Author: महेन्द्रनगर पोष्ट

स्याङ्जा – जिप दुर्घटना हुँदा स्याङ्जामा चार जनाको मृत्यु भएको छ। आइतबार बिहान वालिङ नगरपालिका–१२ मा डाँडाखर्कबाट वालिङ आउँदै गरेको जिप सडकबाट तल खस्दा चार जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए। वालिङ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ४०/५० मिटर तल खसेको प्रहरीले जनाएको छ । ‘जिप अनियन्त्रित भएर खसेको छ। चार जनाको घटनास्थलमै मृत्यु भएको छ,’ प्रहरी निरीक्षक थापाले भने, ‘तीन जना घाइते छन्। उनीहरूको उपचारको लागि पठाइएको छ।’ घाइतेको उपचारको लागि दुई जनाको वालिङस्थित प्राथमिक अस्पताल र अर्को एक जनाको गण्डकी अस्पताल पोखरामा पठाइएको छ।…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हुम्लाको दुई स्थानमा हुने आमसभालाई सम्बोधन गर्न आउँदै छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न अध्यक्ष ओली हुम्ला आउन लागेको नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए । जिल्लाको तीन ठाउँमा अध्यक्ष ओलीले भ्रमण गर्ने भए पनि निर्वाचन केन्द्रित दुई वटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बिहान ११ बजे हेलिकोप्टरबाट हुम्ला पुगे लगत्तै एमाले अध्यक्ष ओली पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्यालीमा पुग्ने र लिमि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटीले बताए…

Read More

काठमाडौं-  नेपाली बजारमा साताको पहिलो बार सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ एक हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

पोखरा – नेपाली कांग्रेसले केही दिनअघि आकांक्षीसँग शुल्क नलिई नाम सिफारिस गर्न सर्कुलर पठाएको छ । यसअघि पार्टीको चुनावमा मनपरी शुल्क असुलेपछि विवादमा परेको कांग्रेसले अहिले बेलैमा सचेत भएर आकांक्षीको नाम विना शुल्क सिफारिस गर्न निर्देशन दिएको हो । तर, पोखरा महानगरपालिकाले भने पार्टीको केन्द्रीय सर्कुलरविपरीत शुल्क उठाएको छ । मेयरलाई २५ हजार र उपमेयरलाई २० हजार दर्ता शुल्क तोकिएको छ । सचिव गणेशबहादुर थापाले यो शुल्क नभई पार्टीलाई सहयोगका रुपमा लिएको बताए । ‘यो शुल्क होइन । फर्मको शुल्क जम्मा पाँच सय रुपैयाँ तोकेका छौं । त्यसबाहेक उम्मेद्वारले पार्टीलाई सहयोग गरोस् भनेर लिएका हौं,’ उनले भने, ‘तिर्नैपर्छ भन्ने छैन ।…

Read More

काठमाडौं – राजधानीको दरबारमार्गमा ‘१५ औँ दरबारमार्ग सडक महोत्सव’ आयोजना गरिएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थान गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घ, रेष्टुराँ एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डको आयोजना भएको महोत्सव शनिबारसम्म चल्ने छ । ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा नेपाली उत्पादन, स्थानीय परिकार र नेपाली कला संस्कृतिको प्रदर्शन गरिएका छन् । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने महोत्सवको मूल उद्देश्य रहेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिडबाट शिथिल…

Read More

तनहुँ- तनहुँमा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको समूह र नेकपा एमालेबीच चुनावी तालमेल हुने भएको छ । सहमतिअनुसार तनहुँका १० वटै स्थानीय तहमा जोशी र एमालेका उमेदवारबीच भागबण्डा हुनेछ । दमौलीमा भने जोशीले आफ्ना छोरा दीपक जोशीलाई अगाडि सारेका छन् । गठबन्धन दलले तिमीहरुको सहयोग चाहिएन भनेपछि एमालेसँग सहमति भएको नेता जोशीको भनाई छ । उनले चुनावमा स्वतन्त्र चिन्ह बताए ।

Read More

एजेन्सी – रुसी रक्षा मन्त्रालयले अघिल्लो साता डुबेको आफ्नो नौ सैनिक पानीजहाजका चालक दलको तस्बिरहरू भन्दै केही तस्बिर सार्वजनिक गरेको छ। मिति नखुलाइएको उक्त भिडिओमा सयौँ नाविकहरूलाई परेड मैदानमा देखाइएको छ र उनीहरूलाई रुसी नौ सेनाका प्रमुख एडमिरलनिकोले येभमेनोभले निरीक्षण गरिरहेको देखिन्छ।उक्त पानीजहाजमा करिब ५०० फौज रहेको बताइएको छ। रुसले उक्त पानीजहाजमा रहेका विस्फोटक पदार्थ कारण नखुलाइएको आगलागीका कारण विस्फोटन भएपछि सो पानीजहाज डुबेको बताउँदै आएको छ। तस्बिरमा के देखिन्छ ?उक्त नौसैनिक पानीजहाज डुबेपछि त्यसका चालक दलका सदस्यहरूको तस्बिर देखा परेको यो पहिलो पटक हो। ठूलो सङ्ख्यामा नाविकहरूको समूह क्राइमियाको बन्दरगाह शहर सेभास्टपोलमा परेड गरिरहेको देखाइएको छ। मस्क्भा नामक उक्त…

Read More

बझाङ बझाङमा गएराति भएको जीप दुर्घटना हुँदा नेपाली कांग्रेसका सभापति खडक बोहराका २७ बर्षीय छोरा विनोद बोहराको मृत्यु भएको छ । सभापति बोहराको अवस्था भने सामान्य प्रहरीले जनाएको छ । बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जिप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु तीन जना घाइते भएका थिए । जीपमा सभापति बोहरा परिवार सवार थिए । दुर्घटनामा जयपृथ्वी नगरपालिका–११ की १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका– २ की १९ वर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा गरी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव…

Read More

अछाम- अछामका तीन स्थानीय तहमा गठबन्धनले गरेको निर्णय काँग्रेसले अस्वीकार गरेको छ । सत्ता गठबन्धनले स्थानीय तहमा गरेको तालमेलको सहमति साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका हुन् । पार्टीको नगर तथा गाउँकार्य समितिको बैठकले तालमेल नगर्ने निर्णय गरेको काँग्रेस अछामले जनाएको छ । काँग्रेस बलियो रहेको क्षेत्रमा तालमेल गरेर जान नसकिने काँग्रेस साँफेबगर नगर सभापति लालबहादुर कुँवरले बताए । उनले काँग्रेसको जनाधारको कदर हुनेगरी निर्णय लिइएको बताए । तीन पालिकामा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरिरहे पनि सहमति जुट्न सकेको थिएन ।

Read More

काठमाडौं- यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशका ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत तोकेको छ। आयोगले ७५३ स्थानीय तहमध्ये ६७६ तहमा निर्वाचन अधिकृत समेत खटाएको छ। सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको आयोगले जनाएको छ। प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई कार्यक्षेत्रमा जान नियुक्तिपत्र दिइसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। यही वैशाख ८ गते सबै स्थानीय तहमा निर्वाचन अधिकृत कार्यालय खुल्ने र अधिकृतको कार्यालय मातहत रहेर ९ जना कर्मचारीले निर्वाचन सम्बन्धी काम गर्ने आयोगले जनाएको छ। आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकिएको जनाएको छ।

Read More