Author: महेन्द्रनगर पोष्ट

कैलाली- भारतमा आगलागीमा परि एक नेपाली किशोरको ज्यान गएको छ ।  अर्घाखाँचीका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भीमबहादुर कुमालको ज्यान गएको छ । भारतको हरियाणा हिसारमा हिजो राति भएको आगलागीमा परि ती किशोरको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार हिसारमा रहेको राम चाट भण्डारमा आगो लागेको थियो । मृतक बालक ३ महिना अघि मात्रै अर्घाखाँचीबाट बुबालाई भेट्न हरियाणी पुगेको जनाइएको छ । मृतकका आफन्तका अनुसार भीमबहादुरका गाउँका पाँचजना त्यही काम गर्दै आएकाले बुबा भेट्न गएका उनी पनि त्यही काम गर्न थालेका थिए । राम चाट भण्डारमै काम गर्ने अरुले भागेर ज्यान जोगाएको तर भीमबहादुर…

Read More

बैतडी-बैतडीको इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी निरीक्षक राजेश शाही पुरस्कृत भएका छन् । अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम, समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरी निरीक्षक शाहीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी पुरुषोत्तम कँडेलले पुरस्कृत गरेका हुन् । २०७७ वैशाखमा इलाका प्रहरी कार्यालय पाटन गएका शाहीको नेतृत्वमा विभिन्न अपराधहरुको सफल अनुसन्धान भएको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय दार्चुला सरूवा भइसकेका छन् । प्रहरी निरीक्षक शाहीसहित विभिन्न पदमा कार्यरत प्रहरी अधिकृतहरु पनि पुरस्कृत भएका छन् ।

Read More

काठमाडौं, शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खोलेको छ । आयोगको मंगलबार बसेको बैठकले विज्ञापन खोल्ने निर्णय गरेको हो । आयोगका अनुसार आजदेखि वैशाख २९ गतेसम्म इच्छुकहरूले लाइसेन्सका लागि फारम भर्न सकिनेछ । त्यसका लागि तोकिएको न्यूनतम योग्यता, तालिम पुगेको हुनुपर्छ । https://license.tsc.gov.np/ मार्फत् सबै विवरण भर्न सकिने व्यवस्था छ। त्यस्तै https://tsc.gov.np/ बाट विज्ञापनको विस्तृत विवरण हेर्न सकिन्छ।

Read More

काठमाडौं- लोकसेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका आन्तरिक प्रतियोगिता, खुला र समावेशी पदको विज्ञापन खुलाएको छ । आयोगले बुधवार गोरखापत्र दैनिकमा सूचना सार्वजनिक गर्दै सो पदमा विज्ञापन खुलाएको हो । इच्छुक उम्मेदवारले अनलाइन मार्फत आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

Read More

काठमाडौं हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । बागमती, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। आज राति भने प्रदेश १ मा मात्र वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

Read More

कैलाली- व्याटमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीले मंगलबार धनगढमिा आयोजना गरेको एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डमा उनीहरू वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन् । अवार्डअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलका टिकेन्द्र थापा पनि मनोनयनमा परेका थिए । दुबै जनलाई पछि पार्दै दाहाल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन् । दाहाल यसैवर्ष ओलम्पिक मान्यता प्राप्त खेलमा विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने पहिलो नेपाली खेलाडी बनेर इतहार रच्न सफल भएका थिए । वर्षको उत्कृष्ट महिला खेलाडीमा राजपुरासंँगै भलिबलकी सरस्वती चौधरी र फुटबलकी उषा नाथ पनि मनोनयनमा…

Read More

लण्डन बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले कारबाही गर्ने भएको छ । लकडाउनका बेलामा नियम उलङ्घन गरेर भोजमा सहभागी भएकोले उहाँलाई कारबाही हुने भएको प्रहरी अधिकारीहरूले जनाएका छन् । घटना केही समय अगाडि नै भएको भएपनि प्रहरीले मङ्गलबार मात्रै उहाँ दोषी भएकोले कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको हो । प्रहरीले प्रधानमन्त्री बोरिससँगै एक कुलपति ऋषि सुनाकलाई पनि कारबाही हुने निष्कर्ष निकालिएको जनाएको छ । “जोनसन र सुनाकलाई आज कारबाही सम्बन्धी सूचना पठाइएको छ, उहाँलाई जरिवाना गर्ने बारेको सूचना महानगरको प्रहरीले पठाएको हो,” एक सरकारी अधिकारीले मङ्गलबार भने । देशभरी कोरोनाभाइरसको महामारी फैलिएकाले लकडाउन लागु भएको बेला सन् २०२० को मे २० मा…

Read More

इस्लामावाद- पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहबाज शरिफले मन्त्रीहरुलाई नियुक्त गरेसंगै पहिलो निर्णय गरेका छन् । उनले सरकारको नेतृत्व गरेसँगै पहिलो निर्णयका रुपमा सरकारी कार्यालयको समय परिवर्तन गरेका छन् । बिहान १० बजेदेखि सुरु हुने सरकारी कार्यालयको सेवा उनले अबदेखि ८ बजे नै सुरु हुने निर्णय गरेका हुन् । सोमबार संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका शरिफले मङ्गलबार सपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गरेका थिए ।तत्कालीन प्रधानमन्त्री इमरान खानले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि बाहिरिएकाले शरिफको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । एएनआईको सहयोगमा

Read More

इस्लामावाद- पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहबाज शरिफले नयाँ मन्त्रीहरू नियुक्त गर्नु भएको छ । सोमबार संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका शरिफले मङ्गलबार सपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गर्नु भएको हो । स्थानीय सञ्चार माध्यमहरूका अनुसार बिलावाल भुट्टो—जर्दारीलाई नयाँ विदेश मन्त्री बनाइएको छ । त्यसैगरी आन्तरिक मामिला मन्त्रीको जिम्मेबारी राना सनाउल्लाहलाई र सञ्चार मन्त्रीको जिम्मेबारी मार्यम औराङजाबलाई दिइएको छ । मन्त्रिपरिषद्मा गठबन्धनमा सहभागी विभिन्न दलको तर्फबाट सिफारिस गरिएका नेताहरूलाई समेटिएको छ । उहाँको सरकारलाई आफ्नो पार्टीसँगै पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतका पार्टीको समर्थन रहेको छ । तत्कालीन प्रधानमन्त्री इमरान खानले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि बाहिरिएकाले शरिफको नेतृत्वमा…

Read More

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । मन्त्री श्रेष्ठले सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको रोजगार अनुमति प्रणाली (इपिएस) सम्बन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टुङ्गोमा पु¥याउन राजदूत पार्कसँग आग्रह गर्नुभएको थियो । राजदूत पार्कले इपिएससम्बन्धी सम्झौतापत्र चाँडो नवीकरण गर्न आवश्यक तयारी गर्ने बताउनुभयो । सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच भएको रोजगार अनुमति प्रणालीसम्बन्धी द्विपक्षीय समझदारी पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको र तत्पश्चात् २०२० देखि…

Read More