Author: महेन्द्रनगर पोष्ट

कैलाली- धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रको हलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । धनगढी उपमहानगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयसँगै जिल्लाका १३ वटै स्थानीय तहलाई हेर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। कैलालीका लागि कैलाली जिल्ला अदालतका मुख्य न्यायधिश जयानन्द पनेरुलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले कार्यालय सञ्चालनसंगै अब मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन गतिबिधी अगाडि बढाउने बताए ।

Read More

अछाम – अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षका लागि नेकपा (एकीकृत समाजबादी)बाट पत्रकार तपेन्द्र कुँवर सिफारिस भएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एसले गाउँपालिकाको अध्यक्षका लागि पत्रकार कुँवरसहित चार जनालाई सिफारिस गरेको हो । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य रहेका कुँवर जिल्लाको साँफेबगरस्थित रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक हुन् । समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्यसमेत रहेका पत्रकार कुँवरले २०६४ सालमा धनगढीको दिनेश एफएमबाट पत्रकारिता सुरुवात गरेका थिए । स्नातकोत्तरसम्मको अध्ययन गर्नु भएका कुँवरले धनगढीबाट प्रकाशित हुने सुदूर सन्देश दैनिक, मनिङ्ग वेल दैनिक, पश्चिम् टुडे रेडियोमा समाचार प्रमुखको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो । पाँच वर्षदेखि…

Read More

काठमाडौं – देशभर पठाउने मतपत्र ढुवानीमा नेपाली सेनाले सुरक्षा दिने भएको छ । निर्वाचन आयोगका अनुसार मतपत्र ढुवानी सुरक्षाको जिम्मा भने सेनालाई दिइएको हाे । आयोगका अनुसार, निर्वाचनका अरु सामग्रीको भने गृह मन्त्रालयसँगको समन्वयमा नेपाल प्रहरीको स्थानीय युनिटले स्कर्टिङ र सुरक्षा प्रदान गर्ने तयारी भएकाे छ। मतपत्र र अरु निर्वाचन सामग्री ढुवानीका क्रममा कहाँ पुग्यो भनेर आयोगले जीपीएसबाट लोकेसन ट्रयाकिङ गर्ने व्यवस्था गरेको छ । देशका ७५ जिल्लामा मतपत्र र अरु निर्वाचन सामग्री सडक मार्गबाटै लैजाने र सडक पुग्न बाँकी डोल्पा र मुगुमा भने हवाई मार्गबाट लैजाने आयोगकाे तयारी छ।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५४७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या २९८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना संक्रमणका कारण आज कसैको मृत्यु भएको छैन ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

Read More

काठमाडौं — राप्रपा जनप्रतिनिधिले काम गरेनन् भने कारबाही गर्ने रेखा थापाले बताएकी छन् । बिहीबार बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले पार्टीले जनतालाई नेता र भगवान मान्ने बताइन् । उनले सबै नेता कार्यकर्ताले जनतालाई विश्वास र भरोसा दिलाउनु पर्नेमा पनि जोड दिइन् । ‘हामीलाई जिताउनु भयो भने कहिल्यै पनि निराश हुन दिने छैनौँ । राप्रपा जनतालाई नेता र भगवान मान्छ । पार्टीले जनतालाई आश्वासन दिँदैन, भ्रमपूर्ण सपना पनि देखाउँदैन’, थापाले भनिन् । उनले बुटवल महानगरपालिकामा पार्टीलाई जिताएको खण्डमा जनताको हितमा काम गर्ने पनि उनले बताइन् । यदि बाचाअनुसार काम नगरे जनकारवाही गराउन आफू लागिपर्ने उनको भनाइ छ । ‘यो नगरमा…

Read More

काठमाडौं – ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २ पुगेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको मृत्यु भएपछि मृतक संख्या दुई पुगेको हो । बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट हुँदा भारत, पश्चिम चम्पारणका ४५ वर्षीय बृज महतोको घटनास्थलमै मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । घाइतेमध्ये भारत घर भइ हाल ललितपुर महानगरपालिका–१८ बस्ने २५ वर्षीय राजुकमार महतोको पनि मृत्यु भएको पाटन अस्पतालले पुष्टि गरेको बताइएको छ ।

Read More

काठमाडौं – डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस स्वास्थ्य मन्त्रालय पुगेका छन् । निर्धारित कार्यक्रम अनुसार उनी स्वास्थ्यमन्त्री विरोध खतिवडालाई भेट्न रामशहपथस्थित मन्त्रालयमा पुगेका हुन् । स्वास्थ्यमन्त्री खतिवडा र डब्ल्यूएचओका महानिर्देशक टेड्रोसबीच शिष्टाचार भेटवार्ता सुरू भएको छ । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसमेत रहेका छन् । नेपाल भ्रमणमा रहँदा महानिर्देशक गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Read More

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भुलेर पनि नदिन आफ्नै पार्टीका नेताहरूलाई भनेका छन् । प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको दाबी गर्दै उनले त्यसको विरोध नगर्न एमालेको केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरूलाई भनेका हुन् । केन्द्रीय सल्लाहकार परिषद्को बिहीबार बसेको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते आफू प्रधानमन्त्री पदमा रहेका बेला गरिएको प्रतिनिधिसभा विघटनको भुलेर पनि विरोध नगर्न भनेका हुन् । उनले भने, ‘केही केही साथीहरूले यस्तो मौका पर्‍या बेला प्रतिनिधिसभा विघटन त गलतै थियो भन्ने पनि गर्नुभएको छ ।…

Read More

काठमाडौं – प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलंकीबाट भन्सार छली ल्याएको सामान बरामद गरेको छ । करिब १५ लाख रूपैयाँ बराबरको विभिन्न प्रकारका कपडा तथा जुत्ताहरु बरामद गरेको हो। प्रहरीका अनुसार कलंकीमा ना.६ ख ४३ नम्बरको ट्रकबाट बुधबार उक्त सामान बरामद गरिएको छ । प्रहरीले ट्रकका चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–१ का २८ वर्षीय तस्विर तामाङ रहेका छन् । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग कलंकीबाट खटिएको संयुक्त प्रहरीले तलासी गर्ने क्रममा उक्त सामान फेला पारी बरामद गरेको जनाइएको छ । थप अनुसन्धान तथा कारबाहीको लागि तामाङ, बरामद सामान र ट्रकलाई…

Read More

काठमाडाैँ- आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । हिजो बुधबार ३६ अंकले घटेको नेप्से परिसूचक आज ४.९४ अंकले बढेको हो । यससँगै परिसूचक २३ सय २५ अंकमा पुगेको छ । यसक्रममा आज १ अर्ब ६२ करोड रुपैयाँ बराबरको ३९ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । आज कारोबार भएका १३ मध्ये ८ समूहमा सुधार आएको छ । जीवन बीमा समूहमा ७४ अंक, अन्य समूहमा ३५ र विकास बैंक समूहमा ३५ अंकको सुधार आउँदा होटल र टुरिजम समूहमा ३० अंकको सुधार आएको छ । यीबाहेक, जलविद्युत समूह १० अंकले बढेको छ भने उत्पादनमूलक समूह १३ तथा…

Read More