काठमाडौं: नेपाल प्रहरीले विभिन्न पदका १२ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै सम्पर्कमा नरहेका १२ जना कर्मचारीलाई सात दिनभित्र लिखित जवाफसहित हाजिर हुन निर्देशन दिएको हो।
आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएका कारण कार्यालयले उनीहरुलाई स्पष्टीकरण सोधेको बताइएको छ।
कार्यालयले सन्तोषजनक स्पष्टिकरण जवाफसहित ७ दिनभित्र हाजिर हुन नआएमा आवश्यक कारबाहीको चेतावनी समेत दिएको छ।
Facebook Comments Box