धनगढीः जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले अपराधमा कमी ल्याउने गरी काम गर्ने बताएका छन्। भर्खरै सरुवा भएर आएका डिएसपी श्रेष्ठले शुक्रबार जिल्लास्थित पत्रकारहरूसँग परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन्। ‘यहाँ रहँदा अपराधका घटनामा कमी ल्याउने गरी काम गर्नेछु। लागुऔषध तथा साइबर सुरक्षाका बारेमा जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिन्छौँ,’ उनले भने, ‘सबैसँग समन्वय गरेर अगाडि बढ्ने छु।’ यसका साथै उनले जुवातास र लागुऔषध नियन्त्रणमा पनि प्रहरी सक्रिय भएर लाग्ने बताए। प्रहरी नायब उपरीक्ष सुगन्ध श्रेष्ठले चाडपर्वका लागि जिल्लामा साढे तीन सय बढी प्रहरी परिचालन गरिएको जानकारी दिए ।‘चाडपर्वमा हुनसक्ने सम्भावित घटना र अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा…
Author: महेन्द्रनगर पोष्ट
कञ्चनपुर: कञ्चनपुरमा मरेको वयस्क हात्ती फेला परेको छ। शुक्रबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी दक्षिणी क्षेत्र पडाउ जङ्गलमा मरेको हात्ती फेला परेको हो। निकुञ्ज कार्यालयका सूचना अधिकारी मनोज ऐरका अनुसार निकुञ्ज र नेपाली सेनाको गस्ती टोलीले दिउँसो १ः३० बजे हात्ती चौरमा मरेर ढलेको अवस्थामा फेला पारेको हो। ‘सुरूमा हेर्दा हात्ती गर्भवती भएको आशङ्का थियो। बच्चा जन्माउन नसकेर मरेको हो कि भन्ने लागेको थियो तर, पशु चिकित्सकहरूले हात्ती गर्भिणी नभएको बताएका छन्, मृत्यु कारण रिपोर्ट आएपछि थाहा हुन्छ,’ उनले भने। उनले चोरी सिकारीका कारण हात्ती मारिएको कुनै तथ्य फेला नपरेको बताए। ‘बस्ती भन्दा ४५ किलोमिटर टाँड हात्ती मरेको भेटिएको छ। शरीरमा पनि…
काठमाडौँ: बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। यस्ती देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए। मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ, उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ। चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको…
धनगढी: कैलालीमा जुवाखालबाट १० जना समातिएका छन्। हिजो (शुक्रबार) जिल्लाको जानकी गाउपालिका वडा नं २ बढरियास्थित धन बहादुर थारुको घरबाट उनीहरू समातिएका हुन्। उनीहरूलाई जुवातास खेलिरहेका भन्ने सूचनाको आधारमा ३ जोर ताससहित नगद रु. २१ हजार ७०५ रुपैयाँसहित समातिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले घरधनीसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जानकारी दिए। यी हुन् जुवाडे १.जिल्ला कैलाली जानकी गा.पा. वडा न. २ बढरिया बस्ने वर्ष५४ को जगत साउद।२.ऐ.ऐ.बस्ने वर्ष ६१ को टेक बहादुर हमाल।३.ऐ.ऐ. बस्ने वर्ष ४६ को टेक बहादुर चौधरी।४.ऐ.ऐ.बस्ने वर्ष५९ को रमेस दमाइ।५.ऐ.ऐ. बस्ने वर्ष३५ को यज्ञ चौधरी।६.ऐऐ बस्ने वर्ष ५२ को छबिलाल…
काठमाडाैं: चाडपर्व लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय १६ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने भएको छ। जसमध्ये ६६ वटा स्थापना भइसकेको र ५० वटा स्थापना हुने क्रममा रहेको सशस्त्र प्रहरी बल, नेपालले जानकारी दिएकाे छ। दशैं, तिहार तथा छठपर्व लगायतका चाडवाडका वेला सीमा नाकाबाट आफ्नो गन्तव्यतर्फ जाने आमनागरिकलाई सहज, सुरक्षित र सम्मानजनक ढंगबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको सशस्त्र प्रहरी बल, नेपालले बताएकाे छ। चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरुको सुरक्षा, सीमा क्षेत्रमा हुने अबैध गतिविधि,…
धनगढी: सुदूरपश्चिममा भन्सार छल्ने ३ जना सशस्त्र प्रहरी बल नेपालका कर्मचारी कारबाहीमा परेका छन्। भन्सार नतिरी सामान ल्याउन खोज्ने ३ जना सशस्त्र प्रहरीहरु कारबाहीमा परेका हुन्। उनीहरूमाथि अफिस प्रयोजनको लागि भन्दै निजी गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको आरोप छ। उनीहरू मद्धती सेवा गुल्म कैलालीमा कार्यरत थिए। कारबाहीमा पर्नेमा सशस्त्र प्रहरी नायव निरिक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार रामबहादुर कुँवर रहेका छन्। उनीहरूलाई नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारवाही अगाडी बढाएको जनाएको छ। उनीहरूले त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेको छ। यस्तै उनीहरुलाई नं. ३४…
काठमाडौं: नेपाल प्रहरीकी एक विवादित इन्सपेक्टर निलम्बनमा परेकी छन्। गृह मन्त्रालयले प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीलाई निलम्बन गरेको हो। शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको स्रोतले बताएको छ। प्रहरी प्रभाग ललितपुर भैंसेपाटी प्रमुख हुँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’ गर्ने गिरोहसँग मिलेर ३० लाख रुपैयाँ रकम असुल गरेको आरोप लागेको छ। उक्त आरोपपछि प्रहरी निरीक्षक शाहीलाई भैंसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाएर रानीपोखरी तानिएको थियो। सो घटनाबारे छानबिन गर्न ललितपुर प्रहरीले ललितपुर प्रहरी परिसरमा कार्यरत डीएसपी नरहरी अधिकारको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। उक्त छानबिन समितिको प्रारम्भिक अनुसन्धानबाट उनको भूमिका शंकास्पद देखिएपछि निलम्बन लागि सिफारिस गरेको थियो। यसविषयमा…
काठमाडाैं: बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी हिरासतमा राखेर ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको घटनामा मिलेमतो गरेकाे प्रकरणमा ललितपुरको प्रहरी प्रभाग भैँसेपाटीकी ‘विवादित’ इन्स्पेक्टर बिनुकुमारी शाहीलाई निलम्बनका लागि पठाइएको पत्र गृह मन्त्रालयमा पुगेको छ। छानबिनका क्रममा उनले आपराधिक समूहलाई सहयोग गरेको भेटिएपछि निलम्बन प्रक्रिया अघि बढाएको काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख एआइजी किरण बज्राचार्यले बताइन्। उनले आजै निलम्बनको पत्र गृह मन्त्रालयमा पठाइएको जानकारी दिइन्। जिल्ला प्रहरी परिसर ललितपुरले प्रारम्भिक छानबिन प्रतिवेदनबारे उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयलाई उपलब्ध गराइसकेको छ। जसअनुसार यसमा इन्स्पेक्टरलगायतविरुद्ध मुद्दा चलाउनुपर्ने प्रस्ट आधार तय भइसकेको छ। उक्त प्रकरण डिएसपी नरहरि अधिकारीको नेतृत्वको समितिले छानबिन गरेका…
काठमाडौं: सशस्त्र प्रहरी बल नेपालले बडा दशैंको उपलक्षमा आयोजना गर्न लागिएको बडाभोज (बडाखाना) सारेको छ। हरेक वर्ष सशस्त्रले दशैंको अवसरमा बडाभोज आयोजना गर्ने गरेको छ। यो वर्ष पनि आजका लागि भोज तय गरिएको थियो। तर हालैको बाढीपहिरो र डुबानमा साढे दुई सयभन्दा बढीको मृत्यु, दुई दर्जनबढी बेपत्ता, सयौं घाइते भएकाले विषम परिस्थिति उल्लेख गर्दै आजको भोज तत्काललाई स्थगित गरिएको हो। सो बडाभोज अब तिहारसम्ममा गर्ने प्रधान कार्यालय स्रोतले जनाएको छ। अहिले भने सशस्त्र प्रहरी उद्धार तथा राहत कार्यक्रममै लागेको जनाइएको छ। दशैंमा राज्यको तीन वटै निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बडाखाना अर्थात बडाभोज आयोजना गर्छन्।
धनगढी: कैलालीमा एक किशोरी दुईपटक बलात्कारमा परेकी छिन्। बलात्कारका दुई जना आरोपीलाई भने पक्राउ गरिएको छ। छुट्टाछुट्टै समयमा १६ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका वडा नम्बर २ का १६ वर्षीय किशोर नेपाली र सोही ठाउँका ७१ वर्षीय गजबहादुर दर्लामी मगरलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक पदमबहादुर बिष्टका अनुसार १६ वर्षीय किशोरले भदौको तेस्रो हप्ता आफ्नै घरमा बोलाएर र ७१ वर्षीय मगरले चौथो हप्तामा छिमेकिको घरमा बोलाएर बलात्कार गरेको आरोप लगाइएको छ। १६ वर्षीया किशोरीले बिहीबार मात्रै आफूमाथि बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय टीकापुरमा जानकारी गराएकी हुन्। दुबै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान…