Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका ५ सिंहासन सामुदायिक वनस्थित सडकमा गएराति म १ क ४०७ नम्बरको ट्रक दुर्घटना हुँदा चालक गौरीगंगा नगरपालिका ४ का छम्मनप्रसाद सापकोटाको मृत्यु भएको हो। ट्रकमा सवार गोविन्द गुरूङ घाइते भएका छन्। उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ। ट्रक अनियन्त्रित भएर करिब एक सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं- नेपाली सेनाकी मिनु गुरुङ र एपीएफ क्लबकी सन्जुमाया थिङ काठमाडौँमा जारी गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । महिला ५१ किलो तौल समूहमा गुरुङले मङ्गलबार भएको खेलमा मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गरेकी हुन् । उनी १३औँ दक्षिण एसियाली खेलकुद ९साग० की स्वर्ण पदक विजेतासमेत हुन् । यस्तै सोही विधामा एपीएफकी सन्जुमाया थिङले प्रदेश नं १ की सुस्मिता श्रेष्ठलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेकी छिन् । यस्तै महिला ५७ किलो तौल समूहमा बाग्मती प्रदेशकी स्वस्तिका तिरुवाले कर्णाली प्रदेशकी सुशिला थापा तथा प्रदेश नं १ की सुस्मिता राईले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरीलाई पराजित गरिन् । दुवै…

Read More

काठमाडौं- चुनावी तालमेलका विषयमा भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिने बताइएको छ । मंगलबार अबेरसम्म बसेको बैठकले महानगर र उपमहानगर बाँडफाँटको विषयमा सैद्धान्तिक सहमति भएको भनिएको छ । ६ महानगरमध्ये तीनवटा कांग्रेसले राख्ने र माओवादी, नेकपा एस र जसपालाई एक–एकवटा दिने सहमति भएको बताइएको छ । त्यस्तै ११ वटा उपमहागनरपालिकामध्ये ७ वटा उपमहानगर कांग्रेसले राख्ने र बाँकी चारवटा बाँड्ने सहमति भएको छ ।

Read More

काठमाडौं- निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले स्थानीय तहसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक रुपमा प्रवाह गर्न सञ्चार जगत्सँग आग्रह गर्नुभएको छ । स्थानीय तह निर्वाचन सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोग र समन्वयमा निर्वाचन आयोगद्वारा यहाँ आयोजित मिडिया अन्तक्र्रियामा उहाँले निर्वाचन गर्ने संवैधानिक जिम्मेवारी पूरा गर्ने आयोगको निर्वाचन कार्यमा सहयोग पु¥याउन सञ्चार क्षेत्रसँग अनुरोध गर्नुभयो । आयुक्त तुलाधरले भन्नुभयो, “लोकतन्त्रको आधार भनेको स्वतन्त्र निर्वाचन हो, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन सञ्चार क्षेत्रले गर्दै आएको सहयोग सराहनीय छ ।” निर्वाचन व्यवस्थापन सुदृढीकरणका लागि आयोगले काम गर्दै आएको उल्लेख गर्दै डा तुलाधरले निर्वाचनसम्बन्धी…

Read More

काठमाडौं- नेपालमा हाज पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार अहिले बिहान भने प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । पहाडी तथा हिमाली भूभागमा चाहिँ आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । यस्तै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा भएको छ । यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। यस्तै प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका…

Read More

मस्को- रुसका रक्षामन्त्रीले मङ्गलबार मस्कोले पूर्वी युक्रेनलाई ‘मुक्तू गर्न खोजिरहे पनि पश्चिमी शक्तिहरूले कीभलाई हतियार उपलब्ध गराएर सैन्य कारबाहीलाई लम्बाइरहेको आरोप लगाएका छन्। ‘हामी बिस्तारै डोनेट्स्क र लुगान्स्क जन गणतन्त्रलाई मुक्त गर्ने हाम्रो योजना कार्यान्वयन गर्दैछौं,’ सर्गेई शोइगुले पूर्वी युक्रेनको विद्रोही क्षेत्रहरूको सन्दर्भमा भनेका छन् । तर वाशिंगटन र यसका सहयोगीहरूले उनीहरूको हतियार आपूर्ति मार्फत द्वन्द्वलाई तन्काइरहने कोशिस गरिरहेका छन्। रासस÷एएफपी

Read More

कोलम्बो- गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलङ्काले अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहयोगका लागि आग्रह गरेको छ । छलफलका लागि आर्थिक सङ्कटबाट गुज्रिएको श्रीलङ्काली सरकारका वित्तमन्त्री अलि सवारीको टोली अमेरिमा छ । आईएमएफसँग आर्थिक सहयोगका विषयमा भएको छलफल निकै सकारात्मक रहेको उहाँले बताउनुभयो । उहाँले देशको आर्थिक सङ्कट कम गर्न आफूहरुले उठाएको कदमको आईएमएफ अधिकारीले प्रशंसा गरेको बताउनुभयो । पछिल्लो समय श्रीलङ्काले विदेशी ऋण तिर्न सकेको छैन । यद्यपि गत मङगलबार श्रीलङ्का सरकारले ५१ अर्व डलर विदेशी ऋण तिर्ने घोषणा गरेको छ । श्रीलङ्काको विदेशी ऋणको ३६ प्रतिशत हिस्सा चीनको रहेको छ । श्रीलङ्का स्वतन्त्र भएपछि अहिले सबैभन्दा ठूलो अर्थिक सङ्कटको…

Read More

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले राजनीतिक दलको प्रतिज्ञापत्रको रूपमा सम्बन्धित दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिबद्धतापत्रमा मानवअधिकारको विषय समावेश गर्न आग्रह गरेको छ । आयोगले दलको घोषणापत्रमा मानवअधिकारको सम्मान, संरक्षण र संवद्र्धनका लागि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरुप उच्च महत्व र प्राथमिकताका साथ मानवअधिकारका विषयलाई समावेश गर्न सबै राजनीतिक दलहरूलाई विशेष आग्रह गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिबद्धतापत्रमा मानवअधिकारका विषय समावेश गर्न निर्वाचनमा भाग लिने सबै दलहरुलाई आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको…

Read More

कैलाली- आयोजक वनदेवी युवा क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा पुगेको छ । मंगलबार चौथो दिन धनगढी रंगशालामा भएको खेलमा कालिका स्पोर्टस एकेडेमीलाई २–० ले हराउँदै आयोजक वनदेवी अन्तिम चारमा पुगेको हो । वनदेवीलाई सेमिफाईनलमा पुराउनका लागि चन्द्रा भण्डारीले दुबै गोल गरिन् ।पहिलो हाफको ६ औं मिनेटमा उनले गोल गर्दै आफ्नो टीमलाई १–० को अग्रता दिलाइन् । खेलको निर्धारित समय सकिनुभन्दा एक मिनेट अगाडीसम्म एक गोलको अग्रतामा रहेको वनदेवीका लागि चन्द्राले नै खेलको ८९ औं मिनेटमा अर्को गोल थपिन् । त्यसपछि कुनै पनि गोल हुन नसकेपछि वनदेवीले २–० ले नतिजा आफ्नो पक्षमा पार्यो…

Read More

काठमाडौँ ‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट लघु चलचित्र बन्न सफल भएको छ । नेपाली सेना र विद्रोहीबीचको द्वन्द्व तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाएर इङ्गिहोपो कोइँचले निर्माण गरेको उक्त लघु चलचित्रले पहिलो हुँदै रु दुई लाख पुरस्कार प्राप्त ग¥यो । दुर्गाबहादुर कार्कीले निर्माण गरेको लघु चलचित्र ‘सेता मलामी’ दोस्रो र रविन तामाङले निर्माण गरेको लघु चलचित्र ‘डोल्मा’ तेस्रो हुँदै क्रमशः रु एक लाख ५० हजार र रु एक लाख पुरस्कार जितेको छ । लघु चलचित्र गौरव–२, फातिमा र गरिमाले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा ५१ लघु चलचित्रका लागि निवेदन परेकामा उत्कृष्ट १० लाई निर्माणको अनुमति…

Read More