Author: महेन्द्रनगर पोष्ट

नवलपुर- नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षको लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतले आदेश दिएको छ । नवलपुर जिल्ला अदालतमा शाहसँग मङ्गलबार र बुधबार लिएको थुनछेक बहसपछि उक्त अदातलतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । न्यायधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्मको लागि थुनामै राख्न आदेश दिएपछि कलाकार शाहलाई पुनः बुधबार राति कारागारमा ल्याई राखिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । कावासोतीस्थित नवलपुर जिल्ला अदालतले तनहुँ कारागारमा नै थुनामा राख्न आदेश भएकोले बुधबार राति १२ः३० बजे तनहुँ कागारमा राखिएको उहाँले बताउनुभयो । कलारका शाहलाई तनहुँका अतिरित्त पूर्वी नवलपरासीमा पनि बालिकामाथि यौन…

Read More

नुवाकोट- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले सत्तारूढ दलहरुबीच स्थानीय तहको आसन्न चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गर्नुभएको छ । नुवाकोटको सूर्यगढी गाउँपालिका–४ स्थित हल्देकालीमा रहेको कालिका माध्यमिक विद्यालयको आज आयोजित ६१औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले तालमेलले राजनीतिक दलबीच सौहार्दपूर्ण वातावरण तयार गरेर कांग्रेसलाई नै फाइदा हुने भन्दै उम्मेदवारको टिकट भाग नपुग्ला भनेर निराश नहुन युवा पङ्क्तिलाई आग्रह गर्नुभयो । “दलबीचको एकता अहिलेको आवश्यकता हो”, उहाँले भन्नुभयो, “अवस्था अफ्ठ्यारो छ । सबै दल मिलेर सरकार सञ्चालन गरिरहेका छौँ । यसलाई कायम राख्न र अर्को चुनावसम्म गठबन्धनका उम्मेदवारलाई चुनाव जिताउन पार्टीहरुबीच गठबन्धन र तालमेल गर्न लागिएको…

Read More

सिमिकोट- धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको छ । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–४ मा रहेको हिमज्योति माध्यमिक विद्यालयका विद्यार्थी धमाधम बिरामी थालेपछि विद्यालय बन्द गरिएको हो । कक्षा ६ देखि १० सम्मका विद्यार्थीमा अनौठो बिरामी देखिएको छ ।- सुरुको दिन कक्षा ६ मा अध्ययनरत एक छात्रामा हात खुट्टा बाउँडिने समस्या देखिएको भए पनि अहिले २० जनाभन्दा विद्यार्थीमा यो समस्या देखिएको प्रधानाध्यापक जयबहादुर धामीले बताउनुभयो । छात्रा बिरामी हुँदा छात्रहरुमा देवता आउनुका साथै अनौठो बिरामी देखापरेको प्रधानाध्यापक धामीले बताउनुभयो । छात्राछात्रमा काँप्ने, रुने, कराउने र चिच्याउने गर्नुका साथै शरीर बाउँडिने समस्या देखा परेको हो । पहिलो दिन…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताएका छन् । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सुरु गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्यास उत्पादन गरी टेम्पो जस्ता साना सवारीसाधनहरु संचालन गरिएको भन्दै काठमाडौँको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। उनले भने,‘फोहोर व्यवस्थापनको कुरा उठेको छ । यसको व्यवस्थापन गर्न अति जरुरी भइसकेको छ । म केही दिनअघि धरान गएको थिएँ । त्यहाँ ट्रिटमेन्ट प्लान्ट राखेर फोहोर व्यवस्थापन गरेर ग्यास निकालेर दिएका थिए…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६६८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या ७४७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।कोरोना संक्रमणका कारण आज कसैको मृत्यु भएको छैन ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

Read More

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गरेका छन् । सिंहदरबार पुगेर मन्त्री बडूले बिहीबार पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मन्त्री बडूलाई आजै नयाँ जिम्मेवारी तोकेकी हुन् । पदभार ग्रहणका क्रममा मन्त्री बडूले साना तथा मझौला उद्योग महाशाखा गठन र नयाँ नीति निर्माण संगठन तथा व्यवस्थापनका लागि मन्त्रालयमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेको उनको सचिवालयले जनाएको छ । यसैगरी, मन्त्री बडूले मुलुकको अर्थतन्त्रसँग जोडिएको मन्त्रालयका सबै समस्या एवं चुनौतीहरु समाधान गर्नुपर्नेमा जोड दिए । उनले आयात र निर्यातको चेन सन्तुलनका लागि तात्कालिक र दीर्घकालीन योजना निर्माण गरेर अघि बढ्ने…

Read More

मलङ्गवा – सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटिएको छ । मलङ्गवा नगरपालिका–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षीय छोरा आकाश ठाकुर भनिने मिठुको शव आज बिहान छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा भेटिएको हो । आकाश गत चैत २० गते आइतबार राति ८ बजेदेखि हराएका थिए । बालक हराएको सम्बन्धमा सोही राति ११ बजे मृतकका परिवारले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो । बालकको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा ल्याइएको छ । प्रहरीले बालकको हत्यामा संलग्न भएको आरोपमा जगदीश ठाकुरसहित उनका परिवारका सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी…

Read More

काठमाडौं – नेकपा (एमाले) का नेता महेश बस्नेतले एमालेलाई एक्लै हराउन नसकिने डरले सत्तागठबन्धन चुनावसम्म जान लागेको आरोप लगाएका छन् । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता बस्नेतले सो आरोप लगाएका हुन् । एमालेलाई एक्लै हराउन सकिँदैन भन्ने भएपछि कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) एक ठाउँमा आएको भन्दै उनले त्यहि डरले सत्तागठबन्धन चुनावसम्म जान लागेको बताए । एमालेले एक्लै चुनावमा जाने बताए पनि स्थानीय तहको आवश्यकताका आधारमा अन्य दलसँग पनि तालमेल हुन सक्ने उनको भनाइ छ । उनले गठबन्धनलाई धम्क्याउन प्रचण्डले एमालेलाई प्रयोग गर्न खोजेको तर त्यो सजिलो नभएको बताएका छन् । बस्नेतले प्रचण्ड र माधव नेपालको…

Read More

काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । राष्ट्रपति भण्डारीले बन्दीलाई प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्चपदस्थको उपस्थितिमा सपथ गराएकी थिइन् । संसद् बाहिरबाट मन्त्री बनाइएका बन्दीले आजै कार्यभार सम्हाल्नेछन् ।

Read More

काठमाडौं – नेकपा एमालेले निर्वाचन आचारसंहितामा असहमति जनाएको छ । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ वटा विषयमा असहमति राखेको छ ।

Read More