कैलाली– भारतमा आगलागीमा परि एक नेपाली किशोरको ज्यान गएको छ । अर्घाखाँचीका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भीमबहादुर कुमालको ज्यान गएको छ ।
भारतको हरियाणा हिसारमा हिजो राति भएको आगलागीमा परि ती किशोरको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार हिसारमा रहेको राम चाट भण्डारमा आगो लागेको थियो । मृतक बालक ३ महिना अघि मात्रै अर्घाखाँचीबाट बुबालाई भेट्न हरियाणी पुगेको जनाइएको छ ।
मृतकका आफन्तका अनुसार भीमबहादुरका गाउँका पाँचजना त्यही काम गर्दै आएकाले बुबा भेट्न गएका उनी पनि त्यही काम गर्न थालेका थिए ।
राम चाट भण्डारमै काम गर्ने अरुले भागेर ज्यान जोगाएको तर भीमबहादुर भने सुतेको अवस्थामा रहेकाले उनी आगलागीमा परेको बताइएको छ ।
Facebook Comments Box