Author: महेन्द्रनगर पोष्ट

दार्चुला – व्यासी सौका समुदायको कुञ्चासँगसँगै अपि नाम्प संरक्षण क्षेत्र कार्यालयले आफ्ना कर्मचारी पनि छांगरु पठाउने तयारी गरेको छ । छाङ्गरु स्थित रेन्जपोष्टका कर्मचारी पठाउने तयारी गरेको हो । गत कात्तिकमा छांगरुमा हिमपात पछि रेन्जपोष्टका कर्मचारी खलंगा झरेका थिए । अहिले स्थानीयको कुञ्चा सर्ने समय भएपछि रेन्जपोष्टका कर्मचारी पठाउने तयारी गरिएको प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले बताउनुभयो । उहाँका अनुसार रेन्जपोष्टका कर्मचारी पठाउन अनुमति पत्र बनाउने कार्य भइरहेको छ । अपि नाम्पा संरक्षण क्षेत्रभित्र वनजंगल र त्यहाँको भौगोलिक अवस्था हेरेर फर्किनुभएका प्रमुख संरक्षण अधिकृत पौडेल अहिलेको अवस्थामा छांगरुमा व्यापक जंगल फडानी भएको बताउनुहुन्छ । पहिलो पटक हेलिकप्टमार्फत छांगरुको निरीक्षण गरि…

Read More

काठमाडौं – नेपाल भ्रमण रहेको अमेरिकी सांसदको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेका छन् । सिनेटर किर्स्टन जिलीब्रान्डको नेतृत्वमा चार सिनेटरहितको उच्चस्तरीय संसदीय टोलीले शनिबार बिहान प्रधानमन्त्री देउवालाई भेटेका हुन्। भेटका क्रममा नेपाल र अमेरिकी सम्बन्ध, जलवायुका मुद्दा, बहुआयामिक साझेदारी लगायतका विषयमा छलफल भएको छ। भेटपछि प्रधानमन्त्री देउवाले ट्वीट गर्दै अमेरिकी सांसद्लाई नेपालमा स्वागत गर्न पाउँदा आफू खुसी भएको जनाएका छन् । भेटमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीसमेत सहभागी थिए। सोहि टोलीले शनिबार बिहान परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गरेको थियो । उक्त भेटमा द्वीपक्षीय सम्बन्ध, आर्थिक सहायता लगायतको विषयमा छलफल भएको थियो। भ्रमण टोलीमा शेल्डन व्हाइटहाउस, कोरी बुकर,…

Read More

काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार चयनका लागि बोलाइएको नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ । शनिबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेलाई सारिएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ९ बजेदेखि बसेको पूर्वपदाधिकारीहरुको बैठक हाल पनि जारी छ । स्थानीय तहमा गठबन्धन बनाएपछि आफ्नो ठाउँमा प्रमुख नपाएका महानगर तथा उपमहानगर सबैमा असन्तुष्टि देखिएको छ । कांग्रेसले भाग पाएको स्थानमा पनि आकांक्षी धेरै भएपछि टुङ्गो लगाउन सकस भएको हो । विहिबार र शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटरमा बसको पदाधिकारी तथा पुर्वपदाधिकारी बैठकमा समेत उम्मेदवार चयनबारे छलफल भएको थियो…

Read More

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँडप्रति असन्तुष्टि जनाएका छन् । अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमति भएपनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँड नभएको भन्दै असन्तुष्टि जनाएका हुन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको जिल्ला तहको रिर्पोटले आफूहरुलाई उत्साही नबनाएको पनि स्पष्ट पारे । महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सिट बाँडफाँडले आफूहरु उत्साही भएपनि जिल्लाहरुको रिर्पोटले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाइ थियो…

Read More

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोमा गेब्रेयसस तीनदिने नेपाल भ्रमण सकाएर जेनेभाका लागि प्रस्थान गरेका छन्। परराष्ट्र र स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गेब्रेयससलाई विदाइ गरेका हुन्। नेपालमा रहँदा टेड्रोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, स्वास्थ्य मन्त्री विरोध खतिवडा लगायतसँग भेटवार्ता गरेका थिए। स्वास्थ्य मन्त्री खतिवडासँगको भेटमा दोस्रो कार्यकालका लागि महानिर्देशक गेब्रेयससको मनोनयनलाई नेपालले समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। यस्तै, उनले ललितपुरमा टाइफाइडविरुद्धको खोप अभियानको निरीक्षण गर्नुको साथै काठमाडौंमा रहेका सरकारी अस्पतालको पनि अवलोकन गरेका थिए।

Read More

काठमाडौं – बिहीबारदेखि सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फत यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ । त्यसको भोलिपल्ट बिहान २ः३० बजेको समयमा नेपालबाट ३० यात्रुभन्दा बढी बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्यसपछि साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढाइसकेको र आफ्नो ट्राभलले यताबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयले जानकारी दिनुभयो…

Read More

पर्वत- पर्वतको जलजला गाउँपालिकाबाट चार वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारी बेनीमा डेरा गरी बस्दै आएका २२ वर्षीय सन्देश छिना ललाई नियन्त्रणमा लिइएको हो। अभियुक्त छिनालले वैशाख ८ गते साँझ सात बजेको समयमा वारी बेनीकै चार वर्षीय बालिकामाथि बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए । छिनालले जबरजस्ती करणी गरेपछि बालिका बेहोस अवस्थामा रहेको बेलामा आफन्तले फेला पारेर उपचारको लागी बेनी अस्पताल म्याग्दीमा लगेका छन् । घटनाको बारेमा सूचना पाए लगत्तै प्रहरी चौकी वारी बेनी…

Read More

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज यहाँ आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उहाँले संविधानको नेतृत्व गरेको पार्टी कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्वसमेत गर्ने जिकिर गरे । ‘आम जनतालाई रैतीबाट सार्वभौमसम्पन्न जनता बनाउनका लागि कांग्रेसको भूमिका महत्वपूर्ण छ, जीवन र जीविकोपार्जनको पूर्ति कांग्रेसले मात्र गर्न सक्छ’, उनले भने । बहुदल आएपछि काठमाडौँ क्षेत्र नं ७ को विकासले फड्को मारेको उनको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत प्रभाव पार्ने…

Read More

भारत – भारतको उत्तर प्रदेशको प्रयागराज जिल्लामा सामूहिक हत्याको घटना सार्वजनिक भएको छ। थर्वई थाना क्षेत्रको खेवराजपुर गाउँमा शुक्रबार मध्यरात हत्याराले एकै परिवारका ५ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। हत्याराले ५ वर्षीया बालिकालाई पनि आक्रमण गरेका छन्, अहिले उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।अपराध गरेपछि हत्याराले शव जलाउन घरमा आगो लगाएका थिए। प्रहरीका अनुसार घटनामा ५ वर्षीया बालिका घाइते भएकी छन्। उनलाई प्रयागराजस्थित स्वरूपप्रणी अस्पतालमा भर्ना गरिएको छ। प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ।

Read More

खोटाङ – नेकपा एमाले खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार सर्वसम्मत टुंगो लगाएको छ । नगर कमिटीले मेयरको उम्मेदवारमा कुमार आचार्य र उपमेयरमा बिणादेबी राईलाई सिफारिस गरेको हो । नगर कमिटीको सिफारिसलाई जिल्ला कमिटीले अनुमोदन गर्दै प्रदेश कमिटीसमक्ष सिफारिस गरेको छ । मेयरको उम्मेदवारमा सिफारिस आचार्य एमाले जिल्ला कमिटी सचिव हुन् । उनी २०७४ सालको निर्वाचनमा मेयरकै दाबेदार थिए। उपमेयरका उम्मेदवार राई दोस्रो कार्यकालका लागि उठ्न लागेकी हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा उम्मेदवार चयन गर्न एमाले पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा केन्द्रीय सदस्य एवं जिल्ला…

Read More