Author: महेन्द्रनगर पोष्ट

पाल्पा- पाल्पामा शुक्रबार अपराह्न भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकाहरूमध्ये एक जना बालकसहित दुई जनाको गए राती मृत्यु भएको हो । गाउँपालिकास्थित भित्री सडकमा भएको बस दुर्घटनामा परि रैनादेवि गाउँपालिका–६ धारापानीका बस धनी ४२ वर्षीय वेदबहादुर जिसी र सोही स्थानका होमबहादुर रासकोटीका ७ वर्षीय छोरा अशोक रासकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा ४ जना बालकहरू गम्भीर घाइते भएको बताइएको छ ।सोही वडाको पानीडाँडाबाट जुठापानी तर्फ जाँदै गरेको गु १ ख ४९०९ नम्बरको बस सडक देखि करिब चार सय मिटर तल खसेको थियो । घाइते हुनेहरू मध्ये ३ जनाको लुम्बिनी मेडिकल कलेज पाल्पा…

Read More

म्याग्दी- म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको हो । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेका थिए । यसअघि गत पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा सवारी साधन बन्द गरिएको थियो…

Read More

काठमडौं- दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य (स्तूप) परिसरमा शुक्रबार रातभर बत्ती बालेका बौद्ध धर्मावलम्बी तामाङ समुदाय आज बिहानैदेखि बालाजु २२ धारा लागेका छन् । चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहान बालाजु २२ धारामा गएर स्नान गरी नागार्जुनको जामाचो र स्वयम्भूमा दर्शन गर्न जाने विधि प्राचीनकालदेखि चल्दै आएको छ । काठमाडौँ उपत्यकामा पानीको दह भएका बेला डाँडाडाँडामा रहेका बस्तीमै यस दिन दिवङ््गत पितृलाई सम्झने विधि प्रचलनमा रहे पनि तेमालका अन्तिम तामाङ राजा रिन्छिन दोर्जेको कालदेखि यो पर्वलाई राष्ट्रिय मान्यता दिइ बौद्धमा आएर मेला लाग्ने परम्परा बसेको बौद्धनाथ क्षेत्र विकास…

Read More

कोलम्बो- आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्कामा विद्युत कटौतीको समय अझै बढ्ने भएको छ । सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन् । अबदेखि हरेक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म विजुली कटौती हुनेभएको छ । रातिको समयमा भने विजुली कटौती नगर्ने तालिका बनाइएको छ । यसअघिको तालिकाभन्दा दुई घण्टा बढी विजुली कटौती हुने भएको सरकारी अधिकारीहरूले शुक्रबार जनाएका छन् । श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि विभिन्न बस्तु तथा सेवाको अभाव भएको छ भने मूल्य बृद्धि पनि अत्यधिक भएको छ । बस्तु तथा सेवाको अभाव र मूल्य बृद्धि भएपछि आम…

Read More

हरारे- सवारी दुर्घटनामा परी जिम्बाब्वेमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । देशको जिओन क्रिश्चियन चर्चका सदस्यहरु चढेको सवारी साधन शुक्रबार दुर्घटना भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । जिम्बाब्वेको दक्षिणपूर्वी क्षेत्रमा पर्ने चिपिङ भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परी अन्य ४० जना गम्भीर घाइते भएका बताइएको छ । घाइतेमध्ये केहीको अवस्था अत्यन्त चिन्ताजनक रहेकाले मृतकहरूको सङ्ख्या बढ्न सक्ने चिकित्सकहरूले बताएका छन् । सिन्ह्वा

Read More

काठमाडौं- प्रहरीले विभिन्न निकायसँगको समन्वयमा आज काठमाडौँको सडकपेटीबाट ५५ बालबालिकाको उद्धार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास समन्वय केन्द्र र महानगरीय प्रहरी परिसर, नगर प्रहरी कार्यालय काठमाडौँ तथा प्रहरी वृत्तबाट आज खटिएको टोलीले उनीहरुलाई उद्धार गरेको हो । उद्धार गरिएकामा राजधानीको सडकका यात्रुलाई माग्दै हैरानी दिइ आवागमनमा बाधा अवरोध पु¥याउने कार्यमा संलग्न रहेका ३३ बालक र २२ बालिका रहेका छन् । उनीहरुलाई बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । रासस

Read More

म्याग्दी- यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीको तर्फबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवारमा चीरञ्जीवी शर्मा सर्वसम्मत चयन हुनुभएको छ । कांग्रेस नगरसमितिले बेनी नगरपालिकाको प्रमुखमा १० आकांक्षीलाई जिल्ला समितिमा गरेको सिफारिसअनुसार आज बसेको कांग्रेस म्याग्दीको पदाधिकारीको बैठकले शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । जिल्ला कार्यसमितिको पदाधिकारी बैठकले बाँकी नौ जनाकै समर्थनमा शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिनुभयो । रासस

Read More

काठमाडौं- नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन जारी गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टी आवद्ध भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थालाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देश गर्ने निर्णय गरेको हो । पार्टी उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिअन्तर्गत काम, कर्तव्य र अधिकारसमेत तोकी विभिन्न उपसमिति गठन…

Read More

सप्तरी- सप्तरीको बोदे बर्साइन नगरपालिकामा आज भएको आगलागीमा एक बालकको जलेर मृत्यु भएको छ । बोदे बर्साइन नगरपालिका–१० अमरैया टोलमा आज अपराह्न आगलागी हुँदा शत्रुघन यादवका पाँच वर्षीय छोरा शैलेश यादवको जलेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । शत्रुघनकै गोठमा आगलागी हुँदा गोठमा सुतिरहेका बालकको मृत्यु भएको हो । आगलागीमा शत्रुघन, मिन्टु यादव र ओम यादवको सगोलको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको झ्याल जल्दा १६ लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । शत्रुघनको गोठबाट रघुनन्दन यादव र जागेश्वर यादवको घरमा आगो सल्किएको स्थानीयवासीले बताए । आगलागीलाई एक…

Read More

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्वनमा पर्नुभएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगसम्बन्धी कागजात झिकाउने आदेश गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीको संवैधानिक इजलासले आज उक्त यस्तो आदेश गरेको हो । अधिवक्ता पुन्यप्रसाद खतिवडासमेतको गत चैत ११ गते अदालतमा बसेर कार्यसम्पादन गरिरहेको प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनु असंवैधानिक भएको उल्लेख गर्दै खारेज गर्नुपर्नेमा माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले संसद् सचिवालयमा दर्ता भएको महाभियोग दर्तासम्बन्धी सबै कागजात मगाउने आदेश गरेको छ । प्रधानन्यायाधीश राणाविरुद्ध गत फागुन १ गते सत्तारुढ दलका ९८ सांसदले महाभियोग दर्ता गर्नुभएको थियो ।…

Read More