Author: महेन्द्रनगर पोष्ट

हरारे – बस दुर्घटनामा परी जिम्बाब्वेमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । देशको जिओन क्रिश्चियन चर्चका सदस्यहरु चढेको बस शुक्रबार दुर्घटना भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । जिम्बाब्वेको दक्षिणपूर्वी क्षेत्रमा पर्ने चिपिङ भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी अन्य ४० जना गम्भीर घाइते भएका बताइएको छ । घाइतेमध्ये केहीको अवस्था अत्यन्त चिन्ताजनक रहेकाले मृतकहरूको सङ्ख्या बढ्न सक्ने चिकित्सकहरूले बताएका छन् ।

Read More

कैलाली- जनता सामजवादी पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेशका सचिव जनक आउजी नेकपा एमालेमा प्रवेश गरेका छन्।  अत्तरियामा एक कार्यक्रमकाबीच एमालेका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले आउजीलाई पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनी राना, केन्द्रीय सदस्य तथा कैलाली जिल्ला सह-इन्चार्ज सन्तोष शर्मा थापा, प्रदेश अध्यक्ष दामोदर भन्डारी, कैलाली जिल्ला अध्यक्ष रतन थापालगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Read More

काठमाडौं- छिमेकी देश भारतमा फेरि कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ९७५ जना संक्रमित थपिएका छन् । शुक्रबार भारतमा ४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । यो तथ्यांकसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ३० लाख पुगेको छ भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख २१ हजार पुगेको छ । हाल भारतमा ११ हजार १ सय ९१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

Read More

कैलाली बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा धनगढीबाट एक पुरुष पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका ४ का स्थानीय जगत कुँवरलाई ११ वर्षीय बालिकामाथि हातपात गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। कुँवरविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्तासमेत भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। संवेदनशील अङ्गमा छोएर जबरजस्ती गर्न खोजेको भन्दै बालिकाले कुँवरविरुद्ध जाहेरी दिएकी थिइन् । घटनाबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ।

Read More

बाँके- बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरिमा मगर घरबास (होमस्टे) सञ्चालन गरिएको छ । एक पालिका एक घरबासको अवधारणालाई अगाडि बढाउँदै दुई वर्षको निरन्तर प्रयासपछि गुरुङ र मगरको बस्ती रहेको धौलागिरिमा नौमती सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको हो । मगर संस्कृति, संस्कार र सभ्यतामा रमाउन मगर समुदायले घरबास सञ्चालनमा ल्याएका छन् । सुरुमा नौ घरलाई घरबासका रुपमा सञ्चालनमा ल्याइएको छ । “यसलाई बढाउँदै लैजाने हो”, होमस्टे परामर्शदाता पूर्णचन्द्र उपाध्यायले भन्नुभयो । उहाँले मगर संस्कार र संस्कृतिको जगेर्नामा पनि यसले सहयोग गर्ने उल्लेख गर्दै होमस्टे सञ्चालनमा आएसँगै मगर कला, संस्कृति, रहनसहन र खानपानमा जोड दिइएको बताउनुभयो । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले होमस्टे आर्थिक…

Read More

कैलाली- बाजुराका एक युवक भारतमा मृत फेला परेका छन् । जिल्लाको बडिमालिका नगरपालिका–१ पाटाका २३ वर्षीय विश्वराज पण्डित भारतको उत्तराखण्ड पौडी गणवाको पाबु भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन् । करिब छ महिनाअघि श्रीमतीसहित भारत गएका उनी वैशाख १ गते बिहान ९ बजे नदीमा मृत अवस्थामा फेला परेको आफन्तले बताएका छन् । कोठाबाट बिहान ५ बजे निस्केका पण्डित ९ बजेसम्म पनि कोठामा नआएपछि उनकी श्रीमती लगायत आफन्तले खोजी सुरु गरेका थिए । शुक्रबार पाबुमा उनको अन्तिम सँस्कार गरिएको आफन्त बताएका छन् ।

Read More

बाग्लुङ- स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरुप कालोपत्रका लागि छनोट भएको सडक योजना अलपत्र परेको छ । ताराखोला गाउँपालिकाको केन्द्र अर्गललाई जोड्ने रिजालचोक–अमरभूमि–अर्गल सडक खण्ड कालोपत्र हुने छाँटकाट देखिएको छैन । स्थानीय पूर्वाधार आयोजना विकास कार्यालयको आयोजना छनोट समितिले गत वर्ष नै उक्त सडक कालोपत्रका लागि छनोट गरेको थियो । गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले निर्णय भए पनि योजना कार्यान्वयन अन्योलमा परेको बताउनुभयो । “सडक कालोपत्रका लागि छनोटमा परे पनि अरु कामले गति लिन सकेन, केही सुरसार देखिन्न”, उहाँले भन्नुभयो, “सरकारले चासो नलिएपछि योजना ओझेलमा परेको छ ।” सरकारले गरेको बजेट कटौतीको मारमा उक्त सडक पनि परेको हुनसक्ने…

Read More

पाल्पा- पाल्पामा शुक्रबार अपराह्न भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकाहरूमध्ये एक जना बालकसहित दुई जनाको गए राती मृत्यु भएको हो । गाउँपालिकास्थित भित्री सडकमा भएको बस दुर्घटनामा परि रैनादेवि गाउँपालिका–६ धारापानीका बस धनी ४२ वर्षीय वेदबहादुर जिसी र सोही स्थानका होमबहादुर रासकोटीका ७ वर्षीय छोरा अशोक रासकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा ४ जना बालकहरू गम्भीर घाइते भएको बताइएको छ ।सोही वडाको पानीडाँडाबाट जुठापानी तर्फ जाँदै गरेको गु १ ख ४९०९ नम्बरको बस सडक देखि करिब चार सय मिटर तल खसेको थियो । घाइते हुनेहरू मध्ये ३ जनाको लुम्बिनी मेडिकल कलेज पाल्पा…

Read More

म्याग्दी- म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेका थिए । यसअघि गत पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा सवारी साधन बन्द गरिएको थियो…

Read More

काठमडौं- दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य (स्तूप) परिसरमा शुक्रबार रातभर बत्ती बालेका बौद्ध धर्मावलम्बी तामाङ समुदाय आज बिहानैदेखि बालाजु २२ धारा लागेका छन् । चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहान बालाजु २२ धारामा गएर स्नान गरी नागार्जुनको जामाचो र स्वयम्भूमा दर्शन गर्न जाने विधि प्राचीनकालदेखि चल्दै आएको छ । काठमाडौँ उपत्यकामा पानीको दह भएका बेला डाँडाडाँडामा रहेका बस्तीमै यस दिन दिवङ््गत पितृलाई सम्झने विधि प्रचलनमा रहे पनि तेमालका अन्तिम तामाङ राजा रिन्छिन दोर्जेको कालदेखि यो पर्वलाई राष्ट्रिय मान्यता दिइ बौद्धमा आएर मेला लाग्ने परम्परा बसेको बौद्धनाथ क्षेत्र विकास…

Read More