काठमाडौं – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले शपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । राष्ट्रपति भण्डारीले बन्दीलाई प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्चपदस्थको उपस्थितिमा सपथ गराएकी थिइन् ।
संसद् बाहिरबाट मन्त्री बनाइएका बन्दीले आजै कार्यभार सम्हाल्नेछन् ।
Facebook Comments Box