Author: महेन्द्रनगर पोष्ट

काठमाडौं :  माओवादीले सांसदबाटै निष्कासन गरिएका फणीन्द्र देवकोटालाई सर्वोच्चको अन्तरिम आदेशपछि संसद् बैठकमा प्रवेश दिइएको छ । सभामुख कृष्ण धितालले बिहीबारको बैठकमा तयारी नपुगेको भन्दै संसद् प्रवेशमा रोक लगाएका थिए । उनको पद थमौती भएको पत्र बुधबार नै संसद् सचिवालयमा दर्ता भएको थियो । तर सभामुखले प्रवेश दिएनन् । मिडियाले आलोचना गरेपछि शुक्रबारको बैठकमा उनलाई प्रवेश दिइएको हो । शुक्रबारको बैठकमा सभामुखले सर्वोच्चबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

Read More

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समय आएपछि मदन भण्डारी र जीवराज आश्रितका हत्यार पत्ता लाग्ने बताएका छन्। एमालेका तत्कालिन महासचिव भण्डारीको ७३औँ जन्मजयन्तीको अवसरमा राससलाई दिएको अन्तर्वार्तामा उनले ३१ वर्षअघि (२०५० सालमा) मदन–आश्रितको हत्या हुनेगरी भएको दासढुंगा दुर्घटनालाई एमालेले सुरुदेखि नै ‘हत्या’ भन्दै आएको बताएका छन्। ’दासढुंगा हत्याकाण्डयता एमाले पनि पटकपटक सरकारको नेतृत्वमा पुग्यो तर घटनाको सत्यतथ्य बाहिर ल्याउन किन सकेन ?’ यो प्रश्नको जवाफमा ओलीले भनेका छन्, ‘समय आएपछि दासढुंगा हत्याकाण्डका दोषी पत्ता लाग्छन्।’ उनले सत्ता र शक्ति बाधक मदन–आश्रितको हत्या र दरबार हत्याकाण्डका दोषी अझै पत्ता नलागेका दाबी गरेका छन्। ‘तत्कालीन सरकारले दुर्घटना हो भन्यो,…

Read More

धनगढीः लागूऔषध मुद्दामा फरार रहेका कैलालीको टीकापुरका एक जना पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ हजार जरिवाना तोकिइ फरार रहेका टीकापुर नगरपालिका–८ बस्ने २४ वर्षीय सञ्जय लुहार बिहीवार पक्राउ परेका हुन्। सञ्जयलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेका जनाएको छ।

Read More

काठमाडौं : नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरूङले राजनीतिक दल र नेताहरूले नै प्रहरी संगठनलाई पंगु बनाएको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरूङले यस्तो बताएका हुन् । उनले प्रहरीमा राजनीतिकरणदेखि पार्टीकरण हुँदै गुटकरण र व्यक्तिकरणसम्म पुगेको बताए। यसबाट नेपाल प्रहरीले स्वतन्त्र ढंगले काम गर्ने परिस्थति नबनेको र आफ्नो औचित्य, सान्दर्भिकता र श्रेष्ठता प्रदर्शन गर्न नसकेको सांसद गुरूङको भनाई छ। सांसद गुरूङले भने, ‘ नेताहरूका पुलिसका हाकिम छन्। प्रहरीले स्वतन्त्र ढंगले काम गर्ने परिस्थिति बनेको छैन। किन भने पुलिस यतिधेरै ध्वस्त बनाएका छौं । नेतासँग सोधेर मात्रै, मन्त्रीसँग, सांसदहरूसँग सोधेर लिने कि नलिने भन्ने फैसला गर्छ । कति धेरै भ्रष्ट…

Read More

काठमाडौं : आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपाली सेनाका रथी अशोकराज सिग्देलको उमेर विवादमा रक्षामन्त्री हरि उप्रेती र प्रधानसेनापति प्रभुराम शर्मासँग जवाफ माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै साहले नेपाली सेनाको आगामी नेतृत्वको रूपमा लिइएका रथी सिग्देलको उमेर विवाद रहेको भन्दै यस सम्बन्धमा रक्षामन्त्री उप्रेती र प्रधानसेनापति शर्माले जवाफ दिनुपर्ने बताएका हुन् । नेपाली सेनाको छवि निष्कलंकित, निर्विवादित र उदाहरणीय हुनुपर्ने भए पनि रथीको उमेर विवादले नेपाली सेनाको छविमाथि आँच पुर्‍याएको उनको भनाइ छ । रथीमाथि प्रश्न उठ्दा प्रधानसेनापति र रक्षामन्त्री चुप लागेर बस्न नमिल्ने उनले बताए । सांसद साहले भने, ‘नेपालीले गौरव गर्ने नेपाली सेनाको…

Read More

धनगढी : बैतडीको मेलौली नगरपालिकामा एकजना वडाध्यक्षमाथि बिहीवार कर्मचारी कुटपिट गरेको आरोप लागेको छ । मेलौली–९ का वडाध्यक्ष लोकराज भट्टले नगरपालिकाका जिन्सी शाखामा कार्यरत चक्रमणि जोशीलाई कुटपिट गरेको आरोप लागेको हो । प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दको कार्यकक्षमा उक्त घटना भएको हो । नगरपालिकाले वडा कार्यालय सञ्चालन तथा मसलन्द खर्च भनेर छुट्याएको ५० हजार रकम भुक्तानीका लागि बिलसहित वडाध्यक्ष भट्टले कार्यालय प्रमुखसमक्ष पेश गरेका थिए । उक्त रकम जिन्सी शाखाले वडा कार्यालयको सिफारिशबिनै सामान खरिद गरेर खर्च गरेको खुल्न आएपछि प्रमुख प्रशासकीय अधिकृत चन्दले खर्च रकमबारे जिन्सी शाखाका कर्मचारी जोशीलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफल गर्दा दुवै पक्षबीच धकेलाधकेल भएको हो…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री ओम विक्रम भाट सरल यतिबेला बैतडीमा छन्। मन्त्री नियुक्त भएपछि पहिलोपटक पहाड भ्रमणमा रहेका भाट आज (शुक्रवार) बैतडीको पाटन नगरपालिका-८ स्थित सिद्देश्वर पुगेका हुन्। त्यहाँ पुगेका मन्त्री भाटले आजै ८ नम्बर वडा कार्यालयको प्रशासकिय भवनको उद्घाटन गरेका छन्। उनले सुदूरपश्चिम प्रदेश सरकार र पाटन नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित उक्त वडा कार्यालयको प्रशासनिक भवनको एक कार्यक्रमकाबीच समुद्घाटन गरेका हुन्। सो कार्यालयले यस अगाडि संरचना भाडामा लिएर सेवा सञ्चालन गर्दै आएको थियो। तर अहिले भने आफ्नै संरचना निर्माण गरि आफ्नै भवनबाट सेवा सञ्चालन गरिएको बताइएको छ।

Read More

काठमाडौं: प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन प्रकरणमा अनुसन्धान सुरु गरेको छ । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले जग्गा अपचलन प्रकरणमा गृहमन्त्रालयको निर्देशनपछि सिआइबीले अनुसन्धान सुरु गरेको हो । छुट पाएको जग्गा गैरकानुनी रूपमा बेचबिखन गरी राज्यलाई हानिनोक्सानी पु¥याएको आरोपमा पतञ्जलीलाई गैरकानुनी रूपमा जग्गा किनबेच गर्न अनुमति दिने व्यक्तिमाथि अनुसन्धान अगाडी बढेको सिआइबी प्रवक्ता एसपी होविन्द बोगटीले बताए । यो प्रकरणबारे अख्तियारले समेत छानविन अगाडी बढाएको छ । अख्तियारले पनि घटनामा जोडिएका पात्रहरुको बयान सुरु गरेको छ । पतञ्जली भारतीय योगगुरु रामदेवद्वारा सञ्चालित एक कम्पनी हो ।

Read More

धनगढीः धनगढीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्री घाइते भएका छन्। धनगढी उपमहानगरपालिका-४ मा रहेको आर्मी ब्यारेक अगाडी मोटरसाईकलले ठक्कर दिदा पैदल यात्री डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-८ का ३९ वर्षीय विकास गुरुङ घाइते भएका हुन । धनगढीदेखि अत्तरिया तर्फ जाँदै गरेको धनगढीका २३ वर्षीय प्रवेश रानाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ६१९६ नम्बरको मोटरसाईकलले ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाईकलको ठक्करबाट पैदल यात्री र चालक दूबै जना घाइते भएका छन्। उनीहरुको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले बताएको छ।

Read More

म्यानमारको सेनाले नेपालीमूलका स्थानीयको बाक्लो बसोबास रहेको क्षेत्रमा भीषण आक्रमणलाई जारी राखेको छ । माण्डले क्षेत्रको मोगोक–च्यापिनमा सेना र जनसेनाबीच लडाइँ भइरहेको बताइएको छ । लडाईंमा सेना कमजोर बन्दै गएकाले उसका गतिविधि र व्यवहार क्रुर भएको स्थानीय बताउँछन् । शान राज्यको नाउँछो गाउँमा स्थलयुद्धमा कमजोर भएपछि उसले हवाई आक्रमण थालेको हो ।  सेनाले हवाईजहाजबाट अन्धाधुन्ध रुपमा नेपालीमूलका बासिन्दाको बाक्लो बस्तीमा खसालेको बमका कारण गाउँमा आगलागी भएको हो ।

Read More