Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- नेपाली सेनाकी मिनु गुरुङ र एपीएफ क्लबकी सन्जुमाया थिङ काठमाडौँमा जारी गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । महिला ५१ किलो तौल समूहमा गुरुङले मङ्गलबार भएको खेलमा मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गरेकी हुन् । उनी १३औँ दक्षिण एसियाली खेलकुद ९साग० की स्वर्ण पदक विजेतासमेत हुन् । यस्तै सोही विधामा एपीएफकी सन्जुमाया थिङले प्रदेश नं १ की सुस्मिता श्रेष्ठलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेकी छिन् । यस्तै महिला ५७ किलो तौल समूहमा बाग्मती प्रदेशकी स्वस्तिका तिरुवाले कर्णाली प्रदेशकी सुशिला थापा तथा प्रदेश नं १ की सुस्मिता राईले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरीलाई पराजित गरिन् । दुवै…

Read More

काठमाडौं- चुनावी तालमेलका विषयमा भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिने बताइएको छ । मंगलबार अबेरसम्म बसेको बैठकले महानगर र उपमहानगर बाँडफाँटको विषयमा सैद्धान्तिक सहमति भएको भनिएको छ । ६ महानगरमध्ये तीनवटा कांग्रेसले राख्ने र माओवादी, नेकपा एस र जसपालाई एक–एकवटा दिने सहमति भएको बताइएको छ । त्यस्तै ११ वटा उपमहागनरपालिकामध्ये ७ वटा उपमहानगर कांग्रेसले राख्ने र बाँकी चारवटा बाँड्ने सहमति भएको छ ।

Read More

काठमाडौं- निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले स्थानीय तहसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक रुपमा प्रवाह गर्न सञ्चार जगत्सँग आग्रह गर्नुभएको छ । स्थानीय तह निर्वाचन सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोग र समन्वयमा निर्वाचन आयोगद्वारा यहाँ आयोजित मिडिया अन्तक्र्रियामा उहाँले निर्वाचन गर्ने संवैधानिक जिम्मेवारी पूरा गर्ने आयोगको निर्वाचन कार्यमा सहयोग पु¥याउन सञ्चार क्षेत्रसँग अनुरोध गर्नुभयो । आयुक्त तुलाधरले भन्नुभयो, “लोकतन्त्रको आधार भनेको स्वतन्त्र निर्वाचन हो, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन सञ्चार क्षेत्रले गर्दै आएको सहयोग सराहनीय छ ।” निर्वाचन व्यवस्थापन सुदृढीकरणका लागि आयोगले काम गर्दै आएको उल्लेख गर्दै डा तुलाधरले निर्वाचनसम्बन्धी…

Read More

काठमाडौं- नेपालमा हाज पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार अहिले बिहान भने प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । पहाडी तथा हिमाली भूभागमा चाहिँ आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । यस्तै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा भएको छ । यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। यस्तै प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका…

Read More

मस्को- रुसका रक्षामन्त्रीले मङ्गलबार मस्कोले पूर्वी युक्रेनलाई ‘मुक्तू गर्न खोजिरहे पनि पश्चिमी शक्तिहरूले कीभलाई हतियार उपलब्ध गराएर सैन्य कारबाहीलाई लम्बाइरहेको आरोप लगाएका छन्। ‘हामी बिस्तारै डोनेट्स्क र लुगान्स्क जन गणतन्त्रलाई मुक्त गर्ने हाम्रो योजना कार्यान्वयन गर्दैछौं,’ सर्गेई शोइगुले पूर्वी युक्रेनको विद्रोही क्षेत्रहरूको सन्दर्भमा भनेका छन् । तर वाशिंगटन र यसका सहयोगीहरूले उनीहरूको हतियार आपूर्ति मार्फत द्वन्द्वलाई तन्काइरहने कोशिस गरिरहेका छन्। रासस÷एएफपी

Read More

कोलम्बो- गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलङ्काले अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहयोगका लागि आग्रह गरेको छ । छलफलका लागि आर्थिक सङ्कटबाट गुज्रिएको श्रीलङ्काली सरकारका वित्तमन्त्री अलि सवारीको टोली अमेरिमा छ । आईएमएफसँग आर्थिक सहयोगका विषयमा भएको छलफल निकै सकारात्मक रहेको उहाँले बताउनुभयो । उहाँले देशको आर्थिक सङ्कट कम गर्न आफूहरुले उठाएको कदमको आईएमएफ अधिकारीले प्रशंसा गरेको बताउनुभयो । पछिल्लो समय श्रीलङ्काले विदेशी ऋण तिर्न सकेको छैन । यद्यपि गत मङगलबार श्रीलङ्का सरकारले ५१ अर्व डलर विदेशी ऋण तिर्ने घोषणा गरेको छ । श्रीलङ्काको विदेशी ऋणको ३६ प्रतिशत हिस्सा चीनको रहेको छ । श्रीलङ्का स्वतन्त्र भएपछि अहिले सबैभन्दा ठूलो अर्थिक सङ्कटको…

Read More

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले राजनीतिक दलको प्रतिज्ञापत्रको रूपमा सम्बन्धित दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिबद्धतापत्रमा मानवअधिकारको विषय समावेश गर्न आग्रह गरेको छ । आयोगले दलको घोषणापत्रमा मानवअधिकारको सम्मान, संरक्षण र संवद्र्धनका लागि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरुप उच्च महत्व र प्राथमिकताका साथ मानवअधिकारका विषयलाई समावेश गर्न सबै राजनीतिक दलहरूलाई विशेष आग्रह गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिबद्धतापत्रमा मानवअधिकारका विषय समावेश गर्न निर्वाचनमा भाग लिने सबै दलहरुलाई आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको…

Read More

कैलाली- आयोजक वनदेवी युवा क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ । मंगलबार चौथो दिन धनगढी रंगशालामा भएको खेलमा कालिका स्पोर्टस एकेडेमीलाई २–० ले हराउँदै आयोजक वनदेवी अन्तिम चारमा पुगेको हो । वनदेवीलाई सेमिफाईनलमा पुराउनका लागि चन्द्रा भण्डारीले दुबै गोल गरिन् ।पहिलो हाफको ६ औं मिनेटमा उनले गोल गर्दै आफ्नो टीमलाई १–० को अग्रता दिलाइन् । खेलको निर्धारित समय सकिनुभन्दा एक मिनेट अगाडीसम्म एक गोलको अग्रतामा रहेको वनदेवीका लागि चन्द्राले नै खेलको ८९ औं मिनेटमा अर्को गोल थपिन् । त्यसपछि कुनै पनि गोल हुन नसकेपछि वनदेवीले २–० ले नतिजा आफ्नो पक्षमा पार्यो…

Read More

काठमाडौँ ‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र बन्न सफल भएको छ । नेपाली सेना र विद्रोहीबीचको द्वन्द्व तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाएर इङ्गिहोपो कोइँचले निर्माण गरेको उक्त लघु चलचित्रले पहिलो हुँदै रु दुई लाख पुरस्कार प्राप्त ग¥यो । दुर्गाबहादुर कार्कीले निर्माण गरेको लघु चलचित्र ‘सेता मलामी’ दोस्रो र रविन तामाङले निर्माण गरेको लघु चलचित्र ‘डोल्मा’ तेस्रो हुँदै क्रमशः रु एक लाख ५० हजार र रु एक लाख पुरस्कार जितेको छ । लघु चलचित्र गौरव–२, फातिमा र गरिमाले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा ५१ लघु चलचित्रका लागि निवेदन परेकामा उत्कृष्ट १० लाई निर्माणको अनुमति…

Read More

जनकपुर- स्थानीय तह निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा आज बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुल्ला सीमा नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा…

Read More