Author: महेन्द्रनगर पोष्ट

सुर्खेत – सुर्खेतको बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्‍नेत वडा सदस्यमै पराजित भएका छन् । बराहताल गाउँपालिका-८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्‍नेतलाई एमालेका प्रेमराज लिम्बु र छविलाल जैसीले हराएका हुन् । बस्‍नेतले ५३९ मत मत पाएको थिए भने लिम्बुले ५९१ र जैसीले ५७८ मत पाएका थिए । उनी ०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । तर, ३० वैशाखमा भएको निर्वाचनमा उनी वडा सदस्यमा भिडेका थिए ।

Read More

बैतडी– बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्ष स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् । एमालेबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका उनले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्षमा बाजी मारेका हुन् । उनले गठबन्धतर्फका माओवादी केन्द्रका लोकेन्द्र राना (शीतल) लाई पराजित गरे । जोशीले ३ हजार १८९ मत प्राप्त गरे भने रानाले २ हजार ६४१ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन् । उनले ३ हजार ८७३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका लिलावती जोशीले २ हजार ७७९ मत पाइन् । यस्तै डिलाशैनीका ७ वडा मध्ये ३ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने…

Read More

धनगढी- कैलालीका १३ वटा पालिकामध्ये अहिलेसम्म एक पालिकाको मात्रै अन्तिम परिणाम सार्वजनिक भएको छ । बाँकी १२ वटा पालिकामा मतगणना जारी छ । जिल्लाको चुरे गाउँपालिकामा मात्रै अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमाले विजयी भएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिका पनि एमाले जित नजिक पुगेको छ । निर्वाचन आयोगका अनुसार मतगणना जारी भएको १२ वटा पालिकामध्ये चारवटा पालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । नागरिक उन्मुक्तिले जिल्लाको पूर्वी क्षेत्र टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्तिका उम्मेदारले अग्रता कायम गरेका छने । त्यस्तै गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, कैलारी गाउँपालिकामा गठबन्धनबाट…

Read More

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी विजयी भए । उनले ३ हजार ६१९ मत ल्याए भने उनका प्रतिद्वन्दी भट्टले ३ हजार ४२६ मत पाए । अमरगढीमा कांग्रेसका निर्बर्तमान सभापति कर्ण मल्लले कांग्रेस (बीपी)बाट एमालेंसंग तालमेल गरेको थियो । त्यसैगरि उपमेयरमा एमाले र कांग्रेस (वीपी)का उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै कांग्रेसकी पार्वती झुकाल निर्वाचित भइन् । उनले ३ हजार ६७८ मत ल्याइन् भने उनका निटतम प्रतिद्वन्दी यज्ञराज भट्टले ३०८५ मत पाए । नेकपा एकीकृत समाजवादीकि संगिता भण्डारीले ७६७ मत ल्याइन् ।…

Read More

बैतडी- बैतडीका ८ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा मतगणना कार्य जारी रहेको छ । मतपरिणाम सार्वजनिक भएका पालिकामध्ये प्रमुख पदमा एमालेले तीन, नेपाली कांग्रेसले तीन, माओवादी केन्द्रले एक र स्वतन्त्रले एक ठाउँमा जित हात पारेको छ । कांग्रेसले पाटन नगरपालिका, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा प्रमुख पदमा जित हात पारेको छ । यस्तै एमालेले दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा जित हात पारेको छ भने माओवादी केन्द्रले मेलौलीमा र स्वतन्त्रले डिलाशैनीमा जित हात पारेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा एमालेकै बीना भट्ट विजयी भएका…

Read More

बैतडी- बैतडीमा नेपाली कांग्रेसको किल्ला भनेर चिनिएको बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा नेकपा एमालेले जितेको छ । मेयरमा पुष्करराज जोशी (लख्खभार्ई) विजयी भएका छन् । लख्खभाईले ६ हजार ५ सय ८५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गजेन्द्रसिंह रावलले ५ हजार ४ सय २७ मत प्राप्त गरे । दशरथचन्द नगरपालिकामा २०५४ सालदेखि नै नेपाली कांग्रेसले जित हासिल गर्दै आएको थियो । तर नगरपालिकामा कांग्रेसले पहिलो पटक हार व्यहोरेको छ । मेयरमा विजयी लख्खभाई गएको स्थानीय तहको निर्वाचनमा पनि ६२ मतले मात्रै नेपाली कांग्रेसका नरेन्द्रसिंह थापासंग पराजित भएका थिए । २०७४ मा राप्रपा नेपालबाट चुनाव लडेका लख्खभाई यसपटक भने एमालेबाट…

Read More

कैलाली- धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले प्रतिस्पर्धी भन्दा दोब्बर बढी मत ल्याउँदै मतान्तर थप फराकिलो बनाएका छन् । पछिल्लो परिणाम अनुसार १४ हजार ७३६ मत गणना गर्दा हमालले ६ हजार ५९६ मत पाएका छन् । यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ३५४ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ६७४ मत पाएका छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार ९४०, एमालेकी कन्दकला रानाले २ हजार ८४५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६४७ मत पाएका छन् ।

Read More

डडेल्धुरा- डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस(बीपी) ले अग्रता बनाएको छ । ८ हजार २२५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्लीराज जोशीलाई उछिन्दै कांग्रेस (बीपी)का हरिप्रसाद भट्टले अग्रता लिएका हुन् । अमरगढीमा वडा नम्बर १ देखि ८ सम्मको गणना सम्पन्न भएको छ । वडा नम्बर ८ वडा र ९ को ६ सय मत गन्दा कांग्रेस (बीपी)ले मेयरमा पहिलो पटक अग्रता लिएको हो । पछिल्लो विवरण अनुसार मेयरमा भट्टले २ हजार ९५८ र जोशीले २ हजार ९५६ मत पाएका छन् । उनीहरुबीच २ मतको अन्तर छ । यस्तै उपप्रमुखमा काँग्रेसका उम्मेदवार पार्वती झुकालले २ हजार ९४४ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले…

Read More

कैलाली- कैलालीका दुई पत्रकारलाई ज्यान मार्ने धम्की दिइएको छ । नेपाल पत्रकार महासंंघ कैलालीका उपाध्यक्ष एवम् एभिन्यूज टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख हरिस विक र एभिन्यूज टेलिभिजनका कैलाली संवाददाता राजन जैगडीलाई अश्लील गालीगलौजसहित ज्यान मार्ने धम्की दिनेलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले र विभिन्न पत्रकार संघ संगठनहरुले यस्तो माग गरेको हो । यस्तै, नेपाल पत्रकार महासंंघ कैलाली शाखा, प्रेस चौतारी नेपाल कैलाली शाखा र प्रेस सेन्टर नेपाल कैलाली शाखाले पनि विज्ञप्ति जारी गर्दै । सो घटना आपत्तिजनक रहेको बताउँदै दोषी उपर कडा कारबाहीको माग गरेका छन् ।

Read More

काठमाडौं- इन्डियन आयल कर्पोरेसन (आईओसी) इन्धनको मूल्य बढाएर नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ, डिजलेमा प्रतिलिटर ४ रुपैयाँ, हवाइ इन्धनमा प्रतिलिटर ७ रुपैयाँ मूल्य बढाएर पठाइएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि प्रशोधित तेलको समेत मूल्य बढाएर पठाएको आईओसीले जानकारी दिएको उपाध्ययले बताए । यसअघि बढेको मूल्इ अनुसार निगमलाई १५ दिनमा ४ अर्ब २५ करोड घाटा रहेको थियो । अब ४ अर्ब ५० करोडको हाराहारीमा घाटा हुने देखिएको छ । नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन नगरे निगमलाई घाटा हुने उनले बताए । पछिल्लो समय रुस र…

Read More