Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७७१ जनामा गरीएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा १९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २४३ जना संक्रिय संक्रमित रहेका छन्।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ५६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

Read More

काठमाडौं – अब शुक्रबार पनि सेयर बजार खुला गर्ने तयारी सुरु भएको छ । अहिले आइतबारदेखि बिहीबारसम्म सेयर बजार खुला हुने गरेको थियो । शुक्रबार र शनिबार भने सेयर बजार बन्द हुने गरेको थियो । सरकारले आगामी १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्जले शुक्रबार बजार खुलाउन लागेकोे हो । यद्यपि, यसको औपचारिक निर्णय भने भइसकेको छैन । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सरकारी निर्णय अनुसार शनिबार र आइतबार बन्द हुने र शुक्रबार बजार खुलाउने तयारी गरिएको बताए । सेयर कारोबार समय समेत थप गर्नु पर्ने विषयमा समेत नेप्सेमा छलफल…

Read More

काठमाडाैं – नेपालको लोकप्रिय मोबाइल वालेट इसेवाको सञ्चालक अस्गर अलीले पदबाट राजिनामा दिएका छन् । अलीले वैशाख १२ गतेदेखि लागु हुनेगरी पदबाट राजिनामा दिएका हुन् । इसेवालाई नेपालको लोकप्रिय डिजिटल वालेट बनाउन महत्वपूर्ण भूमिका खेलेका अली बाहिरिएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आईटी विज्ञसमेत भइसकेका अलीले यसअघि इसेवाको प्रमुख कार्यकारी अधिकृत भएर काम पनि गरिसकेका छन् । त्यस्तै इसेवाको सञ्चालक समितिको बैठकले पूर्व बैंकर परशुराम कुँबर क्षेत्रीलाई अध्यक्षमा चयन गरेको छ । क्षेत्रीले केही दिनमा राष्ट्र बैंकसमक्ष पद तथा गोपनीयताको सपथ लिनेछन् ।

Read More

काठमाडौं – सिनामंगलबाट एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । प्रहरी परिसर, काठमाडौँको टोलीले भक्तपुरका सञ्जन ओली, नीरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो । सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानमा अपहरित हुने र अपहरण गर्ने दुवै पक्ष लागू औषध सेवनकर्ता भएको हुनसक्ने देखिएको प्रहरी बताउँछ । थप अनुसन्धान भइरहेको प्रहरी बताएको छ ।

Read More

काठमाडौं – निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको बताएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेललेआयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने समेत जानकारी दिएका छन । निर्वाचनका लागि कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । आयोगले प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँग आज भर्चुअल माध्यमबाट बैठक गरी निर्वाचन सामग्री र मतपत्रको ढुवानी र समग्र व्यवस्थापकीय तयारीबारे जानकारी लिएको…

Read More

काठमाडौं – हेटौँडाको एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । बर्डफ्लु पुष्टि भएपछि तीन हजार भन्दा बढी कुखुरा नष्ट गरिएको छ । आज तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको हो । भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लु भेटिएपछि प्राविधिकसहितको टोलीले कुखुरा, अण्डा र दाना नष्ट गरेको हो । फार्ममा रहेका चार हजार कुखुरामध्ये सयौँ सङ्ख्यामा कुखुरा मरेपछि शङ्का लागेर वैशाख ९ गते नमूना पशु विभाग काठमाडौँ पठाइएको थियो । सात दिनपछि बिहीबार बर्डफ्लु प्रमाणित भएको रिपोर्टका आधारमा कुखुरा नष्ट गरिएको केन्द्रका प्रमुख डा.…

Read More

काठमाडौं –  निर्वाचन आयोगले उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाउने काम भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।  आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्ता हर्कत नगर्न र नगराउन सरोकारवालाहरु सबैलाई आग्रह गरेको छ । पाँच दलीय गठबन्धनले आज बागी उम्मेदवारलाई मनोनयन फिर्ता गर्न र नगरे कारवाही गर्ने चेतावनी दिएपछि आयोगले विज्ञप्ति निकाली डर तथा धम्की नदिन भनेको हो । ‘यस्ता गतिविधिले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जाने भएकोले निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका…

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्ष एमालेमा प्रवेश गरेका छन् ।उहाँ काठमाडौँमा बिहीबार भएको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेल प्रवेश गरेका हुन् । यसअघि, बुधवार हेटौँडामा पत्रकार सम्मेलन गरेर पोखरेलले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो । नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी अध्यक्ष भएर नेतृत्व गरिरहनुभएका पोखरेलले पार्टीमा व्यक्तिवाद हाबी हुँदै गएको, सीमित व्यक्तिको स्वार्थ पूरा गर्ने प्राइभेट कम्पनी जस्तै भएको भन्दै पार्टी छाडेको घोषणा गर्नुभएको थियो । नेकपा एकीकृत समाजवादी छाडेको भोलिपल्टै पोखरेल नेकपा एमाले प्रवेश गर्नुभएको हो । पोखरेलसँगै नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्यहरू…

Read More

काठमाडौं – पूर्वमन्त्री अफताब आलम विरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । शुक्रबारको न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा भएको मुद्दाको सुनुवाइ नसकिएपछि उक्त मुद्दा फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो । आलम विरुद्ध विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियोग लागेको हो । यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको सुनुवाइ भने भएकै छैन । जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगन्जले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए । २०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले भारतदेखि…

Read More

रसुवा– ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बिहीबार साँझ ५ बजे बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका-३ धारापानीका ३५ वर्षीय गणेश बिक पक्राउ परेका छन्। पीडितका बाबुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका बिक पक्राउ परेका हुन् । स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिँडेका माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य बिकले बालिका मात्र रहेको अवस्थामा घरमा पसेर संवेदनशील अंगमा समातेर दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको हो । बिकलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कालिकास्थानका सइ कासीराम बुढाले बताए । शुक्रबार बिहान…

Read More