Author: महेन्द्रनगर पोष्ट

धनकुटा – धनकुटामा एक हजारको नक्कली नोट फेला परेको छ । धनकुटास्थित एक पसलबाट एक हजारको एउटा नक्कली नोट फेला परेको हो । धनकुटा नगरपालिका वडा नं. ७ स्थित परिचय मोडमा रहेको युवक तिम्सिनाले सञ्चालन गरेको ग्लो एण्ड गो कस्मेटिक पसलमा एक हजार दरको १ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

Read More

पोखरा – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसमै प्रवेश गर्न सुझाव दिएका छन् । माओवादी केन्द्रले स्थानीय चुनावमा कांग्रेसकै घोषणापत्र बोकेर हिँडिरहेको भन्दै उनले कांग्रेसमै समाहित हुन सुझाव दिएका हुन् । ‘माओवादीसँग चुनावी एजेण्डा छैन । कांग्रेसको घोषणापत्र बोकेर हिँडिरहेको छ,’ उनले भने, ‘अब कांग्रेसमै छिरे हुन्छ । हामी सामना गर्न तयार छौं ।’ उनले चुनाव सार्न सत्ता गठबन्धनले प्रयास गरे पनि एमालेले त्यसो हुन नदिएको उनले दाबी गरे । पोखरा महानगरको एमाले प्रतिबद्धतापत्र घोषणापछि उनले माधव नेपाललगायत कम्युनिष्ट नेताहरूसँग राजनीतिक एजेण्डा नभएकोले सन्यास लिन आग्रह गरे ।

Read More

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अझै पनि रुससँग शान्ति वार्ताका लागि तयार रहेको बताएका छन् । रुसले पूर्वी युक्रेनमा हमला तीब्र पारिरहेका बेला जेलेन्स्कीको पछिल्लो धारणा सार्वजनिक भएको हो । ‘रुसमा एउटै व्यक्तिले हरेक निर्णय गर्ने भएकोले’ आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न चाहेको उनले बताए । तर, रुसी हमलाबीच वार्ता हराउने उच्च जोखिम देखिएको उनले बताए । यसैबीच, अमेरिकी रक्षा मन्त्रालयले रुसी राष्ट्रपति पुटिनले युक्रेनमा गरेको आक्रमणमा ‘भ्रष्टतापूर्ण’ काम गरेको आरोप लगाएको छ । रक्षा मन्त्रालयले प्रवक्ता जोन किरबाइले पुटिनले अत्याचार गरेकोसमेत बताए ।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६६ पीसीआर परीक्षणमा ४ जना र एक हजार १४८ एन्टिजेन परीक्षणमा एक जना गरी ५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २३० रहेको छ ।

Read More

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनाव चिह्न आँप पाएका छन् । शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो । चनाव चिन्ह पाइसकेपछि हमालले आफूलाई जिताउन आँपमा मतदान गर्न मतदातालाई आग्रहसमेत गरेका छन् । ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानका साथ मेयर पदमा उम्मेदवारी दिएका उनले नगरवासीले जिताउनेमा विश्वस्त रहेको बताएका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका हमाल कांग्रेसका नृपबहादुर वडसँग पराजित हुुँदै दोस्रो भएका थिए । त्यतिबेला वडले १४,३२४ मत पाएका थिए भने हमालले ११,५२७ मत पाएका थिए ।

Read More

काठमाडौं – चितवनको भरतपुर नगरपालिकामा गठबन्धनलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएका काँग्रेस नेता जगन्नाथ पौडेलले चुनाव चिन्ह भूइँकटहर पाएका छन् । भरतपुरमा माओवादी र काँग्रेसको साझा उम्मेदवारको रूपमा रेनु दाहाललाई अघि सारेपछि काँग्रेसमा विद्रोह गरेर पौडेलले स्वतन्त्र रूपमा नगर प्रमुखका लागि उम्मेदवारी दिएका थिए । शनिवार (आज) आयोगले उनलाई स्वतन्त्र उम्मेदवारको हैसियतमा भूइँकटहर चुनाव चिन्ह दिएको हो ।

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायमा भर्ना हुँदा म्यादी प्रहरीलाई प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज भर्चुअल माध्यमबाट भएको स्थानीय तह निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठीमा नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई मन्त्री खाँणले निर्देशन दिएका हुन् । ‘स्थानीय निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू निर्वाचनमा सुरक्षा दिँदा नयाँभन्दा अनुभवी हुन्छन् र आगामी दिनमा सुरक्षा निकायले नयाँ भर्ना लिँदा मापदण्ड अनुरुप भएमा उनीहरूलाई प्राथमिकतामा राख्नुहोला’, खाँणले भने । निर्वाचन सुरक्षाको क्रममा…

Read More

काठमाडौं – मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । पुत्रजयास्थीत गृह मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबिच नेपाल–मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको हो । श्रेष्ठले नेपाली सुरक्षा गार्डको मासिक तलब ३ हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गरेका छन्। नेपाली कामदार मेहनती र इमानदार हुने चर्चा गर्दै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताएका थिए । नेपाली युवाहरूलाई सीपयुक्त बनाइ थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने बिमा…

Read More

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरूलाई ४० प्रकारका चिह्नमध्येबाट निर्वाचन चिह्न दिने तयारी गरेको छ । देशभर १२ हजार ७८९ जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरूलाई आयोगले निर्वाचन चिह्न आज दिने भएको हो । ४० प्रकारका निर्वाचन चिह्नहरूमा बिरालो, अर्ना, बँदेल, भ्यागुतो, चिल, केरा, गुलाब, खसीको टाउको, जेब्रा, भुइँकटहर, काग, भालु, कङ्गारु, हाँस, आँप , लाल्टिन, घन्टाघर, मुढा, प्रेसर कुकर, ग्याँस सिलिण्डर, गरगहना, चोलो, फ्रक, चुलेसी, धारो, टायर, रिक्सालगायत छन् । आयोगगले स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूची राखेको छ । तर, स्वतन्त्र उम्मेदवारलाई भने निर्वाचन चिह्न छान्ने सुविधा भने नभएको…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिका मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् । शनिबार निर्वाचन चिन्ह वितरण गर्ने निर्वाचन आयोगको तालिकाअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय सभागृह पुगेका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका हुन् । चिन्ह लिन उनका समर्थकहरू पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

Read More