Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आएका हुन् । महानिर्देशक गेब्रेयससलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी अधिकारीहरुले स्वागत गरेका थिए । वैशाख ८ देखि १० गतेसम्म उनले नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा। पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसमेत रहेका छन् । नेपाल भ्रमणमा रहँदा महानिर्देशक गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ…

Read More

काठमाडौं — सत्ता गठबन्धनले देशभर संयुक्त चुनावीसभा गर्ने भएको छ । स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म देशका सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी नेताहरुका अनुसार चुनावी सभालाई गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । ‘निर्वाचन प्रचार प्रसार १७ गतेबाट सुरु हुने भएकाले १८ गतेदेखि २२ गतेसम्म आमसभा गर्ने भन्ने भएको छ’, माओवादी नेता देव गुरुङले भने, ‘सबै प्रदेशको राजधानीहरुमा आमसभा गर्ने निर्णय भएको छ ।’ जसअनुसार १८ गते सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा, १९ गते लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा, २० गते मधेशको जनकपुर…

Read More

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा पछिल्लो दिन कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेको र जोखिम कायमै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले आज (बिहीबार) एक सूचना जारी गर्दै कोभिड(१९ को संक्रमणदर भारत लगायतका छिमेकी राष्ट्रहरुमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेकोले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न आग्रह गरेको छ । मन्त्रालयकी प्रवक्ता डा। सङ्गीता कौशल मिश्रले सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिडविरुद्धको खोप लगाउन र पूर्ण मात्राको खोप लगाएको ३ महिना पूरा भएपश्चात् बुस्टर मात्रा खोप लगाउन आग्रह गरेकी छिन् । भारतमा कोरोनाको चौथो लहरको सङ्केत देखिन थालेको बताइएको…

Read More

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका शीर्ष नेताको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज(बिहीबार) दिउँसो ३ बजे बस्ने गरी बोलाएका हुन् । बैठकमा नेपाली काँग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोइरालाका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतलाई बोलाइएको स्रोतले जनाएको छ । बैठकमा पार्टीका पदाधिकारीमध्ये उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बोलाइएको छ ।

Read More

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले आसन्न स्थानीय तहको निर्वाचनमा ५० लाख बढी मत आफुहरुले ल्याउने दावी गरेका छन् । अघील्लो चुनावमा ३२ लाख मत ल्याएको बताउँदै उनले यो पटक नयाँ थपीएका ३६ ला मतदाता मध्ये २० लाख आफ्नै पक्षमा रहेको दावी गर्दै उनले ५० लाख बढी आफुहरुले मत ल्याउने बताएका हुन् । प्रेस चौतारी नेपाल झापा शाखाले दमकमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ठुला नेताहरुले निशिचत स्वार्थका लागि बनाएको गठबन्धनको विरोध त्यहि भित्रका दलबाट भएकोले त्यसको त्यो असन्तुष्ट समुहलाई समेत अटाउन सक्ने गरि एमालेलेले आफ्नो रणनिती बनाइरहेको उल्लेख गरेका छन् । यदी त्यसो गर्न सकिएमा देशभरनै एमाले गठबन्धनलाई परास्त…

Read More

भक्तपुर – वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्ला पठाइसकेको उनले जानकारी दिए । एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा…

Read More

काठमाडाैँ-  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स नेपालको विकासमा महत्वपूर्ण भुमिका खेलेको बताएका छन् । महामन्त्री शर्माले नेपालमा हिंसाको दश वर्षे कालखण्ड, महाविनाशकारी भुकम्प, नाकाबन्दीलाई रेमिटान्सले टेवा दिएर देशको प्राण भरेको बताउदै तत्काल वैदेशिक रोजगारको विकल्प नभएकाले यस क्षेत्रलाई मर्यादित र व्यवस्थित गर्न पार्टीका तर्फबाट पहल गर्ने बताए । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको एघारौं साधारणसभामा प्रमुख अतिथि शर्माले रोजगारी र अन्य अवसरहरूको खोजीमा एक ठाउँबाट अर्को ठाउँ वा कम विकसित मुलुकबाट विकसित मुलुकमा जाने क्रम वर्तमान विश्वमा सामान्य र स्वभाविक बनेको बताए । महामन्त्री शर्माले यस क्षेत्रमा रहेका कमीकमजोरी सुधार गरेर अघि जानुको विकल्प नरहेको…

Read More

फिलिपिन्स – फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या २२४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बिहीबार जनाएको छ। प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको संख्या २ करोड ८० लाख नाघेको छ । उष्णकटिबंधीय आँधीमा १७५, ००० भन्दा बढीले आफ्नो घर छोडेका छन्। अझै पनि ७५ बस्ती विद्युतविहीन छन् । अप्रिल ९-१२ मा फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधीले बाढी र झण्डै ९० वटा पहिरो निम्त्याएको छ।

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न निर्देशन दिएका छन्। गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन् । ललितपुरका प्रजिअ उपाध्यायका अनुसार विष्फोटमा एकजनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते र पाँच जना घाइते भएका छन् । घाइते अस्पतालमा लगिसकिएको प्रजिअ उपाध्यायले बताए । अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । अहिले…

Read More

काठमाडौं – वैशाख ३० गते हुने स्थानीय चुनावमा सत्ता गठबन्धनबीच महानगर र उपमहानगरको भागबण्डा मिलेको छ। महानगर र उपमहानगरको भागबण्डा मिलेको हो । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भएको भागबण्डाको सहमतिलाई लिखित रूप दिने तयारी भइरहेको बैंठकमा सहभागी एक नेताले जानकारी दिए । ६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा (एकीकृत समाजवादी) ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्। उपमहानगरमा कांग्रेसले सात र माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एक/एकमा मेयर पाएका छन्। कांग्रेसका भागमा धनगढी, नेपालगन्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर परेका छन्। माओवादी केन्द्रले…

Read More