Author: महेन्द्रनगर पोष्ट

सुर्खेत- प्रहरीले २१ वर्षअघि सुर्खेत जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका प्रतिवादीलाई पक्राउ गरेको छ । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका–८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी शाहीलाई अदालत उपस्थित गराइसकेको जनाएको छ । प्रहरीका अनुसार विसं २०५२ चैत २ गते जिल्ला अदालतको फैसला बमोजिम जन्मकैद सजायमा कारागारमा रहेका शाही २०५८ माघ २ गते सुरुङ खनेर फरार भएका थिए । विशेष सुराकीका आधारमा प्रदेश प्रहरी ब्युरो र प्रहरी चौकी बड्डीचौरबाट खटिएको प्रहरी टोलीले बराहताल गाउँपालिकास्थित भट्टेघारीबाट शाहीलाई पक्राउ गर्न सफल भएको हो । रासस

Read More

काठमाडौं- सशस्त्र प्रहरी बल, नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्कालाई तोकिएको छ । सङ्गठनसँग सम्बन्धित सूचना तथा जानकारी, सङ्गठनको कार्यक्षेत्रभित्रका समाचार तथा सम्पादन भएका जनसरोकारका विषयका सूचना प्रवाह गर्ने जिम्मेवारीसहित उहाँलाई प्रवक्ता तोकिएको सशस्त्र प्रहरीले जनाएको छ । यसअघि प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना हुनुहुन्थ्यो । रासस

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने जमाना नभएको बताएका छन्। लमजुङको घलेगाउँ पुगेका उनले एमाले चाँडै सत्तामा फर्किने दाबी गरे। उनले एमाले एकछिनका लागि मात्रै प्रतिपक्षमा रहेको दाबी गरे। आफूहरुलाई जालझेल गरेर प्रतिपक्षमा पुर्‍याएइएकाले सत्तामा फर्किन जनताका साथका लागि ओलीले अपिल गरे। एमालेले जनताको चाहना बुझेको बताउँदै त्यसका लागि अग्रसर रहेको ओलीको भनाइ छ। ओलीले भने, ‘जनताको समृद्धिको चाहना बुझेको छ। त्यसैले समृद्धिका लागि एमाले अग्रसर छ। समृद्धिका लागि बाटाघाटा, विद्यालय, खानेपानी, अस्पताल हुनुपर्छ त्यो एमालेले बुझेको छ।’ ओलीले घलेगाउँलाई ‘स्मार्ट भिलेज’ बनाउका लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बाजागाजाका लागि दुई लाख…

Read More

काठमाडाैं – निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ । बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा (कास्की) बाट नयाँदिल्ली सीधा उडान गर्ने तयारी गरेको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार बुद्ध एयरले पोखराबाटै भारतको देहरादुन गन्तव्यमा पनि उडान गर्ने योजना बनाएको छ । पोखराबाट दिल्ली गन्तव्यमा दैनिक दुई वटा उडान सञ्चालन गरिनेछ । उक्त गन्तव्यको उडान एक घण्टा ३० मिनेटको हुन्छ । कम्पनीले यसअघि भारतको वनारस र…

Read More

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका १– का धनमाया सामन्त यतिबेला मङ्सिरमा लगाएको गहुँ भित्र्याउने चटारोमा छन् । स्थानीय तहको निर्वाचनका लागि नेताहरू गाउँमा आउन थाले पनि धनमायालाई कुनै पनि पार्टीका नेतालाई भेट्ने फुर्सद छैन ।राजनीतिक दलका नेताहरू चुनावी प्रसारमा घरघर पुग्न थाले पनि किसानसँग पार्टीका नेताको भेट हुन सकेको छैन । त्यसैले पनि होला यतिबेला राजनीतिक दलका चुनाव मुखी प्रचारप्रसार पनि कम भएको देख्न सकिन्छ । धनमाया मात्रै नभई उहाँका सबै परिवार गहुँ भित्र्याउन व्यस्तमात्रै छैनन् अर्कोतिर तोरी तथा केराउ टिप्ने कामले पनि फुर्सद छैन । कामको निकै चटारो छ, गहुँ भित्र्याउने चटारो एकातिर छ भने तोरी तथा केराउ टिप्ने…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कोरोना कारण कसैले पनि ज्यान गुमाएका छैनन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३० जनाको पीसीआर परीक्षणमा १४ जना र ८७३ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ५५ जना निको भएका छन् भने हाल देशभर १ हजार ४३८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ४१९ जना होम आइसोलेसनमा रहेका छन् भने १९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।…

Read More

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस तीनदिने भ्रमणका क्रममा नेपाल आउने भएका छन् । डा. टेड्रोस तथा डब्ल्युएचओका दक्षिण एसिया निर्देशक तथा यूएनका सदस्य राष्ट्रहरूसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशकसहितको टोली डा. यही वैशाख ८ गते नेपाल आइपुग्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल भ्रमणका सो टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालगायत व्यक्तिसँग भेट्ने कार्यक्रम छ ।

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ । भेटमा स्थानीय तह निर्वाचनमा सहभागिताबारे कुरा भएको छ। नेता प्रकाण्डले आफूहरू निर्वाचनमा सहभागी हुन सकारात्मक रहेको बताएका थिए। निर्वाचनमा सहभागिताका लागि विभिन्न आरोपमा जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ता लिनु पर्ने माग नेकपाले राखिरहेको छ। यही विषयमा पटक–पटक भएका वार्ता सकारात्मक रहेकाले जनसहमतिको अन्तिम चरणमा पुगेको दुवै पक्षले बताएका छन्। विप्लव नेतृत्वको नेकपा नेताहरुले प्रधानमन्त्री सहित सत्तारुढ दलका नेताहरुलाई नियमित भेटिरहेका छन्। त्यस भन्दा अघिदेखि नै प्रधानमन्त्री सहित सत्तारुढ दलका नेताहरुलाई भेट्दै आएका हुन्। नेकपा…

Read More

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको भ्रमण नगर्ने भएका छन् । ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले बाइडेनले युक्रेन भ्रमण गर्ने कुनै योजना नरहेको बताएकी हुन् । यसअघि अमेरिकी सञ्चारमाध्यममा राष्ट्रपति बाइडेनको प्रशासनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नका लागि उच्चस्तरीय प्रतिनिधिमण्डल त्यसतर्फ पठाउन लागेको समाचार सार्वजनिक भएको थियो । उक्त उच्चस्तीय प्रतिनिधिमण्डलमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुन सक्ने बताइएको थियो । ‘होइन, हामीले राष्ट्रपतिलाई युक्रेन पठाउँदैनौँ’ साकीलाई उद्धृत गर्दै अमेरिकी अनलाइन समाचार पोर्टल पोलिटिकोका लागि ह्वाइट हाउसका संवाददाता युजिन डानियल्सले जनाएका छन् । ‘पोड सेभ अमेरिका’ नामक पोडकाष्टमा उनले यस्तो जानकारी दिएको ट्विटरमार्फत डानियल्सले जनाए । रुसी आक्रमणका बावजुद विभिन्न मुलुकका शीर्ष नेताहरुले पछिल्लो समय युक्रेनको भ्रमणलाई तीव्र बनाएका छन् ।…

Read More

काठमाडौँ– संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाइ गर्नु अघि कुनै उजुरी भए १० दिनभित्र समितिमा पठाउन भनिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिनेछ । समितिमा उपस्थित नै भएर पनि उजुरी दिन सकिने व्यवस्था गरिएको सभापति कर्णले बताए । यसअघि चैत्र २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको संविधान अनुसार नियुक्ति अघि राजदूतको संसदीय सुनुवाइ…

Read More