Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रवारदेखि शुरु भएको छ । परीक्षामा मुलुकभर २ हजार ७ परीक्षा केन्द्रमा ५ लाख १४ हजार ७६० जना विद्यार्थीले सहभागिता जनाएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमध्ये नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेडवृद्धितर्फ ११ हजार ४५४ ले परीक्षा दिंदै छन् । ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन् । गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेडवृद्धिको अवसर दिइएको थिएन । यसपालि चाहीँ बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा विद्यार्थीले परीक्षा केन्द्रबाट परीक्षा दिंदै छन् । २९९ ओटा प्राविधिक विद्यालयका १४ हजार ५६४ जना विद्यार्थी पनि सामेल हुँदै छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको…

Read More

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

Read More

दार्चुला- नेपाली सेनाले जिम्मा पाएको दार्चुला–तिंकर सडक निर्माणमा प्रयोग गरिने ठूला मेसिन (हेभी इक्वभमेन्ट) हेलिकप्टरमार्फत ओसार्न थालिएको छ । बुधबार दार्चुला आएको नेपाली सेनाको ‘एमआई सेभेन्टिन हेलिकप्टर’ले ब्याँस गाउँपालिकाको सुन्सेराबाट वडा नम्बर २ दुम्लिङमा मेसिनहरु सारिरहेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार मेसिनहरु लैजान सडक नभएपछि हेलिकप्टरले सडक निर्माणमा प्रयोग हुने मेसिनहरु स्काई भेटर, ब्याकोलोडर, कम्प्रेसरका पार्टहरु ओसारिरहेको छ । मेसिनका स–साना पार्टहरु भित्र राखेर ओसारिरहेको छ भने ठूला पार्टहरु झुण्ड्याएर सार्ने जनाइएको छ । यसैबीच नेपाली सेनाले निर्माण गरिरहेको सडकको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय, नेपाली सेनाका प्राविधिक महासेनानी इन्दिवर गुरुङ्ग, विकास निर्माण कार्यदल २ गण दार्चुलाका गणपति…

Read More

काठमाडौं- नेपाली कांग्रेसको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सत्ता गठबन्धनका दलहरुबीच भएको भागबण्डा अनुसार नेपाली कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद परेको छ । उपमहानगरपालिकातर्फ कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर पाएको छ ।

Read More

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिले मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।कांग्रेसको नगर समितिले प्राथमिकता क्रमको आधारमा नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो । काठमाडौं महानगरपालिकामा सत्तारुढ गठबन्धनकोतर्फबाट कांग्रेसले उम्मेदवार उठाउने भएको छ । नगर समितिले पाँच जनाको नाम सिफारिस गरेको भए पनि सिर्जना सिंह उम्मेदवार बन्ने चर्चा छ । सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती हुन् । उम्मेदवारका आकांक्षीहरुको नाम प्रदेश समितिमा सिफारिस गरि पठाइएको कांग्रेसको नगर समितिका उप–सभापति सन्तकुमार महर्जनले बताए ।

Read More

काठमाडौं एमालेले थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय सार्ने भएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा पार्टी केन्द्रीय कार्यालय सार्न लागिएको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । थापाथलीमा रहेको पार्टी केन्द्रीय कार्यालय साँगुरो भएकाले स्थानान्तरण गर्न लागिएको एमालेले जनाएको छ । थापाथलीमा कार्यालय भए पनि आवश्यक बैठक कक्ष र पार्किङको अभावका कारण पार्टीका अधिकांश बैठक तुल्सीलाल स्मृति भवनमा नै हुँदै आएका थिए ।

Read More

काठमाडौं- सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लाष्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै प्लाष्टिकको झोला प्रतिबन्ध सम्बन्धि कार्यविधि कार्यन्वयन गर्ने तयारी गरेको छ । कम माइक्रोनको प्लाष्टिकको झोलाका कारण वातारणीय प्रदुषण गराइरहेको भन्दै ४० माइक्रोनभन्दा कमका प्लाष्टिक झोला प्रयोगमा कडाई गर्ने तयारी भएको हो । सरकारले अनुगमनका काम प्रभावकारी बनाउन समिति पनि गठन गरिएको छ । व्यवसायीले पनि प्लाष्टिकका झोला प्रतिबन्ध गर्ने सरकारको तयारीलाई स्वागत गर्दै उद्योगीहरुलाई नयाँ उद्योग सञ्चालनका लागि सरकारले लिजमा जग्गा उपलब्ध गराउनका लागि अपिल गरेका छन् । प्लाष्टिक झोला प्रतिबन्ध लगाएपछि उद्योगमा गरिएको करिव १० अर्ब निजी लगानी जोखिममा रहने नेपाल प्लाष्टिक उत्पादक संघको भनाइ छ । तर…

Read More

काठमाडौं- नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार दिउँसो १ बजे तुल्सीलाल स्मृति भवन, च्यासलमा घोषणा पत्र सार्वजनिक हुनेछ ।

Read More

काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र निर्धारण गरिएको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । उनका अनुसार यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ ५ लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ र प्राविधिक धारकातर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईईमा सहभागी हुँदैछन् । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको…

Read More

नेपालगञ्ज- नेकपा माओवादी केन्द्रबाट नेपालगञ्जको मेयरका आकांक्षी नन्दलाल वैश्य पार्टी परित्याग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । उनलाई राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले स्वागत गरे। नेता वैश्य माओवादी केन्द्रबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरका आकांक्षी थिए । उनी नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीका सहसचिवसमेत रहेका उनी नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । वैश्यको प्रवेशले नेपालगन्जमा पुनः वर्चश्व स्थापित गर्न मद्दत पुग्ने राप्रपा केन्द्रीय महामन्त्री राणाले बताए । राप्रपामा वैश्यको प्रवेशसँगै नेकपा माओवादीका उम्मेदवारलाई स्थानीय तहको चुनावमा असर पुग्ने देखिएको छ ।

Read More