हरारे – बस दुर्घटनामा परी जिम्बाब्वेमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
देशको जिओन क्रिश्चियन चर्चका सदस्यहरु चढेको बस शुक्रबार दुर्घटना भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
जिम्बाब्वेको दक्षिणपूर्वी क्षेत्रमा पर्ने चिपिङ भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी अन्य ४० जना गम्भीर घाइते भएका बताइएको छ ।
घाइतेमध्ये केहीको अवस्था अत्यन्त चिन्ताजनक रहेकाले मृतकहरूको सङ्ख्या बढ्न सक्ने चिकित्सकहरूले बताएका छन् ।
Facebook Comments Box