बैतडी-बैतडीको इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी निरीक्षक राजेश शाही पुरस्कृत भएका छन् ।
अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम, समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरी निरीक्षक शाहीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी पुरुषोत्तम कँडेलले पुरस्कृत गरेका हुन् ।
२०७७ वैशाखमा इलाका प्रहरी कार्यालय पाटन गएका शाहीको नेतृत्वमा विभिन्न अपराधहरुको सफल अनुसन्धान भएको थियो ।
उनी अहिले जिल्ला प्रहरी कार्यालय दार्चुला सरूवा भइसकेका छन् । प्रहरी निरीक्षक शाहीसहित विभिन्न पदमा कार्यरत प्रहरी अधिकृतहरु पनि पुरस्कृत भएका छन् ।
Facebook Comments Box