रुपन्देही – रुपन्देहीका तिलोत्तमा नगरपालिकाको मतगणनाको कार्य अवरुद्ध भएको छ । मतगणनाको क्रममा विवाद उत्पन्न भएपछि गणनाकार्य अबरुद्ध भएको हो ।
तिलोत्तमाका कर्मचारी गणेश गौतमले गणनाको क्रममा फरक मत निकालेपछि कांग्रेसका कार्यकर्ताले नाराबाजी गर्दै मत गणना बन्द गराएका हुन् ।
निर्वाचन कार्यालय बाहिर नाराबाजी भइरहेको छ । कांग्रेसका प्रतिनिधिहरुले गणनामा खटिएका एक कर्मचारीले बदमासी गरेर मत घटाएको भन्दै विरोध जनाएका हुन् ।
आज वडा नम्बर १६ र २ को मतगणना चलिरहेको बेला विवाद सुरु भएको थियो ।
Facebook Comments Box