काठमाडौं : माओवादीले सांसदबाटै निष्कासन गरिएका फणीन्द्र देवकोटालाई सर्वोच्चको अन्तरिम आदेशपछि संसद् बैठकमा प्रवेश दिइएको छ ।
सभामुख कृष्ण धितालले बिहीबारको बैठकमा तयारी नपुगेको भन्दै संसद् प्रवेशमा रोक लगाएका थिए ।
उनको पद थमौती भएको पत्र बुधबार नै संसद् सचिवालयमा दर्ता भएको थियो । तर सभामुखले प्रवेश दिएनन् ।
मिडियाले आलोचना गरेपछि शुक्रबारको बैठकमा उनलाई प्रवेश दिइएको हो । शुक्रबारको बैठकमा सभामुखले सर्वोच्चबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।
Facebook Comments Box