काठमाडौं– चुनावी तालमेलका विषयमा भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिने बताइएको छ ।
मंगलबार अबेरसम्म बसेको बैठकले महानगर र उपमहानगर बाँडफाँटको विषयमा सैद्धान्तिक सहमति भएको भनिएको छ । ६ महानगरमध्ये तीनवटा कांग्रेसले राख्ने र माओवादी, नेकपा एस र जसपालाई एक–एकवटा दिने सहमति भएको बताइएको छ ।
त्यस्तै ११ वटा उपमहागनरपालिकामध्ये ७ वटा उपमहानगर कांग्रेसले राख्ने र बाँकी चारवटा बाँड्ने सहमति भएको छ ।
Facebook Comments Box