Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा श्रीमान–श्रीमती निर्वाचित भएका छन् । दोधराचाँदनी नगरपालिका ७ मा सन्दिप उपाध्याय र कमला उपाध्याय निर्वाचित भएका छन् । सन्दिप एमालेबाट र कमला काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका हुन् । एमालेबाट श्रीमान सन्दिपले ७५५ र कमलाले ७९२ मत ल्याएका छन् ।

Read More

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ मा एमालेको गढ भत्काउँदै नेपाली काँग्रेस विजयी भएको छ । वडाध्यक्षमा कैलाशबहादुर बलायर भारी मतका साथ प्यानलसहित निर्वाचित भएका छन् । बलायरले आफ्ना निकतम प्रतिद्वन्दी एमालेका गणेशबहादुर ऐरलाई ३७९ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् । बलायकले १ हजार २२१ र एमालेका ऐरले ८४२ मत ल्याएका थिए । यस अघि ०७४मा एमालेकै उम्मेदवार छत्र महरासंग पराजित भएका काँग्रेसका बलायले यस पटक फराकिलो मतका साथ निर्वाचित भएका छन् ।

Read More

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । मेयरमा कांग्रेसका तोयराज शर्मा ३६५ मत सहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका माओवादी र समाजवादीको गठबन्धनका उम्मेदवार समाजवादीका जीवनराज थापाले ३०२ मत मत प्राप्त गरेका छन् । एमालेका पदमबहादुर पुजाराले २०५ मत हासिल गरेका छन् । उपमेयरमा गठबन्धनबाट माओवादीका धोखे रानाले ३९१ मत सहित सुरुवाती अग्रता बनाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसकी भुलिया रानाले ३४५ मत प्राप्त गरेकी छन् । यस्तै एमालेकी सुशीला खत्रीले १६९ मत प्राप्त गरेकी छन् । मतदानमा भएको विवादका कारण रोकिएको पनुर्वासको मतगणना मंगलबार रातिदेख सुरु भएको हो ।

Read More

डडेल्धुरा- डडेल्धुरा डडेल्धुराको परशुराम नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षीय भरत बडायर जोशी निर्वाचित भएका छ्न् । जोशीले ५ हजार ९४१ मत प्राप्त गरि विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका शेरसिंह माल (डायमण्ड)ले ५ हजार ८०५ मत प्राप्त गरे । सुरूवातदेखि कांग्रेस र माओवादीबिच कडा प्रतिस्पर्धा भएपनि अन्तिममा उम्मेदवार माललाई जोशीले पराजित गरेका हुन्। एमालेबाट उम्मेदवार रहेका केशव बोहराले २ हजार ६०६ मत मात्रै प्राप्त गरे । अध्यक्षमा निर्वाचित जोशी परशुराम नगरपालिकाको सभापतिसमेत हुन् । नगर उपप्रमुखमा भने माओवादी केन्द्रका बिमला महताले ५ हजार ८८५ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार…

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकामा भइरहेको मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले निरन्तर मतान्तर फराकिलो बनाउँदै लगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार बिहानसम्म २३ हजार २२३ मतगणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १० हजार ८२५ मत पाएका छन् । यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार १६६ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ४६२ मत पाएका छन् । हमाल र वडबीच ५ हजार ६५९ मतको अन्तर पुगेको छ । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४ हजार ६८८ मतका साथ लिड गरिरहेकी छिन् । एमालेकी कन्दकला रानाले ४ हजार २४६ र स्वतन्त्र…

Read More

डोटी- डोटीको दीपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका बाजीसिँह खड्का (विजय) मेयर र कलावती महर (साउँद) उपमेयरमा निर्वाचित भएका हुन् । खड्काले ५ हजार १३८ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीले ३ हजार ५१५ मत प्राप्त गरे । यस्तै उपमेयरमा कांग्रेसकी महरले ४ हजार ७६८ मत प्राप्त गरिन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी रूपा कठायतले ४ हजार १२९ मत प्राप्त गरिन् । दीपायल सिलगढीमा २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा कांग्रेसका घनश्याम पाठक मेयरमा निर्वाचित भएका थिए । त्यसपछि २०५४ र २०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेले जितेको थियो…

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर निरन्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो सार्वजनिक मतगणनाअनुसार १९ हजार ५६० मत गन्दा हमालले ९ हजार ३० मत पाएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ४ हजार ३८६ मत पाएका छन् । यो ४ हजार ६४४ को मतान्तर हो । एमालेका रणबहादुर चन्दले २ हजार ११८ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट माओवादीकी शान्ति अधिकारीले ३ हजार ९०४ मत पाएकी छिन् । उनकी प्रतिस्पर्धी एमालेकी कन्दकला रानाले ३ हजार ६८६ मत पाएर पछ्याइरहेकी छिन । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार १९३…

Read More

काठमाडौं- प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणना हुने र परिणाम आउने क्रम जारी रहेकाले अनुमानको भरमा समाचार सम्प्रेषण नगर्न सम्बद्ध पत्रकार र सञ्चार माध्यमलाई ध्यानाकर्षण गराएको छ । प्रेस काउन्सिलले विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगबाट सत्यतथ्य र आधिकारिक जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न ध्यानाकर्षण गराएको हो । यस्तै निर्वाचन सम्पन्न गराउन पत्रकारजगतले आफ्नो तर्फबाट निभाएको भूमिकाको प्रशंसा गर्दै काउन्सिलले सम्बद्ध पत्रकार, सञ्चार माध्यमलाई धन्यवाद दिएको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख छ । साथै समयमा नै तथ्याङ्क अद्यावधिक (अपडेट) नहुँदा सञ्चार माध्यमबाट ‘अडियन्स’ मा गलत, अपुष्ट सन्देश जाने भएकाले यसतर्फ ध्यान…

Read More

काठमाडौं- काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार बालेनले १२ हजार ८७७ मत पाएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित भन्दा ५ हजार ९ सय ९९ मतले अग्रता लिइरहेका छन् । स्थापितले ६ हजार ८७८ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले ६ हजार १०१ मत पाएकी छन् ।

Read More

कैलाली- कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ४ मा नागरिक उन्मुक्तिबाट वडाध्यक्षमा रामजनम चौधरी प्यानलसहित विजयी भएका छन् । उनले १ हजार ४३४ मत ल्याए । त्यस्तै महिला सदस्यमा सुमित्रा चौधरी (१४१६), दलित महिला सदस्यमा दिलमाया विश्वकर्मा (१४६४), खुला सदस्यमा सञ्चित (१३३५), वेफराम चौधरी (१३३४) मत ल्याएर विजयी भएका हुन् । यसअघि नागरिक उन्मुक्तिले जोशीपुरमा वडा नम्बर १ र ३ मा पनि प्यानलसहित जितिसकेको छ ।

Read More