Author: महेन्द्रनगर पोष्ट

एजेन्सी – श्रीलंकामा सरकार विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएको छ । चरम आर्थिक संकटका कारण विरोध बढेसँगै प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपनि स्थिति नियन्त्रण बाहिर गएको छ । त्यहाँ हिंसा भड्कदा एकजना सांसदको मृत्यु भएको छ । सत्तारुढ दलका सांसद अमराकेर्ती अथुकोरालाको हत्या भएको छ । उनीसहित २ जनाको झडपका क्रममा हत्या भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पदबाट राजीनामा दिएका राजापाक्षेको पुख्र्यौली घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मेडामुलाना भन्ने ठाउँमा उनको घरमा आगनजी भएपछि सेना परिचालन भएको थियो । सोमबार ७६ वर्षीय राजापाक्षेले राष्ट्रपति समेत रहेका आफ्ना भाई गोटावाया राजापाक्षेसमक्ष राजीनामा बुझाएका थिए । उनले सर्वदलीय सरकारको…

Read More

खोटाङ– स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । शुक्रबार हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन प्रशासनले मंगलबार राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन नगर्न नगराउन निर्देशन दिएको हो ।  प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जारी गरेको सूचनामा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ दफा ७१ मा भएको व्यवस्थाको कार्यान्वयनका लागि मादक पदार्थको ओसारपसार, बिक्री वितरण र सेवनमा कडाइ गरेको उल्लेख छ । प्रशासनले मतदानको दिन बिहान ४ बजेदेखि सोही दिनको राति १० बजेसम्म सुरक्षा निकाय, एम्बुलेन्स, दमकल, विद्युत…

Read More

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको समयमा पानी पर्ने भन्दै सचेत गराएको छ । विभिन्न स्थानमा पानी पर्ने सम्भावना देखिएको भन्दै महाशाखाले सचेत गराएको हो । स्थानीय तह निर्वाचनको दिन पानी पर्ने सम्भावना देखिएपछि निर्वाचन आयोगले सबै निर्वाचन अधिकृतको कार्यालयलाई त्रिपाललगायत आवश्यक सामग्रीको व्यवस्थापन गर्न निर्देशन दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपेटिका सुरक्षित राख्नको लागि स्थानीय तहसँग समन्वय गरेर आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको बताए । ‘हामीले मौसम पूर्वानुमान महाशाखासँग छलफल गरेका थियौं । २८, २९ र ३० गते पानी पर्ने सम्भावना छ भन्ने कुरा आयो । हामीले त्यसका लागि आवश्यक बन्दोबस्त मिलाउन भनेका छौं,’ प्रवक्ता पौडेलले…

Read More

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई भोट माग्दै आफूहरू जे भन्छौँ त्यो पूरा गरेर छाड्ने बताएका छन् । मङ्गलवार एक अपिल जारी गर्दै उनले काँग्रेसले जे भन्छ त्यो पूरा गर्ने र मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा नपार्ने बताएका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयनमा फेरि एक पटक इँटा थप्ने अवसर काँग्रेसलाई प्राप्त भएको भन्दै देउवाले स्थानीय तह निर्वाचनमा मत व्यक्त गर्दा ध्यान दिन मतदातालाई अपिल गरेका छन् । लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि उपयुक्त पात्रलाई राजनीतिको बागडोर जिम्मा लगाउने अधिकार मतदाताको हातमा आएको उनको भनाइ छ ।…

Read More

मोरङ – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी मोरङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएको छ । यो योजना निर्वाचन अघि र निर्वाचन पछिसम्म पनि लागू रहने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । निर्वाचनलाई सुरक्षित, भयरहित एवं मर्यादित बनाउन लागू भएको एकीकृत सुरक्षा योजनाअनुसार मोरङ निर्वाचनमा सुरक्षाकर्मीका तीनवटै निकाय जनपद, सशस्त्र र अनुसन्धान तथा कर्मचारी गरी १३ हजार ६७ जना जनशक्ति परिचालन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।Oविशेष अवस्थामा सुनसरीको इटहरीबाट हेलिकप्टरबाट हवाई सुरक्षाको प्रबन्ध पनि मिलाइएको प्रजिअ दाहालले बताए । यसैगरी, सोही सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि वैशाख…

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका विकासका कामले पूर्णता पाउने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)ले डोटीको जोरायल गाउँपालिकामा आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै मन्त्री आलेले देश विकास गर्नकै लागि पाँच दलीय गठबन्धन भएको उल्लेख गर्नुभयो । स्थानीय तहको निर्वाचनपछि गठबन्धनको सरकारले अधुरा रहेका विकासका कामलाई पूर्णता दिने उहाँको भनाइ थियो । मन्त्री आलेले भन्नुभयो, “देश विकास गर्न तथा नागरिकलाई सुख सुविधा दिन पाँच दलीय गठबन्धन गरेका हौँ, स्थानीय तह निर्वाचन पछि अधुरा काम सम्पन्न गर्न सहज…

Read More

रसुवा- स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले मतगणनास्थलमा सीसीटीभी अनिवार्य गरेको छ । अनिवार्य गरेसंगै रसुवाका मतगणनाका लागि सीसीटीभी जडान गरिएको छ । जिल्लाको पाँचवटै मतगणनास्थलमा मंगलबार सीसीटीभी जडान गरिएको हो । निर्वाचन आयोगले मतगणनास्थलमा सीसीटीभी अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सीसीटीभी जडान गरेकाे मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । गोसाइँकुण्ड गाउँपालिकाको मतगणना जिल्ला समन्वय समितिमा गरिने भएको छ भने अन्य चार वटा पालिकाको मतगणना पालिकाको केन्द्रमा नै गरिने छ । जिल्लामा पाँच वटा गाउँपालिका छन् । जसमा २७ वटा वडा रहेका छन् । यो निर्वाचनमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् । जिल्लामा निर्वाचनका लागि एक सय ४५ पदका लागि चार सय ६७ जना प्रतिस्पर्धामा रहेका छन् । जसमा…

Read More

काठमाडौं – नेपाली बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला ७०० रुपैयाँले बढेर ९८ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा आफ्नो टिमलाई नजिताईकन आफूले मात्रै जित्ने सपना नदेख्न चेतावनी दिएका छन् । मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबैलाई भोट माग्न कार्यकर्ताहरूलाई आग्रह गरे। ‘यो बहुदल अन्तर्गतको चुनाव हो’ उनको भनाइ छ, ‘यहाँ टिमलाई भोट माग्ने काम गर्नुपर्‍यो । वडाध्यक्षहरूले आफ्नो वडा सदस्य, मेयर र उपमेयरलाई भोट मागेर अगाडि जानुपर्छ ।’ चन्द्रागिरिमा सत्ता गठबन्धनका नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबिच तालमेल भएको छ । प्रमुखमा काँग्रेसबाट घनश्याम गिरि र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट रोशन दानी उपप्रमुखका उम्मेदवार छ । सिंहले एक्लै जित्ने…

Read More

रसुवा – रसुवामा विभिन्न दलका बागी उम्मेदवारी दिएकाहरू यतिबेला चुनावी प्रचारप्रसारमा लागेका छन् । पार्टीले टिकट नदिएको भन्दै असन्तुष्टि जनाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा बागी उम्मेदवारी दिएकाहरू यतिबेला भोट माग्न सक्रिय भएर लागेका छन् । नेपाली कांग्रेसका विजय तामाङले पार्टीप्रति असन्तुष्टि जनाउँदै उत्तरगया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराए । उत्तरगया गाउँपालिकाकै उपाध्यक्षमा कांग्रेसकी सिर्जना तामाङले पनि उम्मेदवारी दर्ता गराइन् । ३० वैशाखमा हुने स्थानिय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूलाई नेपाली कांग्रेस रसुवाले उम्मेदवारी फिर्ता लिन निर्देशनसमेत दिएको थियो । पार्टीप्रति असन्तुष्ट रही स्वतन्त्र रूपमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएकाहरू केहीले पार्टीको निर्देशन पालना गर्ने भन्दै उम्मेदवारी फिर्ता लिए ।…

Read More