Author: महेन्द्रनगर पोष्ट

झापा – झापामा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजबंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बालिकालाई उनकै घरमा ललाई फकाई बिपुलले वैशाख २५ गते बिहान बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

रुपन्देही – रुपन्देहीका तिलोत्तमा नगरपालिकाको मतगणनाको कार्य अवरुद्ध भएको छ । मतगणनाको क्रममा विवाद उत्पन्न भएपछि गणनाकार्य अबरुद्ध भएको हो । तिलोत्तमाका कर्मचारी गणेश गौतमले गणनाको क्रममा फरक मत निकालेपछि कांग्रेसका कार्यकर्ताले नाराबाजी गर्दै मत गणना बन्द गराएका हुन् । निर्वाचन कार्यालय बाहिर नाराबाजी भइरहेको छ । कांग्रेसका प्रतिनिधिहरुले गणनामा खटिएका एक कर्मचारीले बदमासी गरेर मत घटाएको भन्दै विरोध जनाएका हुन् । आज वडा नम्बर १६ र २ को मतगणना चलिरहेको बेला विवाद सुरु भएको थियो ।

Read More

रामपुर – पाल्पाको रामपुर नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापा निर्वाचित भएका छन् । थापाले १० हजार ४५६ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र ढकालले १६८ मत प्राप्त गरे । नगर उपप्रमुखमा कांग्रेसका बालकुमारी थापाले १० हजार ३०७ मत ल्याएर निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी एमालेका दुर्गादेवी रानाले १० हजार २५०, राष्ट्रिय प्रजातन्त्र पार्टीका गायत्री न्यौपानेले १५७ मत प्राप्त गरेकी छन् । रामपुर नगरपालिकाका दश वडामध्ये १, २, ४, ५, ६, ७ र ९ मा कांग्रेस…

Read More

धनुषा – धनुषाको औरही गाउँपालिका अध्यक्षमा एमालेका उमाशंकरप्रसाद साह निर्वाचित भएका छन् । साह ३३२६ मत ल्याएर औरहीको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ब्रह्मदेव यादव २९२३ मत ल्याएका छन् । त्यस्तै, उपाध्यक्षमा समेत एमालेकै पुनम साह २९४९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसको रिंकीकुमारी मण्डल २७९० मत ल्याएकी छन् ।

Read More

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजय धामी विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका धामी ३८७ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् । धामीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिशिर धामीले २४२ मत पाए । त्यस्तै गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार मीनबहादुर मण्डेलले २५४ मत पाए । उनले चुनाव चिन्ह गुलाफ पाएका थिए ।

Read More

तनहुँ – आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी हुनुभएको हो । अध्यक्ष चुमान तीन हजार ९४० मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी कांग्रेसका पवित्रा गौलीले दुई हजार १८३ मत प्राप्त गर्नुभयो । छवटा वडा रहेको आँबुखैरेनीमा माओवादीले तीन, कांग्रेसले दुई र एमालेले एक वडा जितेको छ । माओवादीले आँबुखैरेनी वडा नं १, २ र ५ मा विजय हासिल गरेको…

Read More

धनुषा – धनुषाको जनकपुर उपमहानगरपालिका(२३ लादोबेलामा हिजो बेलुका मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीया शिलादेवी दास रहेकी छिन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिरोमाईलबाट महोत्तरीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइलले हिजो बेलुकी साढे ७ बजे सडक पार गर्दै गरेकी उनलाई ठक्कर दिएको थियो । मोटरसाइकल सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी चौकी जिरोमाइलले जनाएको छ ।

Read More

काठमाडौं – जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)का डम्बरबहादुर रावत फराकिलो अन्तरले निर्वाचित भएका छन् । रावतले प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीलाई १ हजार ९ सय ७३ मतान्तरले पछि पारेका हुन् । माओवादी केन्द्रका रावतले ५ हजार ५ सय ९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीले ३ हजार ६ सय २६ मत पाए ।

Read More

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मदेवार रेणु दाहालले अग्रता कायम गरेकी छन् । पछिल्लो मतगणनाअनुसार माओवादी केन्द्रकी नेतृ रेणु दाहालले ५ हजार ९ सय ४७ मत पाएकी छन् । एमाले उम्मेदवार विजय सुवेदी ५ हजार ८ सय ८८ मतका साथ रेणुलाई पछ्याइरहेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्‍नाथले २ हजार ९ सय ५ मत पाएका छन् । भरतपुरमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट रेणु तथा एमाले र राप्रपा गठबन्धनबाट विजय मेयरका उम्मेदवार छन्। उपमेयरमामा कांग्रेसका चित्रसेन अधिकारी ७ हजार २ सय ५७ मतसहित अगाडि छन् । उनलाई राप्रपाका हिमला गुरुङ ४ हजार ८ सय २२ मतसहित पछ्याइरहेका छन् ।

Read More

काठमाडौं – मंगलबार प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि साढे २ बजे नयाँ बानेश्वरस्थित शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैंठक बस्दैं छ । त्यसपछि अपराह्न ४ बजे संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्ने कार्यसूची रहेको छ । प्रतिनिधि सभाको बैंठकमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै प्रतिनिधिसभा बैंठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने…

Read More