Author: महेन्द्रनगर पोष्ट

हरारे- सवारी दुर्घटनामा परी जिम्बाब्वेमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । देशको जिओन क्रिश्चियन चर्चका सदस्यहरु चढेको सवारी साधन शुक्रबार दुर्घटना भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । जिम्बाब्वेको दक्षिणपूर्वी क्षेत्रमा पर्ने चिपिङ भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी अन्य ४० जना गम्भीर घाइते भएका बताइएको छ । घाइतेमध्ये केहीको अवस्था अत्यन्त चिन्ताजनक रहेकाले मृतकहरूको सङ्ख्या बढ्न सक्ने चिकित्सकहरूले बताएका छन् । सिन्ह्वा

Read More

काठमाडौं- प्रहरीले विभिन्न निकायसँगको समन्वयमा आज काठमाडौँको सडकपेटीबाट ५५ बालबालिकाको उद्धार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौँ तथा प्रहरी वृत्तबाट आज खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो । उद्धार गरिएकामा राजधानीको सडकका यात्रुलाई माग्दै हैरानी दिइ आवागमनमा बाधा अवरोध पु¥याउने कार्यमा संलग्न रहेका ३३ बालक र २२ बालिका रहेका छन् । उनीहरुलाई बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । रासस

Read More

म्याग्दी- यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीको तर्फबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवारमा चीरञ्जीवी शर्मा सर्वसम्मत चयन हुनुभएको छ । कांग्रेस नगरसमितिले बेनी नगरपालिकाको प्रमुखमा १० आकांक्षीलाई जिल्ला समितिमा गरेको सिफारिसअनुसार आज बसेको कांग्रेस म्याग्दीको पदाधिकारीको बैठकले शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । जिल्ला कार्यसमितिको पदाधिकारी बैठकले बाँकी नौ जनाकै समर्थनमा शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिनुभयो । रासस

Read More

काठमाडौं- नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन जारी गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टी आवद्ध भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थालाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देश गर्ने निर्णय गरेको हो । पार्टी उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत काम, कर्तव्य र अधिकारसमेत तोकी विभिन्न उपसमिति गठन…

Read More

सप्तरी- सप्तरीको बोदे बर्साइन नगरपालिकामा आज भएको आगलागीमा एक बालकको जलेर मृत्यु भएको छ । बोदे बर्साइन नगरपालिका–१० अमरैया टोलमा आज अपराह्न आगलागी हुँदा शत्रुघन यादवका पाँच वर्षीय छोरा शैलेश यादवको जलेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । शत्रुघनकै गोठमा आगलागी हुँदा गोठमा सुतिरहेका बालकको मृत्यु भएको हो । आगलागीमा शत्रुघन, मिन्टु यादव र ओम यादवको सगोलको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको झ्याल जल्दा १६ लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । शत्रुघनको गोठबाट रघुनन्दन यादव र जागेश्वर यादवको घरमा आगो सल्किएको स्थानीयवासीले बताए । आगलागीलाई एक…

Read More

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्वनमा पर्नुभएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगसम्बन्धी कागजात झिकाउने आदेश गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीको संवैधानिक इजलासले आज उक्त यस्तो आदेश गरेको हो । अधिवक्ता पुन्यप्रसाद खतिवडासमेतको गत चैत ११ गते अदालतमा बसेर कार्यसम्पादन गरिरहेको प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनु असंवैधानिक भएको उल्लेख गर्दै खारेज गर्नुपर्नेमा माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले संसद् सचिवालयमा दर्ता भएको महाभियोग दर्तासम्बन्धी सबै कागजात मगाउने आदेश गरेको छ । प्रधानन्यायाधीश राणाविरुद्ध गत फागुन १ गते सत्तारुढ दलका ९८ सांसदले महाभियोग दर्ता गर्नुभएको थियो ।…

Read More

सुर्खेत- प्रहरीले २१ वर्षअघि सुर्खेत जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका प्रतिवादीलाई पक्राउ गरेको छ । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका–८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी शाहीलाई अदालत उपस्थित गराइसकेको जनाएको छ । प्रहरीका अनुसार विसं २०५२ चैत २ गते जिल्ला अदालतको फैसला बमोजिम जन्मकैद सजायमा कारागारमा रहेका शाही २०५८ माघ २ गते सुरुङ खनेर फरार भएका थिए । विशेष सुराकीका आधारमा प्रदेश प्रहरी ब्युरो र प्रहरी चौकी बड्डीचौरबाट खटिएको प्रहरी टोलीले बराहताल गाउँपालिकास्थित भट्टेघारीबाट शाहीलाई पक्राउ गर्न सफल भएको हो । रासस

Read More

काठमाडौं- सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्कालाई तोकिएको छ । सङ्गठनसँग सम्बन्धित सूचना तथा जानकारी, सङ्गठनको कार्यक्षेत्रभित्रका समाचार तथा सम्पादन भएका जनसरोकारका विषयका सूचना प्रवाह गर्ने जिम्मेवारीसहित उहाँलाई प्रवक्ता तोकिएको सशस्त्र प्रहरीले जनाएको छ । यसअघि प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना हुनुहुन्थ्यो । रासस

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने जमाना नभएको बताएका छन्। लमजुङको घलेगाउँ पुगेका उनले एमाले चाँडै सत्तामा फर्किने दाबी गरे। उनले एमाले एकछिनका लागि मात्रै प्रतिपक्षमा रहेको दाबी गरे। आफूहरुलाई जालझेल गरेर प्रतिपक्षमा पुर्‍याएइएकाले सत्तामा फर्किन जनताका साथका लागि ओलीले अपिल गरे। एमालेले जनताको चाहना बुझेको बताउँदै त्यसका लागि अग्रसर रहेको ओलीको भनाइ छ। ओलीले भने, ‘जनताको समृद्धिको चाहना बुझेको छ। त्यसैले समृद्धिका लागि एमाले अग्रसर छ। समृद्धिका लागि बाटाघाटा, विद्यालय, खानेपानी, अस्पताल हुनुपर्छ त्यो एमालेले बुझेको छ।’ ओलीले घलेगाउँलाई ‘स्मार्ट भिलेज’ बनाउका लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बाजागाजाका लागि दुई लाख…

Read More

काठमाडाैं – निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ । बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा (कास्की) बाट नयाँदिल्ली सीधा उडान गर्ने तयारी गरेको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार बुद्ध एयरले पोखराबाटै भारतको देहरादुन गन्तव्यमा पनि उडान गर्ने योजना बनाएको छ । पोखराबाट दिल्ली गन्तव्यमा दैनिक दुई वटा उडान सञ्चालन गरिनेछ । उक्त गन्तव्यको उडान एक घण्टा ३० मिनेटको हुन्छ । कम्पनीले यसअघि भारतको वनारस र…

Read More