Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका र त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । कांग्रेसले पार्टी विधानअनुसार त्यस्ता उम्मेदवार, प्रस्तावक र समर्थकको पार्टी सदस्यता समाप्त भई पाँच वर्षका लागि स्वतः पार्टीबाट निष्काशित हुने भएकाले त्यस्ता व्यक्तिको आधिकारिक विवरण केन्द्रले सङ्कलन गरिरहेको जनाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गर्ने, अन्य पार्टीका उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्ने पार्टी सदस्यलाई स्थानीय तहको पार्टीको उम्मेदवारको रायसमेत लिई अनुशासन समितिले निर्वाचन अवधिभर तत्काल…

Read More

काठमाडौं – वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा हुने छ भने सार्वजनिक यातायात पनि चल्दैन । यस्तोबेला अत्यावश्यक सेवाका सवारीसाधन कसरी चल्छन् ? निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेको छ । आयोगको बिहीबारको बैठकले स्वीकृत गरेको मापदण्डअनुसार अत्यावश्यक सेवासँगै उम्मेदवार वा उम्मेदवार निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारीसाधन चलाउन पाउँछन् । सवारी साधान प्रयोग गर्ने अनुमतिपत्र आयोगले, मुख्य निर्वाचन अधिकृत वा निर्वाचत अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले तोकिएको ढाँचामा जारी गर्नेछन् । तर, काठमाडौंको हकमा निर्वाचन आयोगमा एकीकृत डेस्क खडा गरिने भएको छ ।…

Read More

काठमाडाैं – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका दिन यातायातका साधान नचल्ने भएका छन् । निर्वाचन आयोगले मतदान हुने दिन आन्तरिकरूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न नेपाल सरकार गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको हो । चुनावको व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको ४८ घन्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्ने पनि आयोगले गरेको छ । यसका लागि आयोगले नेपाल सरकारलाई लेखी पठाएको छ ।

Read More

दार्चुला – महाकाली नगरपालिका-४ स्थित नेपाल-भारत सीमा नाका पुलघाटबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पुलघाटमा जाँच गर्नेक्रममा महाकाली नगरपालिका-५ का अन्दाजी २२ वर्षीय पारस अवस्थी र महाकाली नगरपालिका-४ बंगाबगड बस्ने स्थायी ठेगाना धनगढी उपमहानगरपालिका-९ बताउने वर्ष २० का भूपेन्द्र ठगुन्नालाई लागूऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले पारसको साथबाट १६ ट्याब्लेट स्पास र १ बोतल कोरेक्स बरामद गरेको छ । यस्तै ठगुन्नाको साथबाट स्पास १२ ट्याब्लेट र केही चरेसका स-साना पुरिया बरामद गरिएको छ । उनीहरुलाई भारतीय बजार धारचुलाबाट लागूऔषध लिएर नेपाल प्रवेश गरिरहेको अवस्थामा खलंगा पुलघाटमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रण लिएको…

Read More

काठमाडौं – यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि कञ्चनपुरमा झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । जिल्ला सुरक्षा समितिले यहाँका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले निर्वाचन शान्तिपूर्ण वातारणमा सम्पन्न गराउनका लागि रणनीतिक सुरक्षा योजनासहित जिल्लाको सुरक्षा कायम गर्न तयार रहेको बताए । ‘मतदानस्थलमा भित्री घेरामा म्यादी र नेपाल प्रहरी खटिन्छन्’, उनले भने, ‘त्यो भन्दा बाहिर र चोकमा सशस्त्र प्रहरीले गस्तीलगायत सुरक्षा निगरानी बढाउनेछ।’ उनले सबैभन्दा बाहिरी घेरामा नेपाली सेनाको गस्ती तथा सुरक्षा…

Read More

काठमाडौं – निर्वाचन आयोगले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि ४८ घण्टा अगाडिदेखि नै सबै नाका बन्द गर्न सरकारलाई आग्रह गरेको छ । मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको हो । यसका लागि आयोगले नेपाल सरकारलाई पत्र पठाएको हो। आयोगको बिहीबारको बैठकले वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई आग्रह गरेकाे छ । यस्तै मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न सरकारलाई लेखि पठाउने निर्णय गरको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

Read More

पाल्पा – बुटवलबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको सामान बोक्ने गाडी चरचरेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । लु१च ७७८० नम्बरको गाडी तिनाउ गाउँपालिका-५, चरचरेमा दुर्घटना हुँदा रामपुर नगरपालिका-३, गण्डकीढिक स्थायी घर भई रामपुर-५ बेझाड बस्ने सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको पाल्पाका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताए । रामपुर नगरपालिका-३ का २७ वर्षका गाडी चालक खेमबहादुर खाम्चा र सोही स्थानका ४६ वर्षका टुकनारायण श्रेष्ठ घाइते भएका छन् ।

Read More

दार्चुला – दार्चुलामा सत्तारुढ गठबन्धनका दुई जना मन्त्री आचारसंहिता उल्लंघन गर्दै चुनावी प्रचार प्रसारमा हिडेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी निर्वाचन आंचारसहिंता लत्याउँदै चुनावी प्रचार प्रसारमा होमिएका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार जिताउन दुवै मन्त्री अहिले जिल्लाका विभिन्न चुनावी सभामा छन् । नौगाड गाउँपालिकामा चुनावी सभा सकेर दुवै जना मन्त्रीले बिहीबार लेकम गाउँपालिकामा चुनावी सभालाई सम्बोधन गरेका छन् । उनीहरु लेकम हुँदै मालिकार्जुनसम्मको चुनावी सभामा व्यस्त देखिएका छन् ।लेकम गाउँपालिकामा गठबन्धनकोतर्फबाट माओवादी केन्द्रका अध्यक्ष रामदत्त जोशी र उपाध्यक्षमा सुना जोशी उम्मेदवार बनेका छन् । जोशी उपाध्यक्षका…

Read More

दार्चुला – व्याँस गाउँपालिका १ तिङ्करका स्थानीय आफ्ना पशुचौपायासहित गाउँ पुगेका छन् । छ महिना गाउँमा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरु गाउँ पुगेका हुन् । तर तिंकरको छायालेकमा बस्दै आएको नेपाल प्रहरी अझै सदरमुकाम खलंगामै छन् । व्यासी सौका समुदाय सदरमुकाम खलंगाको गर्मी छल्न गाउँ पसेका हुन् । गत मंसिरमा ढोकामा ताला लगाएर सदरमुकाम झरेका तिंकरीहरुको ताला छ महिनापछि खुल्न थालेको छ । “पाँच परिवार तिंकर पुगिसकेका छन्,” स्थानीय दानसिह तिंकरीले भन्नुभयो, “३५ परिवार खलंगाबाट मंगलबार हिडेका छन् उनीहरु बाटोमा छन् ।” सदरमुकाम खलंगाबाट ५ देखि ६ दिनमा तिंकर गाउँ पुगिन्छ । भारतीय प्रशासनको अनुमति लिएर स्थानीय…

Read More

बैतडी – बैतडीको पुर्चौडी नगरपालिका-७ ऐरीगाउँ दलित टोलमा रहेको लटिनाथ आधारभूत विद्यालयको छानो उडाएको छ । बुधबाराति वर्षासँगै आएको हावाहुरीले उक्त विद्यालयको दुई कोठाको जस्तापाता उडाएको हो । अहिले विद्यालय बन्द भए पनि स्कुल खुल्ने बेला बर्षात हुने भएकाले बालबालिकाको पठनपाठनमा समस्या हुने स्थानिय पुरनसिंह ऐरले बताए । उक्त विद्यालयमा हाल कक्षा तीनसम्मको पढाइ हुन्छ भने करिब ६० जना विद्यार्थी छन् । छानो उडाउँदा जस्तापाताहरू छरिएका छन् । छरिएको सामग्री व्यवस्थापन नभए चोरी हुने सम्भावना पनि छ ।

Read More