Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- कञ्चनपुरकी कुस्ती खेलाडी मनिषा सिंहले बाँकेमा आयोजित राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगितामा स्वर्ण जितेकी छन्। बाँके कुस्ती सङ्घले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा ५५ किलोतौल समूहमा लुम्बिनी प्रदेशकी सिर्जना चन्दलाई पराजित गर्दै सिंहले स्वर्ण जितेकी हुन्। यसअघि १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा सिंहले कुस्तीमा कास्य पदक जितेकी थिइन्। कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले बाँकेको डुडुवा गाउँपालिकामा आयोजित राष्ट्रिय कुस्तीमा सुदूरपश्चिमका खेलाडीले एक स्वर्णसहित पदक जितेको बताए। “दुई वटा महिला र दुई पुरुष तौल समूहमा मात्रै खेलाडीलाई सहभागी गराइएको थियो”, उनले भने, “हरेक राष्ट्रिय प्रतियोगितामा हामीले स्वर्ण नजितेको इतिहास छैन।” त्यसैगरी उक्त प्रतियोगितामा ६५ किलोतौल समूहमा लक्ष्मी…

Read More

बैतडी- राष्ट्रिय भूमि आयोग बैतडीले पूर्णता पाएको छ । यसअघि नेपाल सरकार मन्त्रिपरिषद्ले आयोगको बैतडी जिल्ला अध्यक्षमा धर्मसिंह ऐर (कपिल) लाई नियुक्त गरेकोमा सदस्यहरु थप गरेर आयोगलाई पूर्णत दिइएको छ । आयोगको विज्ञ सदस्यमा हरिष बिष्ट, सदस्यहरूमा धनबहादुर बोहरा र पार्वती बम चयन भएसँगै उनीहरुले पदभार ग्रहण गरेका छन् । आयोगका अध्यक्ष ऐरले आफू नेतृत्वको आयोगले सुकुम्बासीहरूलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने बताए ।

Read More

कञ्चनपुर- सुदूरपश्चिम क्षेत्रका बहुसङ्ख्यक व्यक्तिले बोल्ने डोट्याली (डोटेली) भाषाको मौलिकता हराउँदै जान थालेको छ । बाह्य भाषाको प्रभावका कारण डोट्याली भाषा विकृत बन्दै जान थालेको हो । पछिल्ला समय घरपरिवारमा सो भाषा बोल्ने नै कम हुन थालेपछि नयाँ पुस्तान्तरणमा समेत समस्या हुन थालेको छ । सो भाषा तत्कालीन डोटी राज्यको राष्ट्र भाषाका रूपमा थियो । डोटी राज्यमा मात्रै नभई यस भाषाको प्रभाव भारतको कुमाउँ गढवाल क्षेत्रमा समेत रहेको इतिहासका जानकारको भनाइ छ । “परिवारमा जति मातृभाषा बोल्ने गरियो, त्यतिनै त्यो भाषा समृद्ध हँुदै जान्छ भन्ने मान्यता छ । नयाँ पिँढीका युवायुवतीले बाह्य भाषासँग बढी हिमचिम बढाउँदा सुदूरपश्चिम प्रदेशकै धेरै वक्ता…

Read More

हुम्ला- हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य दलबहादुर फडेराको घरमा माओवादी कार्यकर्ताले ढुंगामुढा गरेका छन् । शुक्रबार राति अध्यक्ष फडेरा नेतृत्वमा रहेको एमाले कार्यकर्ताले माओवादी निकट होटेल पसलमा तोडफोड गरेको आरोप लगाउँदै माओवादी कार्यकर्ताले शनिबार दिउँसो गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा ढुंगामुढा गरेका हुन् । गएको शुक्रबार रातिको घटनालाई लिएर आज माओवादी कार्यकर्ताले अध्यक्ष फडेराको घर घेरेको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए । अदानचुली गाउँपालिकाका स्थानीयका अनुसार ठूलै संख्यामा आएका माओवादी कार्यकर्ताले अध्यक्षको घरमा ढुंगामुढा गर्दा घरको माथिल्लो तलामा रहेको सोलार प्यानल फुटेको बताएका छन् । माओवादी केन्द्रका कार्यकर्ताले शुक्रबार राति गाउँपालिका अध्यक्ष फडेराको नेतृत्वमा नारा जुलुस गर्दै…

Read More

म्याग्दी- जिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ । बेनी नगरपालिका सहित रघुगङ्गा र मङ्गला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश बनेका हुन् । रघुगङ्गाको बेग, भगवती, पिप्ले, मौवाफाँट, बेनीको रत्नेचौर, भकुण्डे, भकिम्ली, डडुवा, मङ्गलाको बरङ्जा, सीमलचौरमा हावाहुरीसहितको असिना परेको थियो । भित्र्याउने बेला भएको गहुँ, भर्खरै उम्रिएको मकै र आलुका बिरुवा असिनाले चुटेर नष्ट बनाएको रघुगङ्गा–३ मौवाफाँटका कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । यतिखेर जिल्लाको मध्यपहाडी र लेकाली क्षेत्रमा गहुँ भित्र्याउने चटारो छ । हावाहुरीसँगै असिनापानी परेको थियो । सुन्तला जात फलफूल र तरकारी खेतीमा पनि असिनाले क्षति गरेको मङ्गला–३…

Read More

कैलाली- धनगढीमा हुने तेस्रो ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ को तयारी अन्तिम चरणमा पुगेको छ । धनगढीमा हुने कार्यक्रम चैत २९ गते धनगढीको रातोपुलमा रहेको रिद्धिसिद्धी पार्टी प्यालेसमा हुने भएको छ । विभिन्न कार्यक्रम गर्नका लागि उपयुक्त रहेको रिद्धिसिद्धि पार्टी प्यालेसले अवार्डलाई साथ दिएको छ । अवार्डमा प्यालेस भेनु पार्टनरको रुपमा रहनेछ । प्रायोजन सम्बन्धी सम्झौता पत्रमा रिद्धिसिद्धी पार्टी प्यालेसका प्रबन्ध निर्देशक प्रकाश जप्रेल र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले हस्ताक्षर गरे । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को तेस्रो संस्करणको…

Read More

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका– ११ भुजेलाबाट प्रहरीले शनिवार तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीको कमाण्डमा खटिएको टोलीले २३ वर्षीय महेश गिरी, २१ वर्षीय विष्णु पाठक र २२ वर्षीय आशिष गिरीलाई पक्राउ गरेको हो। पक्राउ परेकाको साथबाट १९ दशमलव ५ ग्राम चरेस, प्रि ग्याब्लिक क्याप्सुल ६ पिस र इन्ट्रिकफ ट्याब्लेट १४ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए। पक्राउ परेका तीनै जनामाथि प्रहरीले थप अनुसन्धानको कार्य गरिरहेको छ।

Read More

सिन्धुपाल्चोक- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पर्याप्त सेवासुविधा दिन आफू कटिबद्ध रहेको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा आज बाह्रबिसे नगरपालिका–३, खुर्बासानी बजारमा आज आयोजित दोस्रो जिल्ला अधिवेशनमा उहाँले शिक्षकलाई सम्मान गरे मात्रै शिक्षा क्षेत्र सुधारिने बताउनुभयो । सिन्धुपाल्चोकलगायत केही नमूना विद्यालयको उदाहरण दिँदै उहाँले यस्तै शैक्षिक संस्था बनाउनुपर्नेमा जोड दिनुभयो । त्यहाँ उपस्थित शिक्षकको गुनासो सुन्दै शिक्षामन्त्री पौडेलले देशभरको शिक्षकको गुनासो सुनेर आवश्यक पहलकदमी लिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । एकै प्रकृतिका शिक्षक हुनुपर्ने, राहत शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरी आन्तरिक प्रतिस्पर्धा गरी स्थायी गरिनुपर्ने र उमेर हद पुगेका शिक्षकको सम्मानलगायत माग शिक्षामन्त्री सामु राखिएको थियो ।…

Read More

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा प्रचार–प्रसार अभियानलाई व्यापक बनाउन नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख (आनन्द) विष्टको संयोजकत्वमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन गरेको छ । कांग्रेसको स्थानीय तह निर्वाचन प्रचार–प्रसार समितिका संयोजक डा प्रकाशशरण महतको सभापतित्वमा बसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा प्रचार गर्न सो उपसमिति गठन गरेको जनाएको छ । उपसमितिमा विभिन्न देशमा रहेका कांग्रेसका नेपाली जनसम्पर्क समितिका सभापति तथा सदस्य गरी ८४ सदस्य रहनुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनकारी दिनुभयो । यसैगरी उक्त उपसमितिअन्तर्गत गौतम दाहालको संयोजकत्वमा…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनमा सहभागि नगराएको भन्दै सत्ता गठबन्धन रहेको जनता समाजबादी पार्टीले गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध भएपनि प्रदेश सरकार पुनर्गठनका क्रममा वाइपास गरिएको भन्दै जसपाले आपत्ती जनाएको हो । गठबन्धनमा आवद्ध अन्य दलले अपमान गर्ने र केन्द्रीय सहमतीअनुसार अगाडी नबढेको खण्डमा गठबन्धन बाहिरिने चेतावनी समेत दिएको छ । जसपाका प्रदेश समिति अध्यक्ष कृष्णकुमार चौधरीले गठबन्धनमा आवद्ध पाँच दलको बैठकमा आफूहरुले स्पष्टसँग कुरा राखिएको भएपनि वाइपास गरिएकाले यथास्थितीमा गठबन्धन रहन नसक्ने बताए । ‘नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले कुनै जानकारी नदिएर कांग्रेसलाई प्रदेश सरकारमा सहभागी गराएकोमा हाम्रो पार्टीको अपमान गरिएको महसुस भएको…

Read More