Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेशको ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ कैलालीले मिलेमतोमा अनियमितता हुनेगरी खरिद प्रक्रिया अगाडि बढाएको बोलपत्र नै रद्द गरिएको छ। हिजो (सोमबार) उक्त विवादित बोलपत्र नै रद्द गरिएको जानकारी दिइएको छ। तत्कालीन समयमा झपट साउद सुदूरपश्चिमका  सामाजिक विकास मन्त्री रहेका बेला आपूर्तिका तत्कालीन हाकिम डा. निरज अर्यालले सो खरिद प्रक्रिया अगाडि बढाएका थिए। करिब १० करोडमा ६१ वटा अल्ट्रासाउन्ड मेसिन (ह्याण्ड क्यारी पोर्टेबल युएसजी मेसिन) र १० करोडमा निमोनियाको भ्याक्सिन खरिद गर्नेगरी टेन्डर आह्वान गरिएको उक्त विषयमा हालका सामाजिक विकासमन्त्री एवं तत्कालीन सामाजिक विकास समिति सदस्य ओम विक्रम भाट सरलले त्यतिबेलै विरोध जनाएका थिए। भाटले सो खरिद प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुसार…

Read More

बैतडीः बैतडीको वीरभान हत्या प्रकरणका थप २ जना पक्राउ परेका छन्। बैतडीको पाटन नगरपालिका–६ का ५१ वर्षीय वीरभान सिंह विष्टको हत्याको आरोपमा प्रहरीले थप २ जनालाई डडेल्धुराबाट पक्राउ गरेको हो। प्रहरीले घटनापछि भागिरहेका पाटन नगरपालिका–१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराईलाई डडेल्धुराको भत्काडाबाट पक्राउ गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ नायब निरीक्षक भूपाल थापाले जानकारी दिए। यसअघि प्रहरीेले हत्या आरोपमा पाटन नगरपालिका–६ की २६ वर्षीया भागरथी विष्टलाई पक्राउ गरिसकेको छ। २६ वर्षीया भागरथी विष्टले पुरुषको हत्या गरेको स्वीकार गरेकी हुन्। भागरथीले ती पुरुषको हत्या गरेर शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको बयान समेत दिएकी थिइन्। भागरथी सहस्त्रलिङ्ग…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले जिल्ला प्रहरी कार्यालय बाजुराको अनुगमन तथा निरीक्षण गरेका छन्। अनुगमनको क्रममा डीआईजी केसीले दैनिक रुपमा सम्पादित हुने काम कारवाही र सेवा प्रवाहको बारेमा गहन जानकारी लिए। डीआईजी केसीले अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, कार्य शाखा, सामुदायिक शाखा, प्रशासन शाखा, प्रवन्ध शाखा, हिरासत कक्ष, प्रहरी परिचालन कक्ष, तथा ब्यारेकको पनि निरीक्षण गरे। निरीक्षणको क्रममा उनले प्रहरी कार्यालयहरूको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिहरूको अवलोकन गरे। निरीक्षणको क्रममा डीआईजी केसीले प्रहरी कानुन कार्यान्वयनमा सदैव प्रतिबद्ध रहन र सर्वसाधारण नागरिकहरूसँग नरम र सहयोगी व्यवहार…

Read More

बैतडी:   तीन दिनदेखि बेपत्ता बैतडीको पाटन नगरपालिका –६ का वीरभान सिंह बिष्टको शव फेला परेको छ । ५१ वर्षीय बिष्टको सोही वडाको पाटन पञ्चेश्वर सडकखण्डअन्तर्गत पर्ने घानल खोलामा सोमबार दिउँसो सवा दुई बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक गिरीले जानकारी दिए । हत्या गरी काँचले बेरेर फालेको अवस्थामा शव फेला परेको उनले बताए । असार १ गते शनिबार उनी सम्पर्कविहीन थिए । उनलाई बेपत्ता पारेको भन्दै बिष्टका आफन्तले सोमबार इलाका प्रहरी कार्यालय पाटनमा सोही वडाकै २६ वर्षीय महिला भागरथी बिष्टको नाममा उजुरी दिएका थिए । त्यसपछि लगत्तै उनलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो ।…

Read More

अछाम : पहिरोले सडक पुर्दा साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ। सोमबार राति साँफेबगर नगरपालिका–१३ इग्रीखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो। अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले स्थानीय तहसँगको समन्वयमा अवरुद्ध भएको सडक खुलाउने पहल भइरहेको बताए। सडक अवरुद्ध भए लगत्तै राती नै घुगुरकोट प्रहरी चौकीबाट प्रहरी खटिए पनि जेसिबीले पहिरो पन्छाउनु पर्ने भएकोले राति सम्भव नभएको उनको भनाइ छ। सडक अवरुद्ध भएपछि बाजुरा जिल्ला जाने र बाजुराबाट अन्य जिल्ला जाने यातायात अवरुद्ध भएका छन्।

Read More

काठमाडौँ : आज प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठकमा आज विनियोजन विधेयकका विभिन्न शिर्षक माथिको छलफल जारी रहने छ ।बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आज तीन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने ।का विभिन्न शिर्षकमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । जसमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेका छन् । त्यस्तै आज विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ । सांसद डा. अमरेश कुमार सिंहले “विनियोजन विधेयक, २०८१ अर्न्तगत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय…

Read More

काठमाडौं : आज ज्येष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशी, घर–घरमा तुलसीको बीउ राखिँदै छ। वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। यसलाई तुलसी हुकाई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास भनिन्छ। चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। निर्जला एकादशीसमेत भनिने भएकाले यसदिन पानीसमेत नपिइ व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी…

Read More

काठमाडौँ : हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा  पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ। कोशी, मधेस प्रदेश , बागमती र गण्डकी प्रदेशका केही  स्थानहरूमा चट्याङ्ग हित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही  तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम…

Read More

 काठमाडौँ : नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति जुटेको छ। सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेट्रोलियम ट्यांकर चालक संघ, निगम र मन्त्रालयका पदाधिकारीबीच छलफल भएको थियो।  छलफलपछि १५ दिनभित्र मागहरू पूरा गर्नेगरी ४ बुँदे सहमति जुटेको हो। १५ दिनभित्र प्रतिवेदन पेस गर्नका लागि नेपाल आयल निगमका कार्यकारी निर्देशक (बजार व्यवस्था) को संयोजकत्वमा उद्योग मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्यांकर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुनेगरी उपसमिति बनाइएको छ। १५ दिनभित्र मागहरू पूरा गर्ने सहमति भएसँगै आइतबारदेखि जारी अवरुद्ध अन्त्य हुने जनाइएको छ। छलफलपछि आयोजित पत्रकार सम्मेलनमा आजैबाट बन्द…

Read More

धनगढीः बैतडीमा एक जना पुरुषको हत्या गरेको शिक्षिकाले स्विकार गरेकी छन्। २६ वर्षीया भागरथी विष्टले पुरुषको हत्या गरेको स्वीकार गरेकी हुन्। भागरथीले ती पुरुषको हत्या गरेर शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको बयान समेत दिएकी छन्। उनी पाटन नगरपालिका–६ का ५१ वर्षीय विरभानसिंह बिष्टको हत्या आरोपमा पक्राउ परेकी छन्। भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिकाको रुपमा कार्यरत छन्। एकल महिला समेत रहेकी उनको बयानपछि प्रहरी टोली शव व्यवस्थापन गर्ने ती अटो चालकको खोजीमा लागेको हो। शव भने नजिकैको खोल्सामा फेला परेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। हत्या गरिएका भनिएका विष्टको शव फेला परेको छ। विष्ट शनिबारदेखि परिवारको…

Read More