ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजावी सुन प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि बिहीबार १५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

काठमाडौं – रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा गए राति झडप हुँदा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन्।कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको हो। बुधबार तालावाङ बजारमा चुनावी सभा भएको थियो। त्यो सभा सकेर फर्कने क्रममा झडप भएको हो । डाँगीलाई रड प्रहार गरी घाइते बनाएको कांग्रेसले जनाएको छ । कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले पार्टीका उम्मेदवारमाथि आक्रमण भएको बताए। ‘उम्मेदवार चढेको गाडी नै नियन्त्रणमा लिएर उहाँमाथि रड प्रहार भएको हो,’ उनले भने। उनलाई उपचारका लागि दाङ लगिएको छ। आफ्ना कार्यकर्तामाथि कांग्रेसले आक्रमण गर्दा प्रतिकार गरिएको माओवादीको दाबी छ। माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर…

Read More

झापा – नेकपा (एमाले) मेचीनगरले बागी उम्मेदवार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहनेगरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिए । उपप्रमुखमा बागी उम्मेदवारी दिएका घिमिरे एमालेको क्षेत्रीय कमिटीको संयोजक थिए । पार्टीबाट निष्काशित हुनेमा उपप्रमुखको बागी उम्मेदवार घिमिरेका समर्थक र प्रस्तावक क्रमशः दीपक घिमिरे र खिलबहादुर गिरी रहेका छन् । वडा नं २ का आधिकारिक उम्मेदवार दीपक बरालविरुद्ध बागी उम्मेदवारी दिएका तिलक न्यौपाने र उहाँको समर्थक बस्नुभएका मेघनाथ बाँस्तोलालाई पनि…

Read More